
नेपाल नाईट २००८ को पोस्ट हेर्न लाई यहा क्लिक गर्नुहोस् गत शनिवार मात्रै नेपाली विद्यार्थी समुदाय, मिनिसोटा स्टेट युनिभर्सिटी, म्यानकेटोले “नेपाल रात्री” २०१० नामक सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रम मा नेपाली र बिदेशी गरी लगभग ५५० जोड जना को उपस्थिति थियो । कार्यक्रम नेपाली राष्ट्रिय गान “सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली , सार्वभौम भई फैलिएका, मेची-महाकाली।“ बाट शुरु भएको थियो ।
कार्यक्रम मा केही नेपाली संस्कृति झल्किने नाच गान प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रमका का केही भिडियो दृष्य तथा केही तस्विर हरु यहाँ प्रस्तुत गरेको छु । प्रस्तुत कार्यक्रम मा नेपाली रात्रि भोज पनि आयोजना गरिएको थियो । विदेशी दर्शक हरुले नेपाली खाना निकै रुचाएका थिए र कार्यक्रम पनि निकै चाखपुर्वक नै हेरका थिए । एउटा खल्लो लागेको विषय उल्लेख गर्न मन लाग्यो यहाँ निर, कार्यक्रमको को बीच बीच मा केही सवाल हरु प्रस्तुत गरिएको थियो, सहि जवाफ मिलाउने लाई उपहार को व्यवस्था गरिएको थियो । उद्घोषक मित्र ले सवाल राख्छन्, " नेपाल सँग सिमाना जोडिएको राष्ट्रहरु कुन कुन हुन् ? " , यो प्रश्न विदेशी हरुको लागि मात्र थियो , जवाफ को लागी, उद्घोषक ले एक जना भारतीय मुलका छात्र लाई अनुमति दिन्छन् । उक्त भारतीय छात्रले भारत र पाकिस्तान भने पछि, उद्घोषक ले सहि जवाफ भनेर उक्त छात्रलाई पुरस्कृत गर्छन् । पङ्क्तिकार लाई नमज्जा लागे पछि स्वयं मञ्च नजिकै गएर उद्घोषक लाई सम्झाएको थियो । तर उद्घोषक मित्र अडिग थिए र पङ्क्तिकार लाई जवाफ फर्काउँदै थिए "नेपाल सँग सिमाना जोडिएको राष्ट्रहरू भारत र पाकिस्तान त हुन नि" । पछि दर्शक दिर्घा बाट तथा स्वयं पङ्क्तिकार चर्को विरोध आए पछि उद्घोषक रनभुल्ल मा परेको देखिन्थ्यो । उद्घोषक विदेशी मुलका नभइ नेपाली विद्यार्थी थिए । गत बर्ष को कार्यक्रममा पनि पङ्क्तिकार लाई एउटा नमज्जा लागेको थियो, के थियो त हेर्न लाई यहाँ क्लिक गर्नुहोस् ।
उक्त कार्यक्रममा मा पङ्क्तिकार ले पनि एउटा प्रश्न को सहि जवाफ मिलाएर पुरस्कृत भएको थियो । कार्यक्रम ६ बजे सुरु भएर १०:३० बजे समापन गरिएको थियो !
उक्त कार्यक्रमका का केही भिडियो तथा तस्विर हरू तल पोस्ट गरेको छु ।
तस्विर हेर्न को लागि यहाँ क्लिक गरेर सपनासंसार को फ्यान पेज मा जानुहोस् !
पश्चिम कोही पुर्व घर , आँगन तर एउटै हो अनि मै नाचे छम छम्ति र कलिलो तामा लाई को मिश्रित यो फ्युजन नृत्य !
डाली पलायो , पहरामा सुन छ, नबोले पनि हासिदेउ को समिश्रण नृत्य !
एक समय को निकै चर्चित नेपाली लोक गीत, एकादशी बजारैमा नृत्य पेष गर्दै नेपाली छात्र हरु !
नेपाली सस्कृति झल्कने खालको भेषभुषा सहित नेपाली बिद्धार्थी हरु !
बाँकि दोहरी तथा अग्रेजी फ्युजन नृत्य अनि जीवन काटु मैले कसरी को नृत्य भिडियो हरु अर्को पोस्टमा, कृपया फेरी आउनु होला !
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]
9 comments :
Well organized, and well presented . Good job guys ! Aafu lai ta bhat nai pugena !
Fashion show is not as good as expected . Ekadasi bazzarai ma aali aali slow lagyo tara ramilo chha. Kalili lo tama lai ramro chha.. 2nd one is good too. Keep it up guys !
sabai dance program rakhiyo..tara amaile bhanthe dhara ko pani dance pani upload garana anurodh garda chu
yep where are the other programs?still waiting for the rest of the programs..please upload soon..
good job
Comment test
we would like to see all the other performances as well please
Dear Anonymous,
I regret say, I already cleaned my harddrive of my camcoder. I did clean since i saw every clips of the program posted on youtube already by some other friends.
Next time, I will try to capture all the program and post every clip.
Thank you for visiting sapanasansar.com
~sapanasansar
Dear Anonymous,
I regret to say, I already cleaned the harddrive of my camcoder. I did clean it since i saw every clips of the program posted on youtube already by some other friends.
Next time, I will try to capture all the program and post every clip.
Thank you for visiting sapanasansar.com
~sapanasansar
Post a Comment
तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।