संकलनः राजु लामिछाने 
हप्किन्स, मिन्नेसोटा
 
जय होस् सबैको।
हप्किन्स, मिन्नेसोटा
- चलन चल्तीका केहि नेपाली उखानहरु 
-  अकबरी सुनलाई कसी लगाउँनु पर्दैन। 
- अर्काको नासो, गला पासो। 
- अकाशको फल आँखा तरी मर। 
- अघि बुद्धि आएन पछि रोएर के गर्नु। 
- अनिकालमा बीउ जोगाउनु, हुलमुलमा जीउ जोगाउनु। 
- अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा तर्सन्छ। 
- अल्छीलाई बल्छी, मर्दलाई जाल। 
- अल्छी तिघ्रो स्वादे जिभ्रो। 
- अनिकाले मानु बाडी चुडी खानु। 
- आफ्नै छोरी नखरमाउली तन्नेरीलाई दोष। 
- आफै नमरी स्वर्ग देखिँदैन। 
- आफ्नो आङ्को भैसी नदेख्ने अर्काको आङ्को जुम्रा देख्ने। 
- आयुको छोरालाई वायुको के डर। 
- उसै त सासु  सुन लगाएकी। 
- एउटा थाप्लोमा दुइटा नाम्लो। 
- ओरालो लागेको घाम, पखाला लागेकी बूढी। 
- ओरालो लागेको शेरलाई मृगले पनि खेद्छ। 
- औषधी र अर्ती तीतै हुन्छन्। 
- कहिले सासुको पालो, कहिले बुहारीको पालो। 
- काम न धाम पेटभरि माम। 
-  मुलको पानी,कुलकी नानी। 
- कानु गोरुलाई औशी न पुर्णे। 
- कि हस्तिनापुरको राज कि चपरिमुनिको बास। 
-  खोला होइन तिर्खा धाउँछ। 
-  खानु न पिनु पुर्पुरोमा चिनु। 
-  खाने मुखलाई जुँगााले छेक्दैन 
-  खुकुरी भन्दा कर्द लाग्ने बावुभन्दा छोरो जान्ने। 
-  गर्नु न बिराउनु के–को डराउनु। 
-  दुखीलाई दिन्छु नभन्नु, बिधवालाई लान्छु नभन्नु। 
-  गाई मारी गधा पोस्ने। 
-  गीत गाउँनेको सुसेलीबाटै थाहा हुन्छ। 
-  गुन्द्रुकलाई पकाउनु पर्दैन। 
-  घर नभएको छोरो र सुत्केरी नभएकी बुहारी। 
-  घर आय कुकुर बलियो। 
-  चीनको राजा भोटको नुन, ज्यानै दिंदानि नदेख्ने गुन। 
-  चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी। 
-  छोरो पाउने कहिले कहिले कन्धेनीको सोच। 
-  जस्तो आफू उस्तो च्यापू। 
-  जसको सिङ छैन उसको नाम तिखे। 
-  जस्को तरवार उसैको घरवार। 
-  जस्तालाई तस्तै ढिंडालाई निस्तै। 
-  जहाँ ताल उहीँ पानी। 
-  जसले बोक्छ भारी, खान्छ मेख मारी। 
-  जब हुन्छ राती अनि बुढी ताती। 
-  जाँगर न साँगर खाने बेलामा आँगर। 
-  जुँगो चल्यो कुरा बुझ्यो। 
-  जुवाको धन गन्दै नगन। 
-  जो होचो उसको मुखमा घोचो। 
-  जो अगुवा उही बाटोमा हगुवा। 
-  जोगीको घर सन्नेसी पाहुना। 
-  जति जोगी गाए पनि कानै चिरेका। 
-  जो छ खुनी उसैलाई हुनी, जो छ दानी बिग्रिनी वानी। 
-  टाढाको देउता करेसाको भूत। 
-  ताक परे तिवारी नत्र गोतामे। 
-  ताप्के ताते पो काम हुन्छ बिंड तातेर के काम। 
-  दशा लागेको बेला नभरेको बन्दुक पनि पड्कन्छ। 
-  दूध दिने गाईको, लात्ती पनि सहनु। 
-  धान खाने मुसो चोट पाउँने भ्यागुत्तो। 
-  नदिने सासु बुधवार बार्छिन्। 
-  नमच्चिने पिङ्को सय झड्का। 
-  नाच्न नजान्ने आँगन टेढो। 
-  पशुपतिको जात्रा सिद्राको व्यापार। 
-  बतास नलागि पात हल्लिदैन। 
-  वनको बाघले नखाए नि मनको वाघले खाने। 
-  बारी न बिरुवा नौ मूरी तोरी। 
-  बाहिर बाहिर लोकाचार भित्र भित्र पोका पार। 
-  बिसौलीको जिब्रो फड्कार्नु भन्दा धार्नीको टाउको हल्लाउनु वेस। 
-  बिष नभएको सर्प र ईख नभएको मान्छेले केही गर्न सक्दैन। 
-  भाई फुटे गवाँर लुटे। 
-  भेटी न सेटी बस मरी भेटी। 
-  भोको भन्छ डाडाँवारी खाऊँ अघाएको भन्छ डाँडापारी खाऊँ। 
-  म ताक्छु मूढो बन्चरो ताक्छ घुँडो। 
-  मनको वह कसैलाई नकह। 
-  मर्ने बेलामा हरियो काक्रो। 
-  मह काड्नेले हात चाट्छ। 
-  मर्दाको मलामी जिउँदाको जन्ती। 
-  माछाको बल पानीसम्म। 
-  माछा माछा भ्याकुता। 
-  मुखमा राम–राम बगलिमा छुरा। 
-  मुखमा सरस्वती हुनेको सधै वृहस्पति उदाउँछ। 
-  मेरो गोरुको बार्है टक्का। 
-  मोही माग्ने ढुंग्रो लुकाउने। 
-  रातभरि रुघ्यो बुढी जिंउदै। 
-  रातभरि करायो दक्षिणा हरायो। 
-  राम्री तेसै राम्री, नराम्रीलाई ढसक। 
-  राजाको काम कहिले जाला घाम। 
-  लगन पछिको पोते के काम। 
-  लाटो देशमा गाँडो तन्नेरी। 
-  लासामा सुन छ कान बुच्चै। 
-  लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ तीन बल्ड्याङ। 
-  लोहारको सय चोट सुनारको एकै चोट। 
-  साउनमा आँखा फुटेको गाईले सधै हरियो देख्छ। 
-  सासूको माया छोरी छउन्जेल, बुहारीको माया छोरा छउन्जेल। 
-  सोक न सुर्ता भोक न भकारी। 
-  सुख पाए ससुराल जानु दुःख पाए मीत कहाँ जानु   
-  हात्ती आयो हात्ती आयो फुस्सा। 
-  हात्ती उडाउने बतास आयो पिउरी खोज्छेस् राणा। 
-  हातमा पुस्तक मनमा दस थोक। 
-  हुने बिरुवाका चिल्ला पात। 
-  हुनु हार दैव नटार। 
 
जय होस् सबैको।
euta thapna man lagyo.
ReplyDeleteKam paina buhari.....(afnai sahaudo vakyansh bharnush)
jai hosh!
GS
Great Collection !
ReplyDeletemathi ko khali thaau ma "kam pahinas buhari... paddha ko puchhar kana ho ! "
malai pani euta thapna man lagyo hai
ReplyDeletejanha gahiro unhi pokhari
Euta thapna man lagyo malai pani k
ReplyDeletejanha gahiri unhi pokhari
its related to tukka #43 HOLA JASTO LAGYO