Skip to main content

चलन चल्तीका केहि नेपाली उखानहरु

संकलनः राजु लामिछाने
हप्किन्स, मिन्नेसोटा

  1. चलन चल्तीका केहि नेपाली उखानहरु
  2. अकबरी सुनलाई कसी लगाउँनु पर्दैन।
  3. अर्काको नासो, गला पासो।
  4. अकाशको फल आँखा तरी मर।
  5. अघि बुद्धि आएन पछि रोएर के गर्नु।
  6. अनिकालमा बीउ जोगाउनु, हुलमुलमा जीउ जोगाउनु।
  7. अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा तर्सन्छ।
  8. अल्छीलाई बल्छी, मर्दलाई जाल।
  9. अल्छी तिघ्रो स्वादे जिभ्रो।
  10. अनिकाले मानु बाडी चुडी खानु।
  11. आफ्नै छोरी नखरमाउली तन्नेरीलाई दोष।
  12. आफै नमरी स्वर्ग देखिँदैन।
  13. आफ्नो आङ्को भैसी नदेख्ने अर्काको आङ्को जुम्रा देख्ने।
  14. आयुको छोरालाई वायुको के डर।
  15. उसै त सासु सुन लगाएकी।

  16. एउटा थाप्लोमा दुइटा नाम्लो।
  17. ओरालो लागेको घाम, पखाला लागेकी बूढी।
  18. ओरालो लागेको शेरलाई मृगले पनि खेद्छ।
  19. औषधी र अर्ती तीतै हुन्छन्।
  20. कहिले सासुको पालो, कहिले बुहारीको पालो।
  21. काम न धाम पेटभरि माम।
  22. मुलको पानी,कुलकी नानी।
  23. कानु गोरुलाई औशी न पुर्णे।
  24. कि हस्तिनापुरको राज कि चपरिमुनिको बास।
  25. खोला होइन तिर्खा धाउँछ।
  26. खानु न पिनु पुर्पुरोमा चिनु।
  27. खाने मुखलाई जुँगााले छेक्दैन
  28. खुकुरी भन्दा कर्द लाग्ने बावुभन्दा छोरो जान्ने।
  29. गर्नु न बिराउनु के–को डराउनु।
  30. दुखीलाई दिन्छु नभन्नु, बिधवालाई लान्छु नभन्नु।
  31. गाई मारी गधा पोस्ने।
  32. गीत गाउँनेको सुसेलीबाटै थाहा हुन्छ।
  33. गुन्द्रुकलाई पकाउनु पर्दैन।
  34. घर नभएको छोरो र सुत्केरी नभएकी बुहारी।
  35. घर आय कुकुर बलियो।
  36. चीनको राजा भोटको नुन, ज्यानै दिंदानि नदेख्ने गुन।
  37. चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी।
  38. छोरो पाउने कहिले कहिले कन्धेनीको सोच।
  39. जस्तो आफू उस्तो च्यापू।
  40. जसको सिङ छैन उसको नाम तिखे।
  41. जस्को तरवार उसैको घरवार।
  42. जस्तालाई तस्तै ढिंडालाई निस्तै।
  43. जहाँ ताल उहीँ पानी।
  44. जसले बोक्छ भारी, खान्छ मेख मारी।
  45. जब हुन्छ राती अनि बुढी ताती।
  46. जाँगर न साँगर खाने बेलामा आँगर।
  47. जुँगो चल्यो कुरा बुझ्यो।
  48. जुवाको धन गन्दै नगन।
  49. जो होचो उसको मुखमा घोचो।
  50. जो अगुवा उही बाटोमा हगुवा।
  51. जोगीको घर सन्नेसी पाहुना।
  52. जति जोगी गाए पनि कानै चिरेका।
  53. जो छ खुनी उसैलाई हुनी, जो छ दानी बिग्रिनी वानी।
  54. टाढाको देउता करेसाको भूत।
  55. ताक परे तिवारी नत्र गोतामे।
  56. ताप्के ताते पो काम हुन्छ बिंड तातेर के काम।
  57. दशा लागेको बेला नभरेको बन्दुक पनि पड्कन्छ।
  58. दूध दिने गाईको, लात्ती पनि सहनु।
  59. धान खाने मुसो चोट पाउँने भ्यागुत्तो।
  60. नदिने सासु बुधवार बार्छिन्।
  61. नमच्चिने पिङ्को सय झड्का।
  62. नाच्न नजान्ने आँगन टेढो।
  63. पशुपतिको जात्रा सिद्राको व्यापार।
  64. बतास नलागि पात हल्लिदैन।
  65. वनको बाघले नखाए नि मनको वाघले खाने।
  66. बारी न बिरुवा नौ मूरी तोरी।
  67. बाहिर बाहिर लोकाचार भित्र भित्र पोका पार।
  68. बिसौलीको जिब्रो फड्कार्नु भन्दा धार्नीको टाउको हल्लाउनु वेस।
  69. बिष नभएको सर्प र ईख नभएको मान्छेले केही गर्न सक्दैन।
  70. भाई फुटे गवाँर लुटे।
  71. भेटी न सेटी बस मरी भेटी।
  72. भोको भन्छ डाडाँवारी खाऊँ अघाएको भन्छ डाँडापारी खाऊँ।
  73. म ताक्छु मूढो बन्चरो ताक्छ घुँडो।
  74. मनको वह कसैलाई नकह।
  75. मर्ने बेलामा हरियो काक्रो।
  76. मह काड्नेले हात चाट्छ।
  77. मर्दाको मलामी जिउँदाको जन्ती।
  78. माछाको बल पानीसम्म।
  79. माछा माछा भ्याकुता।
  80. मुखमा राम–राम बगलिमा छुरा।
  81. मुखमा सरस्वती हुनेको सधै वृहस्पति उदाउँछ।
  82. मेरो गोरुको बार्‍है टक्का।
  83. मोही माग्ने ढुंग्रो लुकाउने।
  84. रातभरि रुघ्यो बुढी जिंउदै।
  85. रातभरि करायो दक्षिणा हरायो।
  86. राम्री तेसै राम्री, नराम्रीलाई ढसक।
  87. राजाको काम कहिले जाला घाम।
  88. लगन पछिको पोते के काम।
  89. लाटो देशमा गाँडो तन्नेरी।
  90. लासामा सुन छ कान बुच्चै।
  91. लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ तीन बल्ड्याङ।
  92. लोहारको सय चोट सुनारको एकै चोट।
  93. साउनमा आँखा फुटेको गाईले सधै हरियो देख्छ।
  94. सासूको माया छोरी छउन्जेल, बुहारीको माया छोरा छउन्जेल।
  95. सोक न सुर्ता भोक न भकारी।
  96. सुख पाए ससुराल जानु दुःख पाए मीत कहाँ जानु
  97. हात्ती आयो हात्ती आयो फुस्सा।
  98. हात्ती उडाउने बतास आयो पिउरी खोज्छेस् राणा।
  99. हातमा पुस्तक मनमा दस थोक।
  100. हुने बिरुवाका चिल्ला पात।
  101. हुनु हार दैव नटार।


जय होस् सबैको।

Comments

  1. euta thapna man lagyo.
    Kam paina buhari.....(afnai sahaudo vakyansh bharnush)

    jai hosh!
    GS

    ReplyDelete
  2. Great Collection !
    mathi ko khali thaau ma "kam pahinas buhari... paddha ko puchhar kana ho ! "

    ReplyDelete
  3. malai pani euta thapna man lagyo hai
    janha gahiro unhi pokhari

    ReplyDelete
  4. Euta thapna man lagyo malai pani k
    janha gahiri unhi pokhari
    its related to tukka #43 HOLA JASTO LAGYO

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

Popular posts from this blog

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाकेट त्

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा

शुभ-कामना नव दाम्पत्य जीवनको

यहि मिती २१ फेब्रवरी २००९ का दिन, अमेरीकाको नेब्रास्का राज्य को ओमाहा सहरमा , साथी रचना भट्टराई तथा साथी प्रवेश घिमीरे बिच भएको शुभ बिबाहको उपलक्षमा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुँभभकामना टक्र्याउदछु । तपाई हरुको नया जीवन अनि नौंलो यात्रा सफल रहोस् । खुशीँ नै खुशीको पाईला हरु लम्किउन् । तपाईहरुको यो एैतिहासिक क्षणमा, आँफु पनि पात्र बन्न पाउदा निकै नै खुशीँ लागेको छ । तपाईहरुको दाम्पत्य जीवनले सफलता को शीखर चुम्न सफल होस् । तपाईहरुको अनुमति बिनानै केहि घत लाग्दा भिडियो दृष्य हरु तल पस्केको छु । परदेश को वसाँई होस या स्वदेशको , एउटी नेपाली नारीलाई सिन्दुरको महत्व त्यती नै हुन्छ । एउटी हिन्दु नारीले आफ्नो पतीको दिर्घायु जीवन को लागी लगाउछन्। सिन्दुरले माया प्रेम र सक्ति लाई जनाउछ् । हिन्दु शास्त्र अनुसार , लोग्नेले निधारमा सिन्दुर हालेर आफ्नो पत्नीलाई सुरक्षा को बन्धनमा राखेपछि यदि कोही पराईले पत्नी को हानि गर्न खोजेमा उक्त पराईको रगत उम्लेर उ आफै मर्छ रे । Rachan wedding..... from sapana sansar on Vimeo . आमा को लागी छोरा छोरी भनेको त मुटु को टुक्रा नै त हो नि । आमा भनेको के हो