Feb 25, 2009

गजल

Facebook


~ बसन्त मोहन अधिकारी


जसको लागी बाँच्थे मर्थे उहि आज पराई भयो।
उनको बाटो पर्खिबस्दा चितामाथी सुताई भयो।

उनको माया संगालेर मिठो सपना सजाएथेँ
सपना जली आज मेरो दागवती खुवाई भयो।

गाँउमा हल्ला फिजाएर बदनाम गराई छाड्यौं
जिउँदै मारी जलाउँन तिम्रो माया सलाई भयो।

सपना जली देह बल्दाँ हाँस्छौ अरे दुनियाँ माँझ
चोखो जीवन यो नारीको सधैं तिम्रो रजाई भयो।

लिएर दोष, बदनामी मैले मात्र जिउँनु पर्यो
आज जिउँन नसकेर जीवन आगोलाई भयो।


यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:



4 comments :

Shiva Kumar Khanal said...

I like your this gajal

G1 said...

Wonderful piece.
Keep writing.

chetana said...

thanks

chetana said...

yes

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP