
Share
-मिलन बगाले
क्यामिन -६ बर्लाची तनहु
यो मन छुने कुरा सुनेपछि मलाई अब्राहम लिंकनको एउटाप्रख्यात भनाईको याद आईरहेको छ, 'असल शासकहरु देशको भबिष्यको चिन्ता गर्छन तर राजनितिज्ञहरुलाई भने आगामी चुनाबको मात्रै चिन्ता हुन्छु'।

गिरिजाबाबु हुनुपर्छ र चौथो मभन्दा २ बर्ष जेठो मेरो दाजुलाई। यो कुरो बर्षौदेखी भन्दै आएको छु। टीभीको नाकमुखै नदेखी हुर्केको मेरो पुस्ताको लागी गिरिजाबाबु चिनाउने साधन भनेकै पत्रपत्रिका र रेडीयो मात्र थियो। म ५-६ बर्षको हुदाखेरीको एउटा क्यालेन्डर म अझै सम्झन्छु। सुत्ने कोठाको भित्तामा टागीएको त्योक्यालेन्डरमा बिभिन्न नेताहरुका बिचमा दाहिने हात उचालेर भाषण गरिरहेको एउटा अग्लो मान्छेको फोटोले मेरो बाल मष्तिष्कलाई राम्ररी खिच्थ्यो। कोट पाईन्ट लगाएको त्यो मान्छे मेरो आकर्षणको केन्द्र थियो र म बुबालाई सोधिराख्थ्ये - यो को हो भनेर। बुबाले त्यो अग्लो मान्छेका अलावा त्यो क्यालेण्डरमा भएका बि पी, सुबर्णशम्शेर, शैलाजा, किसुनजी, गणेशमान, मनमोहन, मदनभण्डारी, मोहनचन्द्ध, सीपी मैनाली आदीका बारेमा मलाई बताउनुहुन्थ्यो। तर मलाई गिरीजाबाबु बाहेक अरु कसैको चासो र चिन्ता थिएन त्यतीबेला। मेरोकलिलो मनभित्र एकछत्र राज गरेका थिए उनले।
कुरो २०४९-५० सालतिरको हो त्यतीबेला देखी नै मेरो घरमापत्रपत्रिकाहरु थुप्रै आउथे। राष्टपुकार पुर्नजागरण घटना र बिचार दृष्टिगोरखापत्र अन्तराष्ट्रिय माच आदीआदी। यी सबैमा मेरो खोजी गिरिजाबाबुकैहुन्थ्यो र त्यसमा पनि उनको एकछत्र राज देख्दा मलाई असाध्यै खुशीलाग्थ्यो। बामपन्थी पत्रिकाहरु उनलाई असाध्यै गाली गर्थे र कार्टुन पनी त्यस्तै खालको बनाउँथे। कस्ता अलच्छीनाहरु , म ती पत्रिकालाई मनमनै निकै गाली गर्थे। अलि ठूलो भएपछि ती पत्रिकाहरूबाट गिरिजाबाबु को फोटोको साथै बीपी र राजा वीरेन्द्रको फोटाहरु काटेर टिनको बाक्सामा राख्ने गर्थे।ती फोटाहरु मेरो घरमा अझै सुरक्षित होलान्। गिरिजाबाबुको राजनीतिक जीवनमा जति सकारात्मक नकारात्मक उतारचढाव आए पनि उनीप्रतिको मेरो एकतर्फी प्रेम र आकर्षणको जग भने कहिल्यै हल्लिएन। धेरैले पहिलोपल्ट गिरिजाबाबुलाई चिन्दा बिपीको भाईको रुपमा चिनेकोभनेर पत्र पत्रिकामा लेखेका छन। तर मैले भने बिपीलाई गिरिजाबाबुको दाई रैछन भनेर चिनेको थिए। गिरिजाबाबुलाई घरको क्यालेण्डरको फोटोमै राम्रै चिनेपनि बिपीको जीबनी भने ३ कक्षमा पढ्दा मात्रै एउटा बाल पत्रिकामा पढेको थिए । बुबाले पहिल्यै चिनाउनुभएको थियो तर मेरो ध्यान गिरिजाबाबुभन्दा दायाबाया थिएन। त्यो पत्रिकामा बीपीको आमाबाबुको नाम दिब्या कोईराला र कृष्णप्रसाद कोईराला भनेर पढ्दा त म झन्डै चिच्चाएको थिए। बिपी गिरिजाबाबुका दाइ कि भाई ?मैले बुबालाई यसरी नै सोधेथे, त्यतीबेला।'कृष्णप्रसादका ५ भाई छोरा, मातृकाबिपी तारिणी केशब र गिरीजाप्रसाद कान्छा। बिपी निकै ठूला राजनेता र लेखक हुन ', यसरी चिनाउनु भएथ्यो बुबाले र मैले गिरिजाबाबुको दाजुको रुपमा बिपीको पहिलो परिचय पाएको थिए । रामचन्द्र पौडेलको छिमेकी गाउ र गोबिन्दराज जोशीले पहिलो चुनाब लडेको ठाउ राजनितिक माहोल निकै तातेको थियो हाम्रातिर। गोबिन्दराज बिकास प्रेमी, स्थानीय संघसंस्थालाई सक्दो सहयोग गर्ने र जनताको काम गरिदिने नेताकोरुपमा चर्चित थिए भने पौडेल त्यागी र राष्ट्रिय नेताका रुपमा चर्चित। वारिपारि गाउँतिर यि दुबै नेताका अलाबा अरु धेरै नेताहरु मोटर र हेलिकोप्टर चढेर आईराख्थे र हामी दिनभर हिडेर भएपनि यिनका भाषण सुन्न निकै टाढाटाढासम्म समेत पुग्ने गर्थौ। हाम्रा आईडियल प्रसन भनेकै देखिनेमा गोबिन्द, रामचन्द्र र नदेखिनेमा रेडियोमा सुनिने र पत्रिकामा पढिने गिरिजाबाबु थिए। गिरिजाबाबु हेलिकोप्टर चढेर पुलीमराङ आउने रे चुदीमा स्कुलको स्वर्णमहेत्सबमा आउने रे यस्ता हल्लाहरु खुब सुनिन्थे सानोमा। गिरिजाबाबु हेलिकोप्टर नजिकबाट देख्न पाए, म मनमनै खुब कल्पन्थ्ये। ८-१० बर्षको कलिलोमनले सबैभन्दा ठूलो भाग्य भनेकै हेलिकोप्टर र गिरिजाबाबु देख्न पाउनु हो भन्ने बुझेको थियो।
गिरिजाबाबुलाई प्रत्यक्ष देख्ने रहर भने काठमाडौं आएपछि मात्र पुरा भयो त्यो पनि एक दुई झुल्को मात्र। रत्नपार्कमा ट्रकमा बसेर भाषण गर्दै गरेका गिरिजाबाबुलाई देख्दै मन आनन्दित हुन्थ्यो मेरो । आन्दोलनको अपार उर्जा थिए उनी। आएर दाहिने हात उचाल्दीए पुग्यो ताली बजिहाल्थ्यो। भिड सम्मोहित थियो उनीसग। उनलाई भेटने रहर निकै पलाए पनि त्यो दुस्साहस भने कहिल्यै पुरा सकिएन। टिभिमा दिनदिनै देख्न पाएपछि गएरै किन भेटिरहन पर्यो र ! आफैले यसरी चित्त बुझाएको थिए। गिरिजाबाबु मेरो आखाको नानी भएपनि उनको पार्टी र अरु कुनै राजनितिक पार्टीप्रति मेरो खासै माया र मोह थिएन। त्यसकारण संविधानसभा चुनाबमा भोट हाल्न नजाने एक शुत्रीय अडान बोकि बसेको थिए म। तर जब गिरिजा बाबु काग्रेसको तर्फबाट समानुपातिकको उम्मेदवार बने तब 'भोट फर माई डियर गिरिजाबाबु'भन्दै म लागे गाउँतिर। ' फल लाई मात्र माया गरेर हुन्छ ? बोटलाई नी माया गर्नु पर्छु' समानुपातीकको एक भोट मात्र खसाल्ने र प्रतक्ष्यको भोट कसैलाईनी नखसाल्ने मेरो निर्णय आमा बुबालाई सुनाउँदा गिरिजाबाबुलाई फल र काग्रेसलाई बोटको उपमा दिदै दुबै भोट हाल्न उहाँ हरुले मलाई सल्लाह दिनुभो र गिरिजाबाबुका उम्मेदवार रामचन्द्र पौडेलले समेत मेरो अमुल्य १ भोट पाए। समानुपातिकको मतपत्रसगै मैले एउटा छुट्टै कागज समेत सुटुक्क मतपेटिकाभित्र छिराएको थिए जसमा लेखेको थिए- 'मेरो भोट मात्र माई डियर गिरिजाबाबुलाइ'। माथि नै भनिसके गिरिजाबाबुको डुब्दो स्बाथ्यको बाबजुद म भने 'गिरिजाबाबु नमर्नकै लागी जन्मेका हुन ' भन्दै मन बलियो बनाएर बसेको थिए। तर त्यो मेरो भ्रम, भ्रम नै रहयो र गिरिजाबाबु सधैका लागी अस्ताए। उनी बितेको दिन स्ब गिरिजाप्रसाद कोईराला भनेर कम्प्युटरमा टाईप गर्दा मेरो हात थरथरी कापेको थियो र ठुलै अपराधबोधको अनुभूतिले गाजेको थियो । चैत्र आठ गते बिहान ९ बजेनै म दशरथ रंगशाला पुगेपनि, मेरो मन दशरथ रगशालाभित्र छिर्न मानिरहेको थिएन। 'अरे बाबा! गिरिजाबाबु बितेको भए पो श्रद्धाजली दिन भित्र जानु!'मेरो मनमा यो अन्तरद्धन्द्र २ बजेसम्म चलिरहयो । तर २ बजेपछि म हारे र भित्र गएर फुल चढाई श्रद्धाजली ब्यक्त गरे। शबयात्रामा सहभागी भईरहदा मान्छेको समुन्द्र देखेर भतिज केशब भनिरहेको थियो - 'मिलन अकंल!गिरिजाबाबुलाई त शान्ति सम्झौतामा हस्ताक्षर गरेकै भोलिपल्ट यसरी नै बाजा बजाएर नगर परिक्रमा गराउनु पर्थ्यो। हो केशब ! तिमीले सही भन्यौ। गिरिजाबाबुलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनाएर रथमा राखी नगर परिक्रमा गराउनु पर्थ्यो। अनि बल्ल हुन्थ्यो महानायकको सच्चा सम्मान। कसैको प्रचण्ड दम्भ र अहंकारको शिकार भई राष्ट्रपती बन्न नपाएपनि राष्ट्रपिता बन्न पुगेका गिरिजाबाबु असल राजनेता नै थिए भन्ने कुरा डा बाबुराम भट्टराईले पछिल्लो समय दिएको अभिब्यक्तिले अझ प्रस्टयाउछ। 'तपाईहरु चुनाब जित्दै हुनुहुन्छ र हामी हार्दैछौ र पनि म चुनाब गराउनपुरापुर प्रतिबद्र छु'। यो मन छुने कुरा सुनेपछि मलाई अब्राहम लिंकनको एउटाप्रख्यात भनाईको याद आईरहेको छ, 'असल शासकहरु देशको भबिष्यको चिन्ता गर्छन तर राजनितिज्ञहरुलाई भने आगामी चुनाबको मात्रै चिन्ता हुन्छु'। गएकोचुनाबको दम्भ र कुण्ठा देखाउने तथा आउने चुनाबको मात्र चिन्ता गर्ने नेताहरुको भीड भएको हाम्रो मुलुक देशको भबिष्यको चिन्ता गर्ने गिरिजाबाबु जस्तै सग्लो र अग्लो नेता खोजिरहेछ। माई डियर गिरिजाबाबु! आई लव यु! अलबिदा!!!
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]
3 comments :
He was never in favor of Nepal. He was an indian ambassador...
Giraja Babu Marera ta Gaye tara unko kriti kahile pani Marne pakkai chhaina.......
WWW.NEWSOFNEPSE.BLOGSPOT.COM
लेखकले स्वर्गीय गिरिजा बाबुको गून गाउने क्रममा केहि छुटे जस्तो छ :
गिरिजा बाबुले नेपाली लोकतन्त्रमा मात्र योगदान पुर्याएनन, सास छउन्जेल नेपाली कांग्रेसमा आफ्नो हैकम थाती राखे, आफ्नी एकलौटी, प्रतिभाशाली, राष्ट्रप्रेमी र लोकप्यारी छोरीलाई कहाबाट कहा पुर्याए, ग्रान्ड डिजायनलाई गोप्य राखे, सबै भन्दा बढी अर्थात ५-५ पटक नेपालको प्रधानमंत्री पनि भए (त्यसैले नेपालको हालको बिग्रदो अवस्थाको सबै भन्दा बढी जिम्बेवार व्यक्ति पनि उनै गिरिजा बाबु हुन् भन्नु पर्छ)
तै पनि ८६ बर्ष कै उमेरमा गिरिजा प्रसाद कोइरालाको निधन भएकोमा स्वर्गीय आत्माको चिरशान्ती को कामना गर्दै यस दुखद घडीमा मर्माहत हुनुभएका सम्पूर्ण ....... भक्त नेपाली दाजु भाई दिदी बहिनीहरुमा सहन सक्ने शक्ती मिलोस भन्दै समबेदना ब्यक्त गर्दछु !
Post a Comment
तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।