Skip to main content

सशस्त्र डकैतीको आरोपमा बाख्रो लाई हिरासतमा !

लागोस, जनवरी २३, २००९ , नाईजेरीया प्रहरीले सशस्त्र डकैतीको संङ्कामा एउटा बाख्रो लाई हिरासतमा लिएका छन् । एक भिजिलान्ते प्रहरी समुहले उक्त सेतो र कालो रंग को बाख्रोलाई समातेर प्रहरीलाई बुझाएका थिए । उनिहरुका अनुसार, उक्त बाख्रो एउटा सशस्त्र डाकू हो, जो नजिकैको माझ्दा ३२३ चोरी गर्दै थियो र उस्लाई उक्त समुहले देख्ने बित्तिकै कालो जादु द्वारा आफुलाई बाख्रो को भेषमा परिबर्तन गरेको कुरा बताएका छन् ।

Kwara राज्यको प्रहरी प्रवक्ता Tunde Mohammed ले रोएटर्स न्युजलाई बताए अनुसार आफुहरु प्याट्रोल गरिरहेको बेलामा केहि गुंडा हरु नजिकै को कारलाई लुटिरहेका थिए । उक्त भिजिलान्ते समुहले २ जना गुंडा लाई समात्न खोज्दा , एउटा भागेको र अर्को बाख्रोमा रुपान्तर भएको थियो ।मोहम्मद अगाडि भन्छन्, "हामी अझै यो घटना को पुष्ठि गर्न सक्दैनौ , तर पनि उक्त बाख्रोलाई हामिले हिरासतमा लिएका छौं। हामी यो रहस्यकै भरमा केहि भन्न सक्दैनौं , यो त बैज्ञानिक तवरले पुष्ठि हुनुपर्छ कि त्यो मानिस बाख्रोमा परिबर्तन भयो " । साथसाथै त्यो गुण्डा बाख्रो को उचित छान बिन नगरि हिरासत मुक्त नगरिने जानकारी मोहम्मदले रोएटर्स लाई बताए

नाईजेरिया, जुन आफ्रिकाकै सर्वाधिक आबादी भयको राष्ट्र हो, त्यहा भुत पिचास मा खुबै बिश्वास गरिन्छ । अहिले नाईजेरिया मा त्यो बाख्रो हेर्न खुब भिड लागेको छ।

श्रोत: रोएटर्स
यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:


Comments

  1. What type of news is this?
    Is that possible? =-O

    ReplyDelete
  2. Khoi k khoi k ? But its funny

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।