Jan 3, 2009

अभिश्राप, धोबिकी छोरीहुनुको !

Facebook


आचार्य, प्रभा
अमेरिका

उस्को नाम सुनिता हो। म अझै पनि उस्को सोझो र मायालु मुहार सम्झिरहन्छु। ऊ मसँग ट्युसन पढ्न आउथी। पढ्नमा तेज,अक्षरपनी राम्रा,अबोला स्वभावकी। अरु केटाकेटी झै चन्चल र बदमाश स्वभावकी पनि होइन।पढ्न आउँदा पनि सबैभन्दा अगाडि आइपुग्ने बानी थियो उस्को। मेरो बिचार मा ऊ सर्वगुणसम्पन्न नै लाग्दथी।
मैले जुनसमयमा उस्लाई पडाउने गर्दथे ऊ त्यो समयमा यस्तै पाँच,सात बर्षकी थी।केजी वनमा पड्दथी। त्यो केटीको मुहार जहिल्यै उदास देखिन्थ्यो। मानौ मैले उसका मुहारमा हासोका छिटाहरु कहिल्यै देखिन। म सहजसँग अनुमान लगाउन सक्थे कि उस्को मुहार किन मलिन र उदास हुन्छ भनेर? एक त ऊ गरीब बाबु,आमाकी सन्तान थिइपेशाले उस्को बाबु धोबी थियो।घर,परिवेश, पेशा,अशिक्षा कारणले पनि कत्तिका छोरा छोरी सन्तानहरु तीक्ष्ण बुद्धी मेहेनती भएर पनि अघी बड्न असक्षम हुन्छन।त्यस्तै दुरावस्था थियो सुनिताको पनि।त्यस्तै भए पनि उस्का बाबु,आमाले उस्लाई बोर्डिङ स्कुल नै पडाइरहेका थिए।उस्ले भन्ने गर्दथी ''बोर्डिङ स्कुलका ड्रेसहरु धोएवापत म त्यही बोर्डिङ पड्छु''भनेर।
त्यस्तै नीरिहावस्थामा पनि बोर्डिङ पड्दा ऊ जहिल्यै फर्स्ट हुन्थी। मेहेनती भएकी कारणले उस्लाई सबै गुरुहरुले माया गर्दथे भनेर उस्की आमा कहिले कही मलाई छोरीको बर्णन सुनाउन आउथिन तर ---सुनिताको मुहार मलिन हुनु र उस्को मुहारमा उज्यालो नछाउनुको कारण एउटा छुट्टै बिषय थियो। त्यो के भने उस्की आमा जहिल्यै पनि आफुसङै बस्ने छिमेकी सँग बिहानै देखी सानो निहुमा पनि झगडा गर्दथीन। मानौ उस्की आमाको झग्डालु स्वभाव र टोलै थर्कने आवाजले पनि सुनिताको दिमागमा नराम्रो असर परेको हुनुपर्छ। त्यसैले पनि ऊ लाज र हीन भावनाको शिकार भएकी थिइ ऊ।

ऊ जहिल्यै ट्युसन पढ्न आउँदा नतमस्तक भएर आउथी किन कि ऊ बसेको घर र मेरो घर नजिकै थियो। उस्लाई शायद म देखी र उस्का साथीहरुदेखी अप्ठ्यारो पनि लागेको हुनु पर्छ। ऊ कहिल्यै मसँग आँखा जुधाएर कुरा गर्दिनथी। उस्लाई आफ्न आमा,बाबु धोबी हुनुको भन्दा आमाको झग्डालु स्वभावले शायद धेरै पीर परेको हुनुपर्छ किन कि बच्चाहरुलाई पनि त गर्व हुन्छ। उनिहरुमा पनि स्वाभिमान हुन्छन। उनिहरु बुझ्न सक्ने भएपछी उनिहरुलाई पनि लाज, शरम,अप्ठ्यारो भन्ने हुन्छ। आफ्नो स्तर के हो ?बाबा,आमा कुन स्तरका छन? समाजमा बाबु,आमाको कस्तो परिचय छ भन्ने ज्ञान हुन्छ। त्यही अनुसार पनि उनिहरु आफुलाई प्रस्तुत गर्न पनि सक्षम हुन्छन।

म मनमनै सोँच्ने गर्दछुयदी सुनिता पनि धनी र प्रतिष्ठित आमा,बाबुकी छोरी भएकी भए त्यस्को स्वभाव पनि अलिक अर्कै हुन्थ्यो होला। उस्को मुहारमा पनि अरु बच्चाहरुसर्ह खुशीको लहर छाउथ्यो होला तर ---उ धेरै कुराहरुबाट बन्चित थिइएक त गरीबी,अर्को कुरा बाबु,आमा धोबी हुनुको बिडम्बना अनी अर्को दु:खको कुरा आमा असिक्षित र अबुझ भएको कारण छिमेकी सँग सधैंको रडांको मचाउने प्रबित्ती। यसैले गर्दा पनि त्यो केटीको मनमा हीनताबोधले डेरा जमाएको थियो हुनुपर्छ।

त्यसैबिचमा म आफ्नो ठाउँ छाडेर काठमाडौं तिर लागें। बेला बेलामा त्यो केटीको सम्झनाले म पिरोलिन्थे किन कि त्यती मेहेनती र तीखो दिमाग भएको केटीले अझै पढ्न पाइ कि पाइन भनेर मलाई चिन्ता लाग्थ्यो। यसरी म पनि लगभग सात,आठ बर्ष नै ऊबाट टाडिएछु। मैले लगभग दुईचार बर्ष नै उस्लाई पडाए त्यसैले पनि ऊ सधै मेरो स्मरणमा थिइ। उस्को अबोधपन र मायालु ब्यवहाँरको कारणले।

एकदिन म काठमाडौंबाट आएर आफ्नो घरको कोठामा बसिरहेकी थिए एउटी सोर्ह,सत्र्ह बर्षकी केटी ''नमते आण्टी''भन्दै भित्र पसी। म झस्किए। अनुहार उही हो। फरक यत्ती कि ऊ तरुणी भैसकेकि थिइ र उस्को मलिनमुहारमा मीठो हाँसो थियोम आस्चर्यचकित भए।कता कता खुशीले बिह्वल पनि भए।त्यही बालिका आज तरुणी भएर मेरो अगाडि मुस्कान सहित् उभीइत्यो भन्दा अगाडि शायद मैले कहिल्यै उस्को आधारमा मुस्कान देखेकी थिइन।

मैले उस्लाई सबैभन्दा पहिला पडाइको बिषयमा नै सोधें। ऊ कक्षा बार्हमा साइन्स बिषय लिएर पड्दै रहिछ।भविश्यमा पनि साइन्स नै लिएर पढ्ने उस्को धोको रहेछ त र अफ्सोच ---गरीबी र नागरिकता नभएको कारणले उस्का इक्षाहरुमा तुषारोपात भैरहेकोरहेछ। उस्ले निरश हुँदै मलाई भनी ''आण्टी मलाई त साइेन्स नै पढ्ने मन छ म पढ्न पनि सक्छु तर सबैले भन्छन तलाई साइेन्स पढ्न गार्हो हुन्छ फेरी नागरिकता पनि चाहिन्छ अनी पैसा पनि त्यस्तै लाग्छ भनेर म त ज्यादै चिन्तामा छु। मेरो उदेश्य पूरा नहुने रहेछ। मलाई त के गरौ गरौ भैरहेछ''यसरी उस्ले मनको ब्यथा पोखी।

एौटा गरीब अनी अरुका कपडा धोएर गुजारा गर्ने बाबुकी छोरीले हुन पनि कुन औकातले साइन्स पढ्न सकोस त?उस्ले मबाट केही राहत पाउने आशाले मलाई आफ्नो ब्यथा पोखेकी थिइ शायदम पनि निरश भए।म गर्न नै के सक्थे र ?अनी म सम्झना थालेनागरिक र अनागरिकबिचको भेद अनी कठिनाईसुनिताले भनी रहेकी थिइ''आण्टी मेरो नागरिकता छैन।नागरिकता नहुनेले साइेन्स पढ्न पाउदैन रे यस्को लागि मैले के गर्न पर्छ ?हामीसँग पैसा पनि छैन।''
म गर्न नै के सक्थे र ?त्यहा पैसाको कुरा मात्रा पनि त थिएन।हाम्रो देशको बिडम्बना वा निती नियम आफ्नो मान्छे सत्तामा भये जे पनि हुन्छअनागरिकले नागरिकता पाएर मन परी गर्न पाउछ त र एौटी उदेश्य बोकेर केही गर्छु भन्नेलाई भने शाही कुराबाट नै बन्चित नुहुनु पर्ने बिवस्ता छ।शायद यस्ता हज्जारौ सुनिताहरु यस्रै आफ्नो आकङ्छ्यालाई मारेर भौतारी रहेका होलान। यसरी म सुनिताको सम्झनामा हरपल डुबिरहन्छु।

1 comments :

Amar Rana said...

अमर राना अहिल मलेशिया तपाईंको कथा राम्रो लाग्यो । धेरै घत लाग्दो छ ।

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP