Skip to main content

गजल

Bashanta Thapa, Nepalबसन्त थापा“जीवन”
चन्द्रावती, तनहुँ
हालः– युएई,अबुधाबी

पूर्णिमाको भन्दा मलाई औंशीको रात प्यारो लाग्छ।
रंगिलो त्यो रात भन्दा तिम्रो साथ प्यारो लाग्छ।।

सौखिन यस दुनिँयामा धेरैको साथ पाए पनि।
न्यानो साथ भन्दा मलाई तिम्रो आधात प्यारा लाग्छ।।

सलबलाउँथे कहिले काहिँ अपरिचित हातहरु।
थप्पडनै लाए पनि तिम्रै हात प्यारो लाग्छ।।

वास्तविक जीवनमा तिमी धेरै टाढिएता पनि।
स्वप्नील संसार हेर्नै पनि नशाको मात प्यारो लाग्छ।।

सोचे छैन “जीवन” ले अरु संग जीवन जीउने मर्ने।
बिछोडकै भए पनि “सवि” तिम्रै विस्मात प्यारो लाग्छ।।


Comments