Skip to main content

अखबारमा राजनितिको रन्को


बगाले, मिलन
क्यामिन – ६, वर्लाची तनहुँ


"नेपाल दहाल गोप्य सहमती अलपत्र" - नागरीक दैनिक
"माओबादी नेतृत्व अमान्य"- नागरीक दैनिक
"पहिलो बुदा कार्यान्बयन गर्न आग्रहू" - गोरखापत्र
"दृई दिनभित्र सहमती गर्न २२ दलको आग्रहू" - गोरखापत्र
"काग्रेस एमाले निर्णय सहमती कार्यान्बयन भए माओबादी नेतृत्व"- कान्तिपुर
"प्रधानमन्त्री काग्रेसबाट" -ओलीको महाबाणी - रंगीन बाकसभित्र - कान्तिपुर-

बिहानीले आशा जगाउछ। त्यसै बिहानीलाई सुनको बिहानी भनिएको होईन। बिहानै अखबार पल्टाउनु र राम्रा बिचार त्यो भित्र छ कि भनेर खोतल्नु मेरो नियमित दिनचर्या हो। तर बिडम्बना मेरो बिहानको शुरुबात अखबारहरुले ढोकामा पोको पारेर फालेका माथि उल्लेखित असार २१ का सयौ र कयौ थरी अफिमहरुको सेबनबाट हुने गर्छ।

नेपाली नामधारी यो अभागी जातलाई जति बढी राजनितिको राप ताप रन्को र उन्मादले यो धर्तीका अरु कसैलाई छुदैन होला। राजनितीबाहेक दायाबाया एक ईन्च पनि सोच्नु हुदैन सोच्नै सकिदैन हाम्रा मालिक र देउता भनेका हारेका नेपालदेखी मारेका दहालसम्म सप्पै लपक्कै हुन यिनका दिनदिनै र छिनछिनै फेरिन हरेक महाबाणी हामीले पढनैपर्छ कण्ठै पार्नुपर्छ त्यो पनि रिठठो नबिराई। यिनका बडाबडा रंगीन फोटाको दिनदिनै दर्शन गर्नैपर्छ नत्र वरत्र परत्र सबै बिग्रन्छ। अझ माओबादी नामको एउटा अजीबको प्राणीलाई सबै मिलेर ठेल्या ठेल्यै गर्न पर्छ पेल्या पेल्यै गर्न पर्छ किनकी यो धुन्धुकारी उपध्रो उपध्रो मात्रै मच्चाईराख्छ।
अरे बाबा ७३ढटण्स यो धुन्धुकारीले उपध्रो र उत्पात मच्चाईदिएन भने त मेरो हल्लाखोरे कोठेबारीमा असिनै असिना झरिहाल्यो नी। त्यसैले येल्लाई अझ बढी बिच्क्याई राख्नुपर्छ र अझ बढी उपध्रो मच्चाउन उक्साउनुपर्छ अनि पो मेरो खेती लटरम्म फल्छ।

राजनिती भनेको मियो हो अखबार दाई हाल्ने गोरु र हामीचै जता छिरल्यो त्यतै छिरल्लीने पराल। गोरुलाई चुटने र मियोको वरिपरी फन्फनी घुमाउने मनुवाको चै चियोचर्चो नगर्दा नै बेश होला। समाचार छापिने रहरले नेताहरुलाई जे जे पायो त्यही त्यही बोल्न उक्साउने र हामीलाई कामभन्दा गफ बढी गर्न सिकाउने गुरुहरुको काम कम्तीमा अखबारले नगरीदिउन न। लौन अब झिना मसिना कुरामा नअल्झिम जसरी हुन्छ यो झुम्रे देशलाई समृद्ध बनाउन कम्मर कसेर लाग्ने हो भने यसको अस्सली शुरुबात अखबारहरुबाटै गर्नुपर्छ भन्ने मेरो एकलकाटे ठम्याई र ठहर छ। सम्पुर्ण राजनिती राजनितीक समाचार र अधिकांश दुई पैसे नेताका चार पैसे कुरालाई ूझिनामसिना या खुद्धाखुद्री शीर्षकमा भित्री पेजको अध्यारोतिर कोच्नुपर्छ।

राम्रो बोले र राम्रो काम गरे मात्र अखबारमा नाम र फोटो आउछ भन्ने चेत मिडीयाले नेतामा हाल्दिए कति राम्रो हुन्थ्यो नी। उपध्रो उपध्रो बोल्ने ओलीलाई रंगीन बाक्सामा हालेर सजाएपछि यिनको उपध्रो साहित्य नफस्टाएर अरु केचाही फस्टाउछ तपुष्पकमल दहाललाई धानीनसक्नुको प्रचण्ड बनाउनुमा पनि मिडियाको फुलबुट्टाले काम गरेको छ। अनि आज यि नमच्चीएर कोचाहि मच्चीयोस त । यहानेर सिगापुरको एउटा प्रसंग जोडौ। मेरा एकजना पत्रकार मित्र सिगापुर ga ka chan पैसाको बिटो कमाउन भनेर। अस्ती उनले मलाई ईमेलमा एउटा अचम्मको खबर सुनाए। सिगांपुर गएको १० महिनामा त्यहाको राष्टपतिको नाम त्यहाको अखबारमा ज्भ्माजम्मी तीनचोटी पढन पाए रे। क्स्तो अचम्म हाम्रा चाही प्राय सबैजसो अखबार नेताकै मुखपत्र बन्ने भए। ज्ानताका मुखपत्र खई हाम्रामानेता तिम्रै प्रतिनिधि हुन तिनकै कुरा सुन यसरी लोप्पा पो खुवाउछन ए हाम्लाई।

राजनितीलाई सबै कुराको केन्द्रमा राखेर हेर्ने र अरु कुरालाई महत्व नदिने हिनताबोध बाट हामी अब माथी उठनै पर्छ। देश बिस्तारै बनेको कुरा गाउलेले मिलेर बाटो खनेको कुरा राष्ट्रिय पहिचान र गौरबको कुरा बिकासका सम्भाबनाका कुरा सकारात्मक सोचाईका कुरा देशलाई गर्ब गर्न सिकाउने कुरा भुईमान्छेका कुरा कुनाका कुरा भित्ताका कुरा पाखा र पाखेका कुराले अब नेपाली खबरकागतमा मुख्य र पहिलो भाग पाउनुपर्छ न कि बालुवाटार कौशलटार बोहोराटार र सिहदरबार भित्र लोभी पापीहरुले पकाउने बासी खिचडीका कुरा। नेपाली खबर कागतहरुको सधै जय होस।
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Comments

  1. Very Nice Article ...

    ReplyDelete
  2. sarhai chitta bujhne kura garnu vayo

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

Popular posts from this blog

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाके

शुभ-कामना नव दाम्पत्य जीवनको

यहि मिती २१ फेब्रवरी २००९ का दिन, अमेरीकाको नेब्रास्का राज्य को ओमाहा सहरमा , साथी रचना भट्टराई तथा साथी प्रवेश घिमीरे बिच भएको शुभ बिबाहको उपलक्षमा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुँभभकामना टक्र्याउदछु । तपाई हरुको नया जीवन अनि नौंलो यात्रा सफल रहोस् । खुशीँ नै खुशीको पाईला हरु लम्किउन् । तपाईहरुको यो एैतिहासिक क्षणमा, आँफु पनि पात्र बन्न पाउदा निकै नै खुशीँ लागेको छ । तपाईहरुको दाम्पत्य जीवनले सफलता को शीखर चुम्न सफल होस् । तपाईहरुको अनुमति बिनानै केहि घत लाग्दा भिडियो दृष्य हरु तल पस्केको छु । परदेश को वसाँई होस या स्वदेशको , एउटी नेपाली नारीलाई सिन्दुरको महत्व त्यती नै हुन्छ । एउटी हिन्दु नारीले आफ्नो पतीको दिर्घायु जीवन को लागी लगाउछन्। सिन्दुरले माया प्रेम र सक्ति लाई जनाउछ् । हिन्दु शास्त्र अनुसार , लोग्नेले निधारमा सिन्दुर हालेर आफ्नो पत्नीलाई सुरक्षा को बन्धनमा राखेपछि यदि कोही पराईले पत्नी को हानि गर्न खोजेमा उक्त पराईको रगत उम्लेर उ आफै मर्छ रे । Rachan wedding..... from sapana sansar on Vimeo . आमा को लागी छोरा छोरी भनेको त मुटु को टुक्रा नै त हो नि । आमा भन

म आफ्नो घर छोडेर टाढा कसरी जान सक्छु र ?

Reposted after readers request ! "म गरिब परिवार अनि बिमारी पृ्ष्ठभुमी बाट आएको मान्छे हुँ। म यहि जन्मे , म यहि हुर्के अनि धेरै जसो यहि पढेँ अनि फर्केर यहि आएर 'टिम' मै काम गर्दैछु , आफ्नो घर मेरो लागी 'टिम' हो ।घरमा आएर घर संहाल्दा बढो आनन्द आउदो रहेछ । म आफ्नो घर छोडेर कसरी टाढा जान सक्छु र ? " - डा अरुण बुढा करिब ४० बर्ष अधि रघुबिर बुढा कुष्ठ रोगको उपचार गर्न कालीकोट बाट डढेलढुरा आउछन् । बिदेशीद्वारा चलाईएको सामुदायीक टिम, अस्पतालमा उपचारको क्रम मा उनले पार्वती रोकाया लाई भेट्छन् । उपचारको क्रममा एकअर्काबिच चिनाजानी पछि उनिहरु बिहे गर्छन । रघुबिर बुढाले, पछि त्यहि अस्पतलामा भात पकाउने भान्छे, फुलबारी गोढ्ने तथा हुलाकीको काम पनि गर्ने थाल्छन् । पार्वती भने त्यहि अस्पतालमै निम्न स्तरीय काम गर्न थाल्छिन् । बिस्तारै त्यहि काम गर्दै जादा,रघुबिर अलि अलि लेखपढ पनि गर्न थाल्छन् । २ बच्चाहरु अरुण बुढा र कालेब बुढाको बाबु बन्छन् अनि आफ्ना यी दुई बच्चा लाई डाक्टर बनाउने सपना सझाउछन् । रघुबिर बुढाका दुई छोरा हरु , डा अरुण बुढा तथा डा कालेब बुढा सन १९९९ डिसेम