Skip to main content

फूल

- छट्टु,
हाल अमेरिका

Share


कोपिलाबाट फक्रिएर डालीभै फैलियो
वसन्तको आँगनमा नौलो किरण छरिदियो
राता हरिया रङि चङी रङले मग्न पारिदियो
मीठो चोखो अमृतमा मनमुग्ध भइदियो

यसो हेरे टोलाएर फक्रिएका डालीमा
जीवन साह्रै त्रिप्त भयो क्षणिक ओझेलीमा
टिपौँ भनि औँलाहरु अगाडि नसारेका होइनन्
फूल ओइलाएर जान्छन् भनी थाहा नभएको पनि होइन

फूललाई हेर्छु मख्ख हुन्छु लोभ्याउँछ यसकै रङले
जीवन त्यसै खुसी लाग्छ यस भित्रका सुगन्धले
फूलसरी मलाई पनि बासना मन छ
दुई दिनको जिन्दगीमा रमाउन मलाई मन छ!!!!!!
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Comments