May 9, 2010

बाल कमरेडसंग एकैछिन

Facebook

बगाले, मिलन मिलन वगाले
क्यामिन – ६, वर्लाची तनहुँ

Share

पिरोपिरो चटपटे चपाउदै उसले फायर खोल्यो- "काठमान्डु घुम्लास खुब मस्ती गर्लास भनेर फकाईओरी ल्याका थे यहाँ त कालो टासेको रोडमा दिनभर फनफनी घुमाका घुमाई छन दाई यस्तो घाममा",घरी केजाती बानेश्वर हो कि के हो जानपरो भन्छन घरी रत्नपारक घरी पुतलीसडक घरी केजाती कलंकी मसालजुलुस फेरी के फेरी के उ दिक्क मान्दै थियो।



"दाई !मलाई ५ रुप्पेको चना चटपटे खुवाउनुस न प्लिज" शहर हेर्नर सरकार घेर्न देशैभरीबाट राजधानी पसेका पीध भन्दा मुन्तिरका नेपाली जनता र तिनको लोभलाग्दो जुलुस आखाभरी हेरेर घर फर्किरहेका बेला हातमा बडेमानको बासको कप्टेरो र टाउकोमा वाई सी एल लेखेको कफन बाधेको अन्दाजी १२ -१३बर्षको एक बाल कमरेडले पुतलीसडकम...ा मेरो हात समाउदै चटपटे खुवाउन आग्रह गर्यो। काठमान्डु पेटभरी हेर्न र मस्तीले घुम्न आको उसंग सुक्को पैसो छैन रे, चिउरा खान पाउने पालो कुर्दाकुर्दा बिरक्तिएर अलि मास्तीर एक्लै घुमिरहेको उ मसंग अचानक नजिकिएको थियो। उसको सुकेको मुख देखेर शुरुमा मैले खरबुजा खुवाए र हामी बाटोमै मजाले गफिन थाल्यौ।


"दाई तपाई चाहि किन आन्दोलना नहिडया नी"?लाल खरबुजा चपाउदै उसले मलाई सोध्यो।किन म हिडया छैन र ?मैले प्रतिप्रश्न गरे। खै दाई हामी मैला गाउले मुन्छेको जुलुसा तपाई जस्ता सुकिला मुन्छे हिन्दैनन भन्दैथे दाईहरु त, उ सुनाउदै थियो मलाई । अनि तिमी चाहि किन हिडया नी? मैले सोधे। "म त योकठपुतली सरकार फाल्न हिडेको "!सोचे भन्दा धेरै जोशिलो पाराले उसले मलाई जवाफ फर्कायो। यो कठपुतली भन्या चाहि के र्रैछ नी? मेरो प्रश्नको बाढी थामीएको थिएन। खोई दाई तो त म के जानम जुलुसा सप्पै त्यै नारा लाम्चन क्याम्प मा नी त्यै भनेर गफ गर्चनु उसले लजाउदै जवाफ फर्कायो।


खरबुजा सकेर हामी चटपटे खानतिर लाग्यौ। पिरोपिरो चटपटे चपाउदै उसले फायर खोल्यो- "काठमान्डु घुम्लास खुब मस्ती गर्लास भनेर फकाईओरी ल्याका थे यहाँ त कालो टासेको रोडमा दिनभर फनफनी घुमाका घुमाई छन दाई यस्तो घाममा",घरी केजाती बानेश्वर हो कि के हो जानपरो भन्छन घरी रत्नपारक घरी पुतलीसडक घरी केजाती कलंकी मसालजुलुस फेरी के फेरी के उ दिक्क मान्दै थियो। त्यती दुख नगरी कठपुतली सरकार कहा ढल्छ त कमरेड? मैले उसलाई जिस्क्याउदै भने। ए दाई साच्ची यो कमरेड भन्या के हो जतिखेर नी जोल्लाई नी कमरेड कमरेड भन्चन उसले मलाई सोध्यो। यो भनेको साथी साथी हो के सबैजना साथी साथी मैले उल्लाई सिकाए। भनेसी त्यो अस्ती बानेश्वरमा बोल्नी केजाती डाक्डर भटराई र म पनि साथी साथी? कमरेड कमरेड भन्दै थियो उल्ले नी बाल कमरेड उत्पात रमायो।


खान चाहि कस्तो दिराछन नी ?मैले क्याम्पभित्रको गतिबिधि अचानक कोटयाए। खान त राम्रै दिरचन दाई. भात, दाल ,बन्दा काउली अनि मुलाको अचार। अस्ति त मासु नी खुवाए हाम्लाई। तर क्र्यानी दिनभरी चाहि भोकभोकै हिडाईरचन घाममा एक फाको चिउराको भरा! केटो रुला रुला झै गर्न थाल्यो। अब कतिदिन बस्न पर्छ भन्दैछन त भाई? मैले फेरी कुरो कोटयाए। - खै दाईअझै १०-१२ दिन सम्म बस्न पर्नी हुन्च होला भनिचन ३-४ दिनमै मिल्न नी सक्छजस्तो कुरो नी अरिचन। था छ दाई आन्दोलन सफल भ र फर्किन पाईयो भने एक जोरलुगा र जुत्ता नी हाल्दीम्लाअनि २०० रुप्पे नी खाजा खर्च नी दिम्ला भनिचन गाउका दाईहरुले केटो मुख मिठयाउदै थियो र एकसाथ मेरो मनलाई अमिलो पनिबनाउदै थियो।



दाई! सुकिलो मुन्छे र टिभि का मुन्छेसित फिटिक्कै नबोल्नु भनिचन दाईहरुले!मेरो सेतो सर्ट र टलक्क टल्किएको जुत्तातिर भयभीत नजर फ्याक्दै उ बोल्यो -तपाईसंग बात मार्या देखे भने त मलाई मार्चन,चिउरा बाडने बेला नी भो होला म जान्चु है उसले मसंग छुट्टिने तरखर गर्यो।ओ के कमरेड!मैले बलियोसंग हात मिलाए र जथाभाबी पानी र खानेकुरा नखाने सल्लाह दिदै उसग छुट्टिए। "सुकिलोमुन्छे" अर्थात बोल्न नहुने यी सेता भुतहरु भने मलाई अझै तसा्रईरहेकै छन।शहरमा सेता भुतहरु बस्छन हो कमरेड? ह प्रचण्ड कमरेड?

मिलन बगाले
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

4 comments :

Sanjiwan. said...

Namskar Milan Bhai, Khai ta Madhav Ji le Rajinama deko. Yatra bidhi jantale waha lai nai dosh di rakheka chan ni.Ke hamra neta sabai chij garna sakne tara tyag garna nasakne manosthiti bhaka hun.

Anonymous said...

dai thanks for comments. madhav ji le 14 jesta samma rajinama dinu hudaina jasto lagcha malai.

milan

Anonymous said...

Very nice article... A peace of reality. Thanks to the auther for sharing it.

सपनासंसार said...

मिलन ज्यु, तपाईँको यो लेखले मुटु छोयो । स्कुल पाठशाला जाने यो कलिलो उमेर मा अन्जान दिसा मा हराउनु , के यी बालबालिका हरुको लागी उचित न्याय हो त ? यति बेला हामी युवा हरु केवल मूकदर्शक मात्र हुन सकेका छौ जुन राम्रो होइन जस्तो मलाई लाग्छ तर पनि बिवसता र वाध्यता को डोरि समातेर उम्कन्छु केवल !

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP