Skip to main content

नेपाल रात्री २०१०, मिनिसोटा स्टेट युनिभर्सिटी , म्यानक्याटो ( Nepal Night 2010, Minnesota State University, Mankato, MN)

नेपाल नाईट २००८ को पोस्ट हेर्न लाई यहा क्लिक गर्नुहोस्
गत शनिवार मात्रै नेपाली विद्यार्थी समुदाय, मिनिसोटा स्टेट युनिभर्सिटी, म्यानकेटोले “नेपाल रात्री” २०१० नामक सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रम मा नेपाली र बिदेशी गरी लगभग ५५० जोड जना को उपस्थिति थियो । कार्यक्रम नेपाली राष्ट्रिय गान “सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली , सार्वभौम भई फैलिएका, मेची-महाकाली।“ बाट शुरु भएको थियो ।
कार्यक्रम मा केही नेपाली संस्कृति झल्किने नाच गान प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रमका का केही भिडियो दृष्य तथा केही तस्विर हरु यहाँ प्रस्तुत गरेको छु । प्रस्तुत कार्यक्रम मा नेपाली रात्रि भोज पनि आयोजना गरिएको थियो । विदेशी दर्शक हरुले नेपाली खाना निकै रुचाएका थिए र कार्यक्रम पनि निकै चाखपुर्वक नै हेरका थिए । एउटा खल्लो लागेको विषय उल्लेख गर्न मन लाग्यो यहाँ निर, कार्यक्रमको को बीच बीच मा केही सवाल हरु प्रस्तुत गरिएको थियो, सहि जवाफ मिलाउने लाई उपहार को व्यवस्था गरिएको थियो । उद्‌घोषक मित्र ले सवाल राख्छन्, " नेपाल सँग सिमाना जोडिएको राष्ट्रहरु कुन कुन हुन् ? " , यो प्रश्न विदेशी हरुको लागि मात्र थियो , जवाफ को लागी, उद्‌घोषक ले एक जना भारतीय मुलका छात्र लाई अनुमति दिन्छन् । उक्त भारतीय छात्रले भारत र पाकिस्तान भने पछि, उद्‌घोषक ले सहि जवाफ भनेर उक्त छात्रलाई पुरस्कृत गर्छन् । पङ्क्तिकार लाई नमज्जा लागे पछि स्वयं मञ्च नजिकै गएर उद्‌घोषक लाई सम्झाएको थियो । तर उद्‌घोषक मित्र अडिग थिए र पङ्क्तिकार लाई जवाफ फर्काउँदै थिए "नेपाल सँग सिमाना जोडिएको राष्ट्रहरू भारत र पाकिस्तान त हुन नि" । पछि दर्शक दिर्घा बाट तथा स्वयं पङ्क्तिकार चर्को विरोध आए पछि उद्‌घोषक रनभुल्ल मा परेको देखिन्थ्यो । उद्‌घोषक विदेशी मुलका नभइ नेपाली विद्यार्थी थिए । गत बर्ष को कार्यक्रममा पनि पङ्क्तिकार लाई एउटा नमज्जा लागेको थियो, के थियो त हेर्न लाई यहाँ क्लिक गर्नुहोस्
उक्त कार्यक्रममा मा पङ्क्तिकार ले पनि एउटा प्रश्न को सहि जवाफ मिलाएर पुरस्कृत भएको थियो । कार्यक्रम ६ बजे सुरु भएर १०:३० बजे समापन गरिएको थियो !

उक्त कार्यक्रमका का केही भिडियो तथा तस्विर हरू तल पोस्ट गरेको छु ।

तस्विर हेर्न को लागि यहाँ क्लिक गरेर सपनासंसार को फ्यान पेज मा जानुहोस् !
पश्चिम कोही पुर्व घर , आँगन तर एउटै हो अनि मै नाचे छम छम्ति र कलिलो तामा लाई को मिश्रित यो फ्युजन नृत्य !


डाली पलायो , पहरामा सुन छ, नबोले पनि हासिदेउ को समिश्रण नृत्य !




एक समय को निकै चर्चित नेपाली लोक गीत, एकादशी बजारैमा नृत्य पेष गर्दै नेपाली छात्र हरु !




नेपाली सस्कृति झल्कने खालको भेषभुषा सहित नेपाली बिद्धार्थी हरु !


बाँकि दोहरी तथा अग्रेजी फ्युजन नृत्य अनि जीवन काटु मैले कसरी को नृत्य भिडियो हरु अर्को पोस्टमा, कृपया फेरी आउनु होला !
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Comments

  1. Well organized, and well presented . Good job guys ! Aafu lai ta bhat nai pugena !

    ReplyDelete
  2. Fashion show is not as good as expected . Ekadasi bazzarai ma aali aali slow lagyo tara ramilo chha. Kalili lo tama lai ramro chha.. 2nd one is good too. Keep it up guys !

    ReplyDelete
  3. sabai dance program rakhiyo..tara amaile bhanthe dhara ko pani dance pani upload garana anurodh garda chu

    ReplyDelete
  4. yep where are the other programs?still waiting for the rest of the programs..please upload soon..

    ReplyDelete
  5. Comment test

    ReplyDelete
  6. we would like to see all the other performances as well please

    ReplyDelete
  7. Dear Anonymous,
    I regret say, I already cleaned my harddrive of my camcoder. I did clean since i saw every clips of the program posted on youtube already by some other friends.
    Next time, I will try to capture all the program and post every clip.
    Thank you for visiting sapanasansar.com

    ~sapanasansar

    ReplyDelete
  8. Dear Anonymous,
    I regret to say, I already cleaned the harddrive of my camcoder. I did clean it since i saw every clips of the program posted on youtube already by some other friends.
    Next time, I will try to capture all the program and post every clip.
    Thank you for visiting sapanasansar.com

    ~sapanasansar

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

Popular posts from this blog

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाकेट त्

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा

शुभ-कामना नव दाम्पत्य जीवनको

यहि मिती २१ फेब्रवरी २००९ का दिन, अमेरीकाको नेब्रास्का राज्य को ओमाहा सहरमा , साथी रचना भट्टराई तथा साथी प्रवेश घिमीरे बिच भएको शुभ बिबाहको उपलक्षमा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुँभभकामना टक्र्याउदछु । तपाई हरुको नया जीवन अनि नौंलो यात्रा सफल रहोस् । खुशीँ नै खुशीको पाईला हरु लम्किउन् । तपाईहरुको यो एैतिहासिक क्षणमा, आँफु पनि पात्र बन्न पाउदा निकै नै खुशीँ लागेको छ । तपाईहरुको दाम्पत्य जीवनले सफलता को शीखर चुम्न सफल होस् । तपाईहरुको अनुमति बिनानै केहि घत लाग्दा भिडियो दृष्य हरु तल पस्केको छु । परदेश को वसाँई होस या स्वदेशको , एउटी नेपाली नारीलाई सिन्दुरको महत्व त्यती नै हुन्छ । एउटी हिन्दु नारीले आफ्नो पतीको दिर्घायु जीवन को लागी लगाउछन्। सिन्दुरले माया प्रेम र सक्ति लाई जनाउछ् । हिन्दु शास्त्र अनुसार , लोग्नेले निधारमा सिन्दुर हालेर आफ्नो पत्नीलाई सुरक्षा को बन्धनमा राखेपछि यदि कोही पराईले पत्नी को हानि गर्न खोजेमा उक्त पराईको रगत उम्लेर उ आफै मर्छ रे । Rachan wedding..... from sapana sansar on Vimeo . आमा को लागी छोरा छोरी भनेको त मुटु को टुक्रा नै त हो नि । आमा भनेको के हो