Feb 15, 2009

जीवन के हो ?

Facebook

Novel Writer Poetआचार्य, प्रभा
जीवन के हो ?
सम्झ जीवन फूल हो
फुल्छ ,झर्छ
अनी ---आफ्नो यौवन,रूप ,रङ सबै
पत्झडमा अनुवाद गर्छ ।
सम्झ जीवन भूल हो
लोभ,लालच ,मायामा भुल्छ
अन्धो बन्छ ,गल्ती गर्छ ,
सजाय पाउँछ ,पश्छताप गर्छ
फेरी मौन बन्छ ।


सम्झ जीवन क्षणिक हो
जन्मन्छ ,बन्धनमा बाँधिन्छ ,
समयको चक्र सङै परिवर्तन हुन्छ
क्षितिजपारिको सूर्य जस्तै
अस्ताउंछ ,निस्तेज हुन्छ ।
यथार्थमा जीवन ,
फुल्नु ,झर्नु
खुशीमा रमाउनु
दु:खमा बिस्माद गर्नु
लोभ,लालच ,माया ,मोह अहकारको
अभिप्शामा अलमलिनु
अन्त्यमा शुन्यमा ---,
केवल निष्पट शुन्यमा बिलिन हुनु हो ।

(कसैले मलाई जीवन के हो भनेर परिभाषा मागेकोले कबितामा अनुवाद गरेर प्रत्युत्तर दिने प्रयास गरेकी हुँ)
यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:



2 comments :

Anonymous said...

Good defination of life !

neerman mahat said...

jeewan teti matra hoina athaaha katha byathako samudra nai ho ni hoina ra, ali sabda haru kharcha garna pugena ki ?

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP