Skip to main content

५ रुपैयाँ जरिमाना र २० पटक उठ्बस् !



दि, म र बि माउण्ट अन्नपुर्ण स्कुल (जे सि ए) मा पढ्थ्यौँ । निकै मिल्थ्यौं ,पसलमा बिस्कुट दालमोट चोर्ने अनि कक्षा हापेर ट्रकमा पछाडि झुन्डेर कहिले बिजय पुर खोला मा पौढिन जाने त कहिले उर्लढो सेती वार पार गर्ने हाम्रो नियमित कार्य नै बनेको थियो ,केहि समयको लागी । करिव ९, १० बर्षका थियौं, हामीहरु त्यस बेला ।

स्कुल जाने बाटोमा एउटा सानो किराना पसल थियो । साहुजी ले आफ्नो सालीलाई पनि अर्थाङ्गीनी बनाउन भ्याएका , अर्थात दिदी बहिनी नै सौंता सौंता । कुरो के भएको रहेछ भने, दिदी भेट्न आएको बेलामा साउजीले आफ्नी सालिलाई पनि तिरमै पारेका रहेछन्। दिदी हेरी बहिनी जीउ ज्यान पनि सलक्क मिलेकी,अग्ली, राम्री र अलि कति आधुनिकता अङगालेकी । साहुजीले कान्छी श्रीमतीको लागि भनेर सानो पसल खोलिदिएका , जेठि श्रीमती राम्रो हिसाब किताब पनि गर्न नजान्ने , अल्ली पुरानो पाराकी भएकि हुनाले साउजीले उस्लाई घर धन्दा तथा घास दाउरा मा बढी पेलाएका भन्दा फरक नपर्ला ! जे होस दुबैलाई समय दिएर एउटै घरमा बसेका थिए , ती साउजी । साउजी खासै पसलमा देखिन्नथे , खोई के ईलम गर्थे त्यो त मलाई चाहिँ थाह भएन !
यहा निर केहि भुमिका पस्के किनकि हाम्रो त्यो पसल संग एउटा संवन्ध गासिएको छ , जुन मेरो लागी मार्ग निर्देशक पनि भन्दा फरक नपर्ला !

खाजाको लागी कहिले काहिँ आमा ले १ रुपया, कहिले २ रुपया दिनु हन्थ्यो । प्राय जसो बरफ खान्थ्यौ हामीहरु, कहिले दालमोट खान्थ्यौ । १ मोहर को एक पोका दाल मोट आउथ्यो, खायो चित्तै नबुझ्नै , झन धरै खान मन लाग्ने । ४ रुपया मा पाईनेपल बिस्कुट आउने, त्यो त झन कुरै नगरौं सार्हे मिठो । ३ जना मिलेर एउटा पाईनेपल बिस्कुट किन्थ्यौ अनि खुव मज्जा ले बाढेर खान्थ्यौ । सधै त्यहि नै किराना पसल मा हामी किन्थ्यौ अर्थात भनौ हामी नियमित ग्राहक थियौ । यसरी हामी लाई एउटा बिस्कुट त्यो पनि ३ जना ले बाढेर खानु पर्ने बाध्यता अनि मन लागिन्जेल दालमोट पनि खान नपाउनु , टिठ उठेर आउथ्यो कहिले काहि ।

एक दिन पसलमा पुग्यौ , साहुनी भित्र भान्सा मा रहिछिन , बिले खुसुक्के ३ वटा पौच दालमोट निकालेर झोलामा हाल्यो । पछि साउनि आएपछि हामी केवल एउटा दालमोट पौउच किनेर निस्क्यौ । सार्हे मज्जा आयो फिरी को दालमोट खादा ! निदो गर्यौ फोली १२ पौउच को सिङ्गै दालमोटको पोकै चोर्ने । हामि फेरि भोली स्कुल जादा त्यहि पसलमा पस्यौं र त्यहा भएका धेरै दालमोटको पोका मध्य एउटा पोको नै चोर्यौ र ४ - ४ पौउच, ३ जनाले मिलेर बाढेर खायौ, यसरी हामी सफल हुदै गयौ। भोलि पाईनेपल बिस्कुट चोर्ने योजना बनायौं । एउटा चोर्न सफल भयौं, त्यो पनि बाढेर खायौं । फेरी भोली ३ वटा चोर्ने योजना बनायौ । भोलि पल्ट बि ले साउनी संग पानी माग्यो, साउनी पानी लिनलाई भित्र भान्सा कोठामा गईन् मैले पाईनेपल बिस्कुट को पोकै झोला मा हाले, दि बाहिर ढोकामा पहरा दियो भने बि भित्र ढोका पानी पर्खदै पहरा दियो । हामी सफल भयौ यो दिन पनि ।

अब हामीले दालमोट चोर्ने योजना हटाएर बिस्कुट चोर्नमा रमायौँ। हाम्रो चोराईको पाचौँ दिन पनि हामि बिस्कुट चोर्नमा तम तयार भएर ३ जना अंगालो हाल्दै स्कुल तिर लाग्यौ । किरना पसल आयो । योजना नंबर १ अनुसार मैले पानि माग्ने र भित्री ढोका मा पहरा दिने । बि ले बाहिर पसलको मुल ढोका मा पहरा दिने र योजना नं ३ , दि ले पाईनेपल बिस्कुट चोर्ने ! हाम्रो योजना सफल भयो । तर पाईनेपल को बिस्कुट को पोको मा ५ वटा हुनु पर्नेमा जम्मा ३ वटा थियो , पहिले त दि ले पोको खोलेर २ वटा लुकायो होला सोच्यौ , तर खासमा पसलमा पाईनेपल बिस्कुट सबै सकिएको रहेछ, जम्मा त्यहि ३ वटा बाकीँ रहेछ, त्यो पनि हामीले सुईक्याईदियौ । बेलुकि घर फर्क्यौ । अब आज पाईनेपल बिस्कुट सकिएको ले भोलि दालमोट वा बनबन बिस्कुट चोर्ने योजना बनायौ। बनबन बिस्कुट चोर्न त कुर्सी चढ्नु पर्थ्यौ, त्यस को तखता अलि उचाईमा थियो ।

भोलीपल्ट हामी स्कुल आयौँ, पसल भन्द करीब २० पाहिला जती अगाडि हाम्रो भेट्ने कार्यक्रम थियो । म गय तर उनिहरुलाई देखिन । ९:४५ हुन लागि सक्यो , १० बजे बाट एसेम्ब्ली सुरु हुन्थो । ढिला हुन लागेको ले म आज साथी हरु कतै एक्लै चोरेर मलाई नदिन त खोजेको होईन भन्दै स्कुल तिर लागे, पाईला के बढाएको थिए, मलाई एक जना महिलाले यो पनि हो भन्दै कान समात्न आईन् । हेरेको त दि र बि लाई पहिल्यै नै समातिएको रहेछ , र मेरो कानमा समात्ने ती महिला तिनै पसल्नी थिईन् । छेवैमा जेठी साउनी (कान्छी साउनी कि दिदी वा सौता) धर धर रुदै "मलाई बेक्कार मा चोर लगाएर" भन्दै थिईन । कुरो के भएछ भने साउनी ले हिजो बिहान "अव पाईनेपल बिस्कुट पनि सकिन लाग्यो, जम्मा ३ वटा बाकि रहेछ , बुढा लाई पाईनेपल बिस्कुट ल्याउन लगाउन पर्ला" भनेर सोचेकि रहिछन । तर एकै छिन पछि त्यो पाईनेपल बिस्कुट बेच्न खोज्दा त बिस्कुट त गाईभ , अनि के खोज्छच कानो आखोँ भनेझै बहिनिले दिदी लाई तैले नै बिस्कुट चोरेर खाईस भन्दै भुत्ल्याउन थालिछ । लोग्नेलाई छुट्याउन हम्बे हम्बे परेछ । पछि विहान पो जव उनले दि र बि लाई देखिन्, संका पसेर पसल भित्र बोलाईछन् सव कुरा वकल्न लाईछन् , र बि र दि, आफुले चोरेको कबुल गरेर बसेका रहेछन । मलाई समातेर ल यो तेस्रो चोर भन्दै राखिन । धन्न साथी हरुले हिजो मात्र ३ वटा पाईनेपल बिस्कुट चोरेको भनेका रहेछन । पहिला चोरेको १ वटा पाईनेपल बिस्कुट , ५ वटा पाईनेपल बिस्कुट, १ वटा दालमोट पौउच, ३ वटा दालमोट पौउच र १२ वटा दालमोट पौउच चोरेको त थाहनै पाएनछन् , जुन आज म पहिलो पल्ट कबुल गर्दै छु, सपनासंसार मार्फत ।
त्यसपछि उनले हामि हरुलाई गाली गर्दै भोलि बिहान सम्म ३ वटा बिस्कुट फिर्ता वा बराबर को पैसा तिर्न समय सिमा दिईन् । भोली सम्म पैसा नतिरे यो कुरा स्कुल मा गएर कमल पंगेनि सरलाई भनिदिने कुरा बताईन् । कमल पंगेनी, सार्है डर लाग्दा शिक्षक, १ देखि १७ संम्मको दुना कंण्ठ गर्न नसकेको भनेर उनले मलाई स्टिल को रुलर ले हात का औंला हरुमा ट्वाक ट्वाक आवाज आउने गरेर हानेका थिए एक पटक, मैले त मेरो औला नै चुढियो होला सोचेको त्यो बेलाँ । चाकमा प्लास्टिकको पाईपले त कति हाने कति !

त्यो सुन्दा डरले सातै गयो हामीहरुको र भोली ५-५ रुपैयाँ ल्याएर १५ रुपैयाँ दिने सर्त मा २० पटक उठ बस गरेर अब देखी कहिल्यै यस्तो नकाम नगर्ने भन्दै त्यहा बाट छुटकारा पायौ। बेलुकि घरमा गएर भोलि आफ्नो पिकनिक भएकोले ५ रुपया दिन आमा संग आग्रह गरे, उनि हरुले के भनेर मागे कुन्नी , भोली पल्ट १५ रुपैयाँ मिलाएर दियौ।

एउटा नया सोच बनायौ, हामी अब कहिल्ये कुलत काम गर्दैनौ , पढ्छौं , कमल पंगेनी भन्दा पनि धेरै पढ्छौ । त्यस पछि हामि कहिल्यै पनि चोर्ने बारेमा सोच्दै सोचेनौ, र कहिल्यै पनि चोरेनौ पनि । जव जव म त्यो बाटो हिन्छु, मलाई यी यादहरु आफ्से आफ आईहाल्छन । अनि धन्यबाद दिन मन लाग्छ ती साउनीलाई जस्ले हामी हरुलाई सजिलै संग क्षमा दिईन। अनि सहानुभुती बाहेक केहि दिन सक्दिन ती जेठी साहुनी जो बिस्कुट चोर को आरोपमा आफ्नै बहिनी बाट भुत्लाईएकि थिईन । आज मैले पहिलो पल्ट यो कुरा खोलेको हु।

साथी दि तथा बि तिमी हरु संग भेटघाट नभएको पनि धेरै भयो । मैले तिमीहरुलाई संपर्क गर्ने धेरै कोशिस गरे तर असफल छु । बि तिमी ले एस एल सी सकिना साथ बिहे गर्यौ भन्ने सुनेको थिए। दि तिमी त प्रहरी अधिकृत भयौ भन्ने सुनेको थिए, पछि बिहे गरेर सिंगापुर तिर लाग्यौ पनि भन्ने सुनेको छु। कतै बाट यो लेख पढ्न पुग्यौ भने संम्पर्क गर है । म तिमी हरु संग बितेका ति रमाईला दिनहरु कल्पेर बसिनै राखेको हुन्छ सधै । तिमीहरुले यो भुल्यौ या सम्झिराखेका छौ, तर ती सब दिनहरु मेरो मानस पटलमा एउटा रमाईलो क्षण बनेर बसेका छन्।

साहुनीलाई थाह होला नहोला, हामीलाई अर्थात मेरो लागी एउटा सफल मार्गदर्षक बनेकी छन, मेरो पदयात्रा मा । म नेपाल गएको बेलामा मौका मिल्यो भने , म अवस्य नै उनलाई भेट्ने छु र त्यति खेर नतिरेको अर्थात उनलाई थाह नभएको त्यो बिस्कुट र दालमोट को पैसा तिर्ने छु ।

यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:


Comments

  1. samj..........

    nikai marmik rahecha ur story ta tara malai tapaile pani chornu hunthyo justo ta lageko thiyena.....he he he he :-D ani I am wishing to be ur fren while stealing pineapple...so that I can share with u ...साहुजी ले आफ्नो सालीलाई पनि अर्थाङ्गीनी बनाउन भ्याएका , अर्थात दिदी बहिनी नै सौंता सौंता । कुरो के भएको रहेछ भने, दिदी भेट्न आएको बेलामा साउजीले आफ्नी सालिलाई पनि तिरमै पारेका रहेछन्।...ani tapailai ta k k lekhna aaucha ni hai ani yesma aruko private life kina sabailai bhandeko ni..

    ReplyDelete
  2. Sam..ani u were in omaha hoina bihe herna ramaelo garna gako bela ma pani post garna bhakyo ki Iowa ma stuck bhako belama lekheko ho...

    ReplyDelete
  3. Samj..

    aaa sachi aba nepal gako bela ma paisa tirne kura gareko hoina kati tirnu huncha kati percent rate ma ani kati yrs ko dine ho ni ..ani compound interest ma dine simple interest ma dine ani afu eklai le tirne chorne bela mata 3 jana .....ohhh I see tehi paisa divide garna lai hola hoina sathi di lai ra B lai contact gara bhaneko ho.....he hehe :-D

    ReplyDelete
  4. nice story ! ;) ;)

    ReplyDelete
  5. Great piece of writing !

    ReplyDelete
  6. Thanks much for your comment. I appreciate it

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

Popular posts from this blog

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाकेट त्

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा

अविवेकी सन्तान

–सीता अर्याल, गोरखा बजार, हाल–विस्कन्सन, अमेरिका न्युयोर्क सहर, अत्यन्त व्यस्त जनजीवन । म बसेको ठाउँबाट देखिने टावरको सानो टुप्पोलाई नियालिरहेको हुन्छु तापनि मलाई अत्यन्त नरमाइलोपनले सताइरहेछ । आफूलाई भाग्यशाली ठान्ने म आज अति दुःखी र अभागी ठानिरहेको छु । मलाई समयले नराम्ररी दुःख दिन तम्सिरहेछ । आफ्नो एक्लो सन्तान बाईस बर्षे छोरोलाई उडाएर ढुङ्गो जस्तै गरुङ्गो मन लिई घर फर्केको थिएँ । उसकी आमालाई सम्झाउन त झन् मलाई हम्मे हम्मे नै परेको थियो । घरमा जम्मा दुई प्राणी मात्र, सन्नाटा छ । छोराको विवाह गरेर बुहारी भित्र्याउने इच्छा हुँदाहुँदै ईन्जिनियरीङमा स्नातकोत्तर गर्न छोरो अमेरिकातर्फ लाग्यो । तुहिएको हाँगो भएकोले चाँडै नै छोराको विवाह गरी जायजन्म हेर्न चाहन्थें। आमाचाहिंको चाहना पनि यही थियो, आफू बलियो हुँदैमा नाती नातिना हुर्काउने । केही समयसम्म दिन दिनै जस्तो फोन हुन्थ्यो । इमेल हुन्थ्यो । कुनै पनि खवर नआएको दिनमा अत्यन्त खल्लो लाग्दथ्यो । नेपालबाटै गर्दा कहिले काँही फोनमा भेटिंदैनथ्यो । काममा या पढाइमा व्यस्त होला जस्तो लाग्दथ्यो । दिन, महिना, वर्षहरू वित्दै गए, समाचार आ