Apr 21, 2009

लोकलाज पचाउदै लोकतन्त्र

Facebook

बगाले, मिलन मिलन वगाले
क्यामिन – ६, वर्लाची तनहुँ


सन्दर्भ हप्ता दश दिन अघिको हो, लोकतान्त्रिक नेपालको नयाँ लोकमार्ग ( पृथ्बी राजमार्ग) मा म यात्रारत थिए। काठमाडौबाट सखारै हिडेको मेरो गन्तब्य पोखरा थियो। अस्वभाभिक रुपमा हुईकिदै र बत्तिदै हिडेको माईको् बस तनहँुको छिर्कनमा पुगेर रोकियो। सबारीको लाम देखेर धेरैले दुर्घटना वा यस्तै केही अनिष्टको लख काटदै थिए, यत्तिकैमा हल्ला चल्यो―बाटो बन्द छ। काठमाडौबाट पोखरा हिडेको कुनै बसले एक स्थानिय बृद्वालाई सामान्य ठक्कर दिएको निहुँमा क्षतिपूर्तिको माग गर्दै केही ब्यक्ति र आफन्तजनले बाटो बन्द गरेका रहेछन। तनहँु जिल्लालाई जाम, बन्द र हडताल मुत्क भनि गरिएको सर्वपक्षिय घोषणाको मसि सुकेको केही दिन बित्न नपाउदै गरिएको यो अराजक कामले सबै दुखित थिए। यक्तिकैमा डुमे्र अस्पताल बाट रिफर गरिएकी एक सिकिस्त बृद्वालाई बोकेर राष्ट्रिय मानव अधिकार आयोगको गाडी भीड छिचोल्दै बन्दकारी सामुन्ने आईपुग्यो र जान दिन अनेक अनुनय गर्यो। यात्रुहरुले समेत आफु जान नपाए पनि बिरामी बोकेको मानब अधिकार आयोगको गाडीलाई जान दिनुपर्ने माग गरे। तर नेतृत्वहिन र अराजक भीडले उक्त गाडीमा रहेका मानब अधिकार आयोगका कर्मचारी लाई अनेक गाली गर्नुका साथै गाडीभित्र सुतेकी ति बृद्वालाई नाटक गरेको तुच्छ आरोप समेत लगाए। “यो डलर खाने गाडी हो ” उक्त अराजक भीडमा कोही उत्तेजना फैलाउने प्रयास गर्दै थियो। “तलाई कुन ठाउमा मानब अधिकारको रक्षा गर्न जान मुते हतारो छ ह ”? हेर्दाहेर्दै भीडले प्रहरीकै सामुन्ने गाडीमाथी ढंुगा प्रहार गर्यो र अगाडीको शिशा फुट्यो। हतास र लाचार गाडी बिस्तारै पछि हट्यो र आएकै बाटो अलप भयो। हामी हजारौ यात्रुहरु नयाँ नेपालको लोकमार्गमा भएको यो राज्यविहिनता र लज्जाजनक विसंगती लाई मौन भएर हेरिरहन विवश भयौ।

बन्द कहिले खुल्ला र गन्तव्यमा पुग्न पाउला भन्ने प्यासी नजर र आशालु ढुकाईमा मौनप्राय वसिरहेका वेला साईरन बजाउदै आईरहेको सशस्त्र प्रहरीको गाडी देखेर हाम्रो मनमा अचम्मको तरंग संचार भयो र सबैको ध्यान त्यै गाडीतिर तानियो। अर्थ न वर्थको यो अराजकता रोक्न राज्यले आफ््क्नो उपस्थिति देखाएको होला भन्ने हाम्रो आशाा त्यतिबेला पानीपानी भयो जतिबेला निकै आतंकित तरिकाले उक्त गाडी बन्दकर्ताहरुले ढुंगामुढा र रुख तेर्स्याएको ठाउँभन्दा १५० मिटर वरै रोकियो र आ– आफ््क्ना भारीगुन्टा र हातहतियार बोकेका सशस्त्र प्रहरीहरु गाडीबाट झरेर हिडदै अगाडी बढे र उनीहरुलाई लिएर आएको गाडी आएकै बाटो ठाडै खुट्टा फर्कियो। निरीह प्रहरी र अराजक भीडको बिचमा च्यापिएर हामी यात्रुहरु कुनै अध्यारो कोठामा सौदावाजीको खेल नसकुन्जेल लगभग ५ घण्टासम्म सडकमैं अलपत्र परिरहयौं।

नेपाली जनताको युगौदेखिको थाती सपनाको रुपमा रहेको लोकतन्त्र र लोकतान्त्रिक गणगन्त्रको जन्म दशै वर्षसम्मको विद्रोह, हजारौ हत्या, मृत्यु अपहरण, जाम, हप्तौसम्को बन्द, तोडफोड आदि दवावमुलक कृयाकलापको जगबाट भएकोले जाम, बन्द, हडताल र तोडफोडको हतियारले जुनसुकै माग पुरा गर्न सकिन्छ र सरकारलाई जरैबाट हल्लाउन सकिन्छ भन्ने मानसिकताले आम मानिसमा जरा गाडेको दृष्टान्त माथिको घटनाबाट प्रष्ट हुन्छ।

सडकमा लाठीसँगै टाउका फुटेपछि र जलेका टायरका धुवाले आकाश कालाम्य भएपछी मात्र आन्दोलनकारीका माग सुनुवाई हुने र भद्र आन्दोलनलाई कमजोर र जनाधार नभएको ठान्ने र अभद्र शैलीमा दवाउने गलत तैरतरिका सरकारमा हावी हुँदै गएको स्पष्ट देख्न सकिन्छ। जनयुद्ध र लोकतान्त्रिक आन्दोलनले उचाई लिदै गर्दा केही आन्दोलनकारी प्रमुख शक्तिहरुले जनतालाई उत्साहित पार्न जात जातिका नाममा संघीय राज्यको नामाकरण गर्नेदेखिका राज्य पुर्नसंरचना, आत्मनिर्णय, स्वशासन र आरक्षणलगायतका अनेकन सपना छरपस्ट बाडेकाले एकथरीलाई यो सोलोडोलो सपना रातारात पुरा गर्नुपर्ने हतारो परेको छ। सरकारलाई झुकाउने र गलाउने र जनतालाई भडकाएर यसप्रति वितृष्ण जगाउने अनेक हर्कत भईरहेको तथ्य कसैबाट छिपेको छैन। हरेक सामाजिक अपराधलाई राजनितिक रंग दिने र अपराधीलाई राजनितिक संरक्षण दिने खेतिपाती पनि लोकतन्त्र पछि निकै मौलाएकोले प्रहरी प्रशासन दिनदिनै निरीह र दुरुह बनेको मात्रै होइन, हरेक अराजक कृयाकलापको मुकदर्शक र तमासे बन्दै आएको छ। यस अर्थमा सुन्दर बिहानी फुलाउने सपना बोकेर जन्मिएको लोकतन्त्र १ वर्षको अन्तरालमै नाक ठाडो पारेर हिडनै नसक्ने भनौ लोकलाज पचाउनै नसक्ने जटिल मोडमा आईपुगेको छ।

प्रमुख जातजातिका नामबाट संघिय राज्य स्थापना गर्ने उदघोष सहित माओवादीद्वारा अघि सारिएको संघियताको मोडल नेपालमा विख48डनको विभाजन कोर्ने रक्तबीज बनेर हुर्किरहेको भन्ने एकथरीको तर्कलाई नाजायज मान्न सकिदैन। देश चिराचिरा पारेर खान ठिक्क परेका दर्जनौ भूमिगत पार्टीहरु तराईको उर्वरा भूमिमा वर्खे च्याउसरी उमि्रएका छन र लोकतान्त्रिक गणतन्त्रलाई फुल्न फल्न नदिन अनेक भूमिगत गिरोहहरु वेवी किङको राप अलाप्दै हिडेका छन्। मूलधारका तीन ठूला पार्टी एकअर्काको अस्तीत्वलाई स्वीकार गर्न नसक्दा एउटै मञ्चमा बस्नै नसक्ने भएका छन र एक अर्कालाई प्रधान शत्रु किटान गर्न थालेका छन्। यसर्थ लोकतान्त्रिक गणतन्त्रको डुंगामा गन्तब्यमा नपुग्दै प्वाल पर्ने खतरा बढेको छ। दण्डहिनता व्यक्तिहत्या, सहकर्मी दलहरुको प्रतिपक्षी शैली र स्वाभाव, १६ घण्टे लोडसेडिङ, सडक र राजमार्गमा हुने बन्द र अराजकता, एकघण्टा टिक्न नसक्ने सरकारका अराजक र मनोमानी निर्णयहरु लोकतन्त्र, गणतन्त्र र नयाँ नेपालका पर्याय बन्न थालेका छन्। वेवी किङको मन्त्र र भजन जप्ने पाण्डा र पुजारीहरुलाई यी असमझदारी, जटिलता र केही हदसम्मका संक्रमणकालका वाछिटाहरु जलन शान्त पार्ने मलम बनेका छन् ।

लोकलाज र सरकार चलाउनेहरुको ताण्डव नृत्य पचाएर भए पनि १ वर्ष बिताउने तरखरमा रहेको लोकतन्त्र र लोकतान्त्रिक गणतन्त्र यति छिटो र छोटो समयमै हेमानको कोक्याउने भारीमा परिणत हुनुको पछाडी फगत भागवण्डा–अस्तित्वको लडाई र सत्तासिप्साले मात्रै काम गरेको छ कि कुनै विदेशी अध्यारो कोठामा पाकेको खिचडी अनुसार देश घिटिघिटि चल्दै छ?

लोकतन्त्र र लोकतान्त्रिक अगुवाहरुसँग जनता कन्भीन्स गराउने कुनै स्पष्ट उत्तर छ?


E-mail: milanbagale@yahoo.com
phone: 977-9741175555

यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:



1 comments :

Guest said...

k garne hazzur... nepal ko yesthai aawastha le garda janai man lagdaina ....Desko maya lagchha tara jana sakdina....

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP