Skip to main content

मेरो प्यारो आँधीखोला


ज्ञानबन्धु के.सी. मनकाप्रेमी हाल न्यूर्योक

मध्यपश्चिम ग48डकी क्षेत्रमा श्रवण कुमार पुगिगए ,
अन्धाअन्धी थिए मातापिता रुदैरुदै कार्कीनेटामा बिलिन भए।
ब्याधालाई के थाहा श्रबण कुमार छन कहाँ भनी
पानी खोज्न गएका श्रबण बिचरा पोखरी छेउमा गयो ज्यानपनि।

आँसु अविरल बगी रह्यो अन्धाअन्धीको आँसु बगेर आँधी बन्यो,
बग्दै बग्दै तल बेसीमा झरी सेती,खहरेमा मिली महानदी भयो।
साथ पायो आँधीले अन्तरे पाखाको नदी बनी बग्न फाँटफाँटमा,
सिँचाइ र मनोरञ्जन पाए लोकले, बिजुली बल्यो बेसीका काँठकाँठमा।

मेरो प्यारो आँधीखोला बगेको छ शीरदेखी काली गण्डकीसम्म,
चण्डीकाली भिर्कोट गह्रौ आलमदेबी दोहोरो साँक्षीबनी माझमा फाँट छ लमतन्न ।
बगाउँछ फोहरमैला शहर बजारको पार्छ वातावरण सधै सुद्द सफा आकर्षक,
पर्यावरण फोहरीनाले सुक्दैछ हिउँदमा दुःखको बन्दैछ, व्यथा कथा छक्क छन दर्शक।

बर्षायाममा तन्नेरी हुन्छौ, बगाउँछौ खेतबारी सुकुम्बासी टहराहरु पनि,
बाडी पैरो रोक्न वृक्षारोपण र गरौँ हुन्छ सबै हराभरा मुल फुट्छ अनि।
लमतन्न लामो बगेको आँधी किन सुसाउछ् शून्य आधा रातमा सधैं,
माया गरौँ न मेरो आँधीलाई, पौडी खेल्दै माछा मारेको बिर्सेको छैन यसले अझै।

बाढी पैरो आउँदा सक्दैनौ थाम्न भार तिमी, हिउँदमा पाउदैनौ बुँद पनि,
वातावरण नास भयो परतः तात्यो ओजनले छेक्न सकेन, गर्मीतातो पनि।
पानी पर्दैन बेलामा,मनसुन हेर्नुपर्छ भूगोलमा खेती बाली, लगाउन,
वातावरण सुधारे आफै लैनो सरी सिञ्चाउथ्यौ, थाल्थे पालुवा पलाउन।

जलमग्न हुँदा सबै जलक्रीडा गर्छन आँधीमा सबै, बिजुलीबत्ती अनि नहर खनी,
विकासमा हरियाली पार्ने आधीको संरक्षणमा आवाज निकालौँ, सबै जना एक बनी।
म भनी मनबाट निकालौँ आवाज आँधीको शुन्यरातको सुसेली सरी,
गरौँ विकास प्राकृतिक सम्पदाको वातावरणमा ध्यानराखौ, सधैभरी।
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]
यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:



Comments

Popular posts from this blog

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा...

अविवेकी सन्तान

–सीता अर्याल, गोरखा बजार, हाल–विस्कन्सन, अमेरिका न्युयोर्क सहर, अत्यन्त व्यस्त जनजीवन । म बसेको ठाउँबाट देखिने टावरको सानो टुप्पोलाई नियालिरहेको हुन्छु तापनि मलाई अत्यन्त नरमाइलोपनले सताइरहेछ । आफूलाई भाग्यशाली ठान्ने म आज अति दुःखी र अभागी ठानिरहेको छु । मलाई समयले नराम्ररी दुःख दिन तम्सिरहेछ । आफ्नो एक्लो सन्तान बाईस बर्षे छोरोलाई उडाएर ढुङ्गो जस्तै गरुङ्गो मन लिई घर फर्केको थिएँ । उसकी आमालाई सम्झाउन त झन् मलाई हम्मे हम्मे नै परेको थियो । घरमा जम्मा दुई प्राणी मात्र, सन्नाटा छ । छोराको विवाह गरेर बुहारी भित्र्याउने इच्छा हुँदाहुँदै ईन्जिनियरीङमा स्नातकोत्तर गर्न छोरो अमेरिकातर्फ लाग्यो । तुहिएको हाँगो भएकोले चाँडै नै छोराको विवाह गरी जायजन्म हेर्न चाहन्थें। आमाचाहिंको चाहना पनि यही थियो, आफू बलियो हुँदैमा नाती नातिना हुर्काउने । केही समयसम्म दिन दिनै जस्तो फोन हुन्थ्यो । इमेल हुन्थ्यो । कुनै पनि खवर नआएको दिनमा अत्यन्त खल्लो लाग्दथ्यो । नेपालबाटै गर्दा कहिले काँही फोनमा भेटिंदैनथ्यो । काममा या पढाइमा व्यस्त होला जस्तो लाग्दथ्यो । दिन, महिना, वर्षहरू वित्दै गए, समाचार आ...

म आफ्नो घर छोडेर टाढा कसरी जान सक्छु र ?

Reposted after readers request ! "म गरिब परिवार अनि बिमारी पृ्ष्ठभुमी बाट आएको मान्छे हुँ। म यहि जन्मे , म यहि हुर्के अनि धेरै जसो यहि पढेँ अनि फर्केर यहि आएर 'टिम' मै काम गर्दैछु , आफ्नो घर मेरो लागी 'टिम' हो ।घरमा आएर घर संहाल्दा बढो आनन्द आउदो रहेछ । म आफ्नो घर छोडेर कसरी टाढा जान सक्छु र ? " - डा अरुण बुढा करिब ४० बर्ष अधि रघुबिर बुढा कुष्ठ रोगको उपचार गर्न कालीकोट बाट डढेलढुरा आउछन् । बिदेशीद्वारा चलाईएको सामुदायीक टिम, अस्पतालमा उपचारको क्रम मा उनले पार्वती रोकाया लाई भेट्छन् । उपचारको क्रममा एकअर्काबिच चिनाजानी पछि उनिहरु बिहे गर्छन । रघुबिर बुढाले, पछि त्यहि अस्पतलामा भात पकाउने भान्छे, फुलबारी गोढ्ने तथा हुलाकीको काम पनि गर्ने थाल्छन् । पार्वती भने त्यहि अस्पतालमै निम्न स्तरीय काम गर्न थाल्छिन् । बिस्तारै त्यहि काम गर्दै जादा,रघुबिर अलि अलि लेखपढ पनि गर्न थाल्छन् । २ बच्चाहरु अरुण बुढा र कालेब बुढाको बाबु बन्छन् अनि आफ्ना यी दुई बच्चा लाई डाक्टर बनाउने सपना सझाउछन् । रघुबिर बुढाका दुई छोरा हरु , डा अरुण बुढा तथा डा कालेब बुढा सन १९९९ डिसेम्बर ५ क...