मिलन वगाले
क्यामिन – ६, वर्लाची तनहुँ
सात संसदवादी दलहरु र विशेषतः बयोवृद्र राजनेता गिरिजाप्रसाद कोइरालाको दौराको फेर समातेर हिंसात्मक जनयुद्धको बाटो छोडी 
शान्तिपूर्ण राजनितीको मुलधरमा आएको माओबादीले आफू भूमिगत रहदा निकै प्रभावकारी तरिकाले फ्याक्ने गरेको "फुटाउ र राज गर!" को अस्त्र खुला राजनितीमा आइसकेपछि भुत्ते हुदैगएको मात्रै होइन पुरै खिया लगिसकेको तथ्य घामझैं छर्लङ्ग छ। धोकाको राजनितीमा सबैलाई पछारेको माओबादीको बहुप्रचारित खरिपाटी भेलाले नेपाली काग्रेसलाई प्रधान शत्रु किटान मात्र गरेन, सेना, अदालत र प्रेस आफ्नो बाटोको काढा र तगारो हो भन्ने अघोषित निष्कर्ष पनि निकाल्यो। यि सबैलाई लथालि्ङ्ग र भताभुङ्ग पार्ने गा्रण्डडिजाईनको बिकृत रुप हो सेनापति प्रकरण।
भनिरहनु परोईन, प्रधान सेनापति कटवाल त्रिशुलीमा घोडा चढेर हाम्फाल! भन्दैमा हाम्फाल्ने र धरहराबाट तल हाम्फाल! भन्दैमा हाम्फाल्ने मुर्ख जंगबहादुर होइनन्। तत्कालिन प्रधान सेनापति र राजाले बल प्रयोग गरेेर जनआन्दोलन दबाउने बारे छलफल गर्दा रक्तपात हुन्छ त्यसैले नो! भनेर सल्लाह दिने स्वभिमानी कटवालको काधमा बन्दुक राखेर नानाथरी खेतिपातीको शिकार गर्न नसकिने माओबादी मनोग्रन्थीले यतिबेला काम गरिरहेको छ।
नागरिक सर्बोच्चताको हवाला दिदै आफुलाई राष्ट्रिय–अन्तराष्ट्रिय जगतमा लोकतन्त्र र लोकतान्त्रिक गणतन्त्रको हिमायति देखाउन खोज्ने मात्र होइन, सेनाको माथिल्लो संरचनालाई जरैदेखि हल्लाउने र छिन्नभिन्न पार्ने, आफ्ना छापामार कमा48डरहरुलाई सोझै भर्याङ चढाएर जर्नेल कर्नेल बनाउने र नेपाली सेनामा एउटा निश्चित राजनितीक बाद बोकेको जत्था तयार पारेर एकतान्त्रिक राजनितीक ब्यबस्था लाद्ने अतिबादी सोचको रुपमा प्रधान सेनापति प्रकरणलाई बुझ्न सकिन्छ। यसबाहेक संविधान निर्माण लगायत राष्ट्रिय राजनितीको मुलमुद्दाबाट पछि हटने र देशको ध्यान अन्यत्र मोड्ने नियतको रुपमा यसलाई बुझ्न सकिन्छ।
निश्चय नै सेना राज्यको एक अभिन्न तर बिशिष्ट मान्यता बोकेको संबेदनशील अंग हो। राज्य र नागरिकबाट चुनिएका जनप्रतिनिधीहरुसंग लडेर, जुधेर र ब्यक्तिगत इगो बोकेर होइन, नागरिक सर्वोच्चता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर सेना अगाडि बढ्नु पर्छ।
milanbagale@yahoo.com
![]()

5 comments:
तपाईको लेख सान्दर्विक छ। म पुर्ण सहमती जनाउन चाहन्छु ।
धन्यबाद ,तपाईको यो उत्कृष्ठ लेखको लागी !
Good Article !
Ramro lagyo tapai ko Lekha.
Great writeup. I hope Nepali Janta will see the Maoist for what they really are!
I would like to know more about this issue in depth please do write more
Post a Comment
तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।