Skip to main content

तिमी जाउ

गुरु केदार बराल,
अमेरिका


तिमी जाउ
नदि संगै गए जाउ
बाँध बनी छेक्ने छैन
हुरि बतास बनेरै जाउ
पहाड बनी रोक्ने छैन ।

वादल सँगै उडेर गए पनि
बज्र बनी फटाउने छैन
हैंजा बनी फैलिए पनि
औषधि बनी रोक्ने छैन ।

जहाँ मन लाग्छ त्यहीँ जाउ
तगारो बनी छेक्ने छैन
सिसा झै फुटायौ माया प्रेमलाई
अब जोड्ने प्रयास गर्ने छैन


प्रेमको वासनाले लोभ्याए पनि
लोभी बनेर स्वीकार्ने छैन
रात परे विहान आउँछ
मेरो यात्रा रोकिने छैन ।

तिमीले मायाको चिनो दिए पिन
त्यसलाई सहर्ष स्वीकार्ने छैन
रुदैं तिमी गए पनि
आशुँ पुछ्न आउने छैन् ॥


Comments

  1. रात परे विहान आउँछ
    मेरो यात्रा रोकिने छैन ।

    रुदैं तिमी गए पनि
    आशुँ पुछ्न आउने छैन् ॥
    A good one !

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।