Oct 6, 2010

निधार खाली भएछ

Facebook

दिनेश गुरुङ
मेरिल्याण्ड, अमेरिका


च - च हुई च - च हुई को
सुस्केरा आज कान मा गुन्जेछ
यस पाली पनि आखिर
यी निधार खालीनै भएछ

आशु जति हराई
खुशी ल्याएछ आँगनमा
दुख भुलाई
सुख दिए छ यो पलमा
परदेशी थिए म
चाड-बाँड सम्झना भए छ
यसपाली पनि आखिर
यी निधार खाली भएछ

भाग्य लुटी गएछ
यो पाली पनि आशिष बिनाकै गुनगुन
२१ पत्ती हातमा राखी
बियरको नशामा साथीहरू रम्दाँ हुन !
न भुल्न सके यो पल
आखिर भाग्य को खेल रहेछ
यसपाली पनि आखिर
यी निधार खाली भएछ

नयाँ लुगा
मीठा खानेकुरा मा भाइ बहिनी रम्दै होलान्
हात मा टीका लिई
आमा मलाई सम्झिँदै एक्लै रुँधी होलान् ।
च - च हुई च - च हुई को
सुस्केरा आज कान मा गुन्जेछ
यस पाली पनि आखिर
यी निधार खाली भएछ


सबै भेला भई
सुख -दुख को कुरा बाढ्दा हुँन !
बेला -बेलामा
मेरा नाम पनि लिँदो हुँन !
सम्झँदै छ सबैले
बाडुली मलाई आएछ
यसपाली पनि आखिर यी निधार खाली भएछ
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

0 comments :

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP