May 11, 2009

आमाको बाणी

Facebook

poet novel writer movie script writer अधिकारी, बसन्त मोहन
चितवन(हाल यु ए ई )


बसन्तको पासमा लाली गुराँस सधैं
हिमाल र हिमचुलीको सुनगाभा सँगै
रहेसम्म मेरो प्राण यहि देह सँगै
सबै जना बास बस म नेपाल! सँगै।

घैया, कोदो, जौ, फापर तीन महिना सधैं
हिमालका नेपालीलाई जोड तराई सँगै।
गर्मी बढ्यो मन डढ्यो खेल हिउँ सँगै
दुःख, पीडा, हर्ष, आँशु साटसँग सँगै।

जन्म हाम्रो मानवको मानव धर्म सँगै
बुद्ध, सीता, भृकुटीलाई राख मनमा सधंै।
हिमालको स्याउ टिप्न आऊ साथ साथै
धान चामल स्याउ साट, साट आफ्नो सँगै।

तराईको गर्मी छल्न उक्ल चामल सँगै
जडीबूटी औषधि लिई झर तराईतिरै।
दूध, दही, बाखा्रपालन गर पहाड सँगै
जलस्रोत र पर्यटनले हुन्छ विकास सबै।
अँैंचो पंैचो आफू भित्र तिनै जना सँगै

हिमाल, पहाड, तराईको नाता गाँस सधैँ
प्रकृति र कला कृति संरक्षणमा सधैँ
मेल मिलाप गरी बस जन्म दाता सँगै।
चेतनाको प्रयोग गर मानव धर्म सँगै
स्वर्ग सरी बस्न पाउँछौ नेपाल आमा सँगै।

2 comments :

Anonymous said...

सार्है राम्रो ! लेख्दै गर्नु होला !

Anonymous said...

Nepali heart and vision we can found from your words thanks rameshor

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP