![](http://2.bp.blogspot.com/_-ynDT2oG4zk/TDVN1XQJ_YI/AAAAAAAACQE/92P6ASUGP34/s200/milan.jpg)
बगाले, मिलन
क्यामिन – ६, वर्लाची तनहुँ
ब्यापार ब्यबसाय गरिखाने होईन लुटिखाने भाडो बनिराख्दा समेत टुलुटुलु हेरेर तथा काल कुरेर बस्ने दिन आउनु लाई के शब्दले पुर्कानु खै? पाच रुपैयाको मसाला किन्दा ४ रुपैया काठको धुलोलाई तिर्नुदेखीन ग्यास किन्दा आत्मघाती बम किनिनुले ब्यापार ब्यबसाय मानव तस्करहरुको ताण्डव लिला मच्चाउने थलो बन्दै गएको देखिन्छ।
![](http://1.bp.blogspot.com/_-ynDT2oG4zk/THB8u3D72UI/AAAAAAAACYM/VSRr7YqJ960/s320/gas.jpg)
शहरवासीकै कुरो गरम, आजकाल प्राय सबैजसॊको सिरानीमा सिलिन्डर फिट छ। ग्यास सिलिन्डर जोडनुलाई ठुलै बहादुरी ठानिन्थ्यो एकाध बर्ष पहिलेसम्म। यो बहादुरीको पातो लगभग धरैले पल्टाईसके। छुट्टै भान्छाकोठोको अभाभमा बहादुरीको यो तक्मालाई मैले झै लाखौ अस्थाई राजधानीवासी सुत्ने कोठोभित्रै सजाउन बिबश छन।
सुत्ने खाटभन्दा ५-७ फुट दायावाया बसेको यो रातो घैटोलाई आत्मघाती बम ठानेर दिनरात तसर्ने गरेको छु म। पानीको बाल्टीन, कम्प्युटर ,खाट ,टेबुल कुर्सी राईस कुकर र किताब पत्रिका सरहकै आफन्त ठानेको रातो घैटो जुनसुकै बेला ज्यान खान उद्वत भएपछि दुनीया नतसे्रर भो? सिरानतिर मुबाईल बम र खुट्टातिर घैटे बम फिट भएपछि एकबारको यो जिन्दगी भगवान भरोसाझै पो लाग्न थालेको छ। बम नपडकिन्जेल नाफाको जिन्दगी जिउने आत्मघाती गुरिल्ला जस्तो ।
पैसा तिरेवापत पाईलैपिच्छे लुटिने आम नेपाली उपभोक्ता को जीवनशैली साच्चीकै कहालीलाग्दो बन्दैछ। ब्यापार ब्यबसाय गरिखाने होईन लुटिखाने भाडो बनिराख्दा समेत टुलुटुलु हेरेर तथा काल कुरेर बस्ने दिन आउनु लाई के शब्दले पुर्कानु खै? पाच रुपैयाको मसाला किन्दा ४ रुपैया काठको धुलोलाई तिर्नुदेखीन ग्यास किन्दा आत्मघाती बम किनिनुले ब्यापार ब्यबसाय मानव तस्करहरुको ताण्डव लिला मच्चाउने थलो बन्दै गएको देखिन्छ।
राजधानीका सरदर १२ -१५ कोठे घरमा लगभग त्यती नै संख्यमा राता घैटा बास बसेका हुन्छन कोठैपिच्छे चुलो बल्ने बाध्यकारी संस्कारले। बमै बमले भरिएका यी घरभित्र एउटै मात्र रातो बम पडक्यो भने एकैपटक ३० -४० वटा ज्यान खाने खतरा छ। शहर र पुरै समाज यसरी बम सिरानी हालेर सुत्न बिबश हुदा पनी सरकार नामक कामचलाउ भातेहरुको भीड भातै खान पाएर होला, भाते निन्द्रामा सुतेको छ। यसको उपस्थिति को भेउ त त्यै घुराईबाट मात्र पाउन सकिन्छ। अनि बम सिरानी हालेर सुत्न बिबश गोडा पचास लाख मान्छेहरु? यिनको निद्रा त त्यै रातो घैटोले खाईसको नी। अब चिरनिन्द्राको प्रतिक्षा मात्र बाकी हो? जय होस।
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]
Comments
Post a Comment
तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।