Skip to main content

हरुवा कि जितुवा सभासद?

मिलन बगाले
क्यामिन―६, बर्लाची तनहुँ
E-mail:milanbagale@yahoo.com


गतबर्षको संविधानसभा चुनावमा जितेर पनि हारेको जितुवा पार्टीको नेताले हारेर पनि जितेको हरुवा पार्टीको नेतालाई हरुवा भन्दै बारम्बार घोचपेच गरिरहेको देखेर मलाई ताजुब लागेको छ। जितुवा कमरेड, हारेको भएर पार्टीको महासचिब पदबाट समेत राजिनामा दिई नेपाली राजनितिमा उच्चस्तरको नैतिकता देखाएका हरुवा कमरेडलाई तपाईले बारम्बार रोइकराई गरेरै संवैधानिक समितिको सभापति तथा सभासद बनाएको होइन?

मधेश आन्दो्लन , जनआन्दोलन र जनयुद्धको शहिद भन्दै दशौ हजार मान्छेलाई शहिदको थरीथरीको विल्ला भिराएर विगतमा गाइजात्रा मच्चाएको माओवादीले यतिबेला संविधानसभामा पनि हरुवा र जितुवा सभासदको लक्षमणरेखा कोरेर राजनितिमा आठौ आश्चर्य देखाएको छ। संविधानसभाको सभासद भइसकेपछि कोही हरुवा र जितुवा सभासद हुन्छ माओवादी महोदय?

संविधानसभाका हरेक ६०१ सभासदलाई प्रधानमन्त्री पदको उम्मेदबार बन्ने हक छ भन्ने हेक्का जितुवा नेतालाई किन फिटिक्कै नभएको ह? हारेको भनेर तपाईले माधव नेपालको टाउको जतिसुकै डामेपनि उहाले तपाईलाई मान्छे मारेको भनेर कहिल्यै आरोप लाउनुभा छैन। बरु सबैलाई खाउला र जिउदै निलुला झै ताउरमाउर गर्दै तपाईले संसदमा गरेको गन्धे सम्बोधन सुन्ने जोकोहिले पनि तपाईलाई पुरापुर हार खाएको मान्छे भन्ठान्छ।

मेरो चुत्थो बिचारमा त न माधव कमरेडले हारेको हो न तपाईले मान्छे मारेको हो। दुरदराजका नेपाली जनतामा राजनितिक चेतनाको राको सल्काउने र भोका नाङ्गा जनतालाई मागेर र हात पसारेर होइन खोसेरै अधिकार लिन सिकाउने तपाईभन्दा राष्ट्रियता र लोकतन्त्रको पक्षमा सतिसालझै ठिङ्ग उभिएर संघर्षको जिवन बिताउने माधव नेपालको शरिरीक कद अलिकति कम भएपनि राजनितिक उचाइ र वेट कति घटिबढि छैन।

मिलन बगाले
क्यामिन―६, बर्लाची तनहुँ
E-mail:milanbagale@yahoo.com
Phone: 9741-175555, 9803-448960


Comments

  1. मादव नेपाल ब्यक्तिगत रुपमा कस्ता छन त्यो त मलाई थाह भएन । हेर्दा लगाम नभाको घोडा जस्तो लाग्छ मलाई ! तपाईको लेख राम्रो लाग्यो ! मावोबादीका बल्ल बल्ल क ख ग सिक्दै गरेका बिजयी सांसद भन्दा त हरुवा भए पनि नेपाल जी धेरै योग्य होलान नि, हैन र ?

    ReplyDelete
  2. बगालेजीको लेखाई रमाईलो छ। यो "ताउरमाउर" भनेको चाहिँ के रेछ कुन्नि?

    ReplyDelete
  3. madhav nepal is haruwa samsad ! And he shouldn't be the primeminister !

    ReplyDelete
  4. भासुजी " ताउर - माउर " भन्या चाँही " फुर्ती -फार्ती " हो !

    ReplyDelete
  5. ताउर माउर भनेको त के गर्नु कसो गर्नु जस्तो लाग्थ्यो तर यांहा त फुर्ती-फार्ती भनिएको रहेछ। मैले भुलें कि यहां अर्कै अर्थाइयो मलाइ पनि यकिन भएन। कसैसंग शब्दकोश होला?

    ReplyDelete
  6. " दुरदराज का नेपाली जनतामा राजनीति चेतनाको राको सल्काउने र भोका नाङगा जनतालाई मागेर र हात पसारेर होइन खोसेरै अधिकार लि न सिकाउने तपाईं --" अर्थात प्रचन्ड -बाबुराम जि हरु !
    यही भन्नु भा ' होइन मिलन जि ?
    धन्यवाद मिलन जि ।
    धन्न आज यिनमा ( दुरदराज का मान्छे हरु मा ) राजनीतिक चेतनाले त्यहा का मान्छे हरु मान्छे जस्तो बन्न खोज्दै छन ----
    माधव जि हरुले जती सुकै राष्ट्रियता र लोकतन्त्र को पक्ष मा उभिएर सतिसाल झै थिङ्ग उभिएको जस्तो अभिनय गरे पनि व्यबहार मा त शूद हरुको टाङ्ग मुनी छिरी हाले नि होइन र ?
    अब उदाहरण नै खोज्नु हुन्छ भने पशुपती नाथ प्र करण देखी धमला कान्ड हुँदै कट्ट्बाल केश सम्म आ ई पुग्दा सूद हरुले जे ईशारा गरे त्यही ईशारामा ताता थैया गरेनन त हाम्रा माधव जि हरु ले ?

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

Popular posts from this blog

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाकेट त्

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा

शुभ-कामना नव दाम्पत्य जीवनको

यहि मिती २१ फेब्रवरी २००९ का दिन, अमेरीकाको नेब्रास्का राज्य को ओमाहा सहरमा , साथी रचना भट्टराई तथा साथी प्रवेश घिमीरे बिच भएको शुभ बिबाहको उपलक्षमा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुँभभकामना टक्र्याउदछु । तपाई हरुको नया जीवन अनि नौंलो यात्रा सफल रहोस् । खुशीँ नै खुशीको पाईला हरु लम्किउन् । तपाईहरुको यो एैतिहासिक क्षणमा, आँफु पनि पात्र बन्न पाउदा निकै नै खुशीँ लागेको छ । तपाईहरुको दाम्पत्य जीवनले सफलता को शीखर चुम्न सफल होस् । तपाईहरुको अनुमति बिनानै केहि घत लाग्दा भिडियो दृष्य हरु तल पस्केको छु । परदेश को वसाँई होस या स्वदेशको , एउटी नेपाली नारीलाई सिन्दुरको महत्व त्यती नै हुन्छ । एउटी हिन्दु नारीले आफ्नो पतीको दिर्घायु जीवन को लागी लगाउछन्। सिन्दुरले माया प्रेम र सक्ति लाई जनाउछ् । हिन्दु शास्त्र अनुसार , लोग्नेले निधारमा सिन्दुर हालेर आफ्नो पत्नीलाई सुरक्षा को बन्धनमा राखेपछि यदि कोही पराईले पत्नी को हानि गर्न खोजेमा उक्त पराईको रगत उम्लेर उ आफै मर्छ रे । Rachan wedding..... from sapana sansar on Vimeo . आमा को लागी छोरा छोरी भनेको त मुटु को टुक्रा नै त हो नि । आमा भनेको के हो