Skip to main content

हरुवा कि जितुवा सभासद?

मिलन बगाले
क्यामिन―६, बर्लाची तनहुँ
E-mail:milanbagale@yahoo.com


गतबर्षको संविधानसभा चुनावमा जितेर पनि हारेको जितुवा पार्टीको नेताले हारेर पनि जितेको हरुवा पार्टीको नेतालाई हरुवा भन्दै बारम्बार घोचपेच गरिरहेको देखेर मलाई ताजुब लागेको छ। जितुवा कमरेड, हारेको भएर पार्टीको महासचिब पदबाट समेत राजिनामा दिई नेपाली राजनितिमा उच्चस्तरको नैतिकता देखाएका हरुवा कमरेडलाई तपाईले बारम्बार रोइकराई गरेरै संवैधानिक समितिको सभापति तथा सभासद बनाएको होइन?

मधेश आन्दो्लन , जनआन्दोलन र जनयुद्धको शहिद भन्दै दशौ हजार मान्छेलाई शहिदको थरीथरीको विल्ला भिराएर विगतमा गाइजात्रा मच्चाएको माओवादीले यतिबेला संविधानसभामा पनि हरुवा र जितुवा सभासदको लक्षमणरेखा कोरेर राजनितिमा आठौ आश्चर्य देखाएको छ। संविधानसभाको सभासद भइसकेपछि कोही हरुवा र जितुवा सभासद हुन्छ माओवादी महोदय?

संविधानसभाका हरेक ६०१ सभासदलाई प्रधानमन्त्री पदको उम्मेदबार बन्ने हक छ भन्ने हेक्का जितुवा नेतालाई किन फिटिक्कै नभएको ह? हारेको भनेर तपाईले माधव नेपालको टाउको जतिसुकै डामेपनि उहाले तपाईलाई मान्छे मारेको भनेर कहिल्यै आरोप लाउनुभा छैन। बरु सबैलाई खाउला र जिउदै निलुला झै ताउरमाउर गर्दै तपाईले संसदमा गरेको गन्धे सम्बोधन सुन्ने जोकोहिले पनि तपाईलाई पुरापुर हार खाएको मान्छे भन्ठान्छ।

मेरो चुत्थो बिचारमा त न माधव कमरेडले हारेको हो न तपाईले मान्छे मारेको हो। दुरदराजका नेपाली जनतामा राजनितिक चेतनाको राको सल्काउने र भोका नाङ्गा जनतालाई मागेर र हात पसारेर होइन खोसेरै अधिकार लिन सिकाउने तपाईभन्दा राष्ट्रियता र लोकतन्त्रको पक्षमा सतिसालझै ठिङ्ग उभिएर संघर्षको जिवन बिताउने माधव नेपालको शरिरीक कद अलिकति कम भएपनि राजनितिक उचाइ र वेट कति घटिबढि छैन।

मिलन बगाले
क्यामिन―६, बर्लाची तनहुँ
E-mail:milanbagale@yahoo.com
Phone: 9741-175555, 9803-448960


Comments

  1. मादव नेपाल ब्यक्तिगत रुपमा कस्ता छन त्यो त मलाई थाह भएन । हेर्दा लगाम नभाको घोडा जस्तो लाग्छ मलाई ! तपाईको लेख राम्रो लाग्यो ! मावोबादीका बल्ल बल्ल क ख ग सिक्दै गरेका बिजयी सांसद भन्दा त हरुवा भए पनि नेपाल जी धेरै योग्य होलान नि, हैन र ?

    ReplyDelete
  2. बगालेजीको लेखाई रमाईलो छ। यो "ताउरमाउर" भनेको चाहिँ के रेछ कुन्नि?

    ReplyDelete
  3. madhav nepal is haruwa samsad ! And he shouldn't be the primeminister !

    ReplyDelete
  4. भासुजी " ताउर - माउर " भन्या चाँही " फुर्ती -फार्ती " हो !

    ReplyDelete
  5. ताउर माउर भनेको त के गर्नु कसो गर्नु जस्तो लाग्थ्यो तर यांहा त फुर्ती-फार्ती भनिएको रहेछ। मैले भुलें कि यहां अर्कै अर्थाइयो मलाइ पनि यकिन भएन। कसैसंग शब्दकोश होला?

    ReplyDelete
  6. " दुरदराज का नेपाली जनतामा राजनीति चेतनाको राको सल्काउने र भोका नाङगा जनतालाई मागेर र हात पसारेर होइन खोसेरै अधिकार लि न सिकाउने तपाईं --" अर्थात प्रचन्ड -बाबुराम जि हरु !
    यही भन्नु भा ' होइन मिलन जि ?
    धन्यवाद मिलन जि ।
    धन्न आज यिनमा ( दुरदराज का मान्छे हरु मा ) राजनीतिक चेतनाले त्यहा का मान्छे हरु मान्छे जस्तो बन्न खोज्दै छन ----
    माधव जि हरुले जती सुकै राष्ट्रियता र लोकतन्त्र को पक्ष मा उभिएर सतिसाल झै थिङ्ग उभिएको जस्तो अभिनय गरे पनि व्यबहार मा त शूद हरुको टाङ्ग मुनी छिरी हाले नि होइन र ?
    अब उदाहरण नै खोज्नु हुन्छ भने पशुपती नाथ प्र करण देखी धमला कान्ड हुँदै कट्ट्बाल केश सम्म आ ई पुग्दा सूद हरुले जे ईशारा गरे त्यही ईशारामा ताता थैया गरेनन त हाम्रा माधव जि हरु ले ?

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

Popular posts from this blog

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा...

अविवेकी सन्तान

–सीता अर्याल, गोरखा बजार, हाल–विस्कन्सन, अमेरिका न्युयोर्क सहर, अत्यन्त व्यस्त जनजीवन । म बसेको ठाउँबाट देखिने टावरको सानो टुप्पोलाई नियालिरहेको हुन्छु तापनि मलाई अत्यन्त नरमाइलोपनले सताइरहेछ । आफूलाई भाग्यशाली ठान्ने म आज अति दुःखी र अभागी ठानिरहेको छु । मलाई समयले नराम्ररी दुःख दिन तम्सिरहेछ । आफ्नो एक्लो सन्तान बाईस बर्षे छोरोलाई उडाएर ढुङ्गो जस्तै गरुङ्गो मन लिई घर फर्केको थिएँ । उसकी आमालाई सम्झाउन त झन् मलाई हम्मे हम्मे नै परेको थियो । घरमा जम्मा दुई प्राणी मात्र, सन्नाटा छ । छोराको विवाह गरेर बुहारी भित्र्याउने इच्छा हुँदाहुँदै ईन्जिनियरीङमा स्नातकोत्तर गर्न छोरो अमेरिकातर्फ लाग्यो । तुहिएको हाँगो भएकोले चाँडै नै छोराको विवाह गरी जायजन्म हेर्न चाहन्थें। आमाचाहिंको चाहना पनि यही थियो, आफू बलियो हुँदैमा नाती नातिना हुर्काउने । केही समयसम्म दिन दिनै जस्तो फोन हुन्थ्यो । इमेल हुन्थ्यो । कुनै पनि खवर नआएको दिनमा अत्यन्त खल्लो लाग्दथ्यो । नेपालबाटै गर्दा कहिले काँही फोनमा भेटिंदैनथ्यो । काममा या पढाइमा व्यस्त होला जस्तो लाग्दथ्यो । दिन, महिना, वर्षहरू वित्दै गए, समाचार आ...

गीति कथा : एउटा कथा जिन्दगीकोमा यादव खरेल

~यादव खरेल २०७१ साल बैशाख १ गतेबाट बीबीसी नेपाली सेवाले नयाँ कार्यक्रम श्रृङखला “एउटा कथा जिन्दगीको” शुरु गरेको छ। सुमन खरेलको परिकल्पना र संयोजनमा यो कार्यक्रम बीबीसी नेपाली सेवा कार्यक्रममा प्रशारण हुने गरेको छ। यादव खरेल द्वारा बाचित गरियको पहिलो कार्यक्रम तल साभार गरिएको छ ! [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]