Skip to main content

संकल्प

सुरेश तिवारी
माझ्ठाना, कास्की

बास्तबमा हामी नेपाली जाति ले अझसम्म नै गर्व साथ भन्ने गरेको कुरानै स्वतन्त्रता हो। हाम्रो नेपालमा आजसम्म कुनै पनि बिदेशी मुलुकले उसको झन्डा गाड्न सकेको छैन, यो इतिहासनै बोल्छ। तर पनि हामीहरु कति स्वतन्त्र छौ त? के हामी त्यहि इतिहास मा पढेजत्तिकै स्वतन्त्र छौ र? हामि हाम्रो सस्कार लाइ हेरौ हाम्रो पहिरन लाइ हेरौ, हाम्रो बोलिचालि लाइ हेरौ अनि सम्पुर्ण नेपाली आधुनिक जीवनसैली लाइ हेर्यौ भने, सहजै भन्न सकिन्छकि बास्तबमा हाम्रो स्वतन्त्रता त पहिलानै खोसिइसकिएको रहेछ, अनेक बहाना मा। दौरा सुरुवाल र चौबन्दि चोलि को स्वतन्त्रता कोट पाईन्ट र कुर्ता सुरुवाल अनि जिन्स पाइन्ट ले कहिले देखि सात्तो खाइसकेछ।

नेपाली भाषा को हुर्मत टुटेफुटे को अङ्ग्रेजी र हिन्दी भाषा ले लिईसकेको रहेछ।नेपालि मौलिक परम्परा को ठाउ भ्यालेन्टाइन डे र न्यु इएर अनि कृस्मस ले ओगटेको, हामीले आखा चिम्लिएर सहिरह्यौ। ढाका टोपि को ठाउमा क्याप र ह्याट लाइ राखेर हामी मस्तसंग निदाएछौ। अनि नेपाली लोक गित र मौलिक गीत हरु को सट्टा मा हिन्दी गजल र इङ्ग्लीस सङस् मा कम्मर मर्काउन आनन्द मान्यौ। गुन्द्रुक र ढिडो को सट्टा मा पिज्जा,चाउमिन र चाउचाउमा सजिलो मान्यौ। हो कतिपय ठाउहरु त्यस्ता पनि छन जस्तो प्रबिधी का सवाल हरु हुन्छन जहा हाम्रा सस्कार नै नभएका ठाउमा हामि नयाँ नयाँ कुरा को प्रयोग गर्छौ र गर्नु पर्छ पनि तर आधुनिक भन्ने नाउ मा हामी कतै बिदेशी सस्कार र परम्परा को दाशि त बनिरहेका छैनौ?
यौवना हरु पनि आधुनिक बन्ने होड मा सकेसम्म छोटा कपडा लगाउन कत्ति पनि हिच्किचाउदैनन्। युबा हरु पनि लामा कपाल पालेर कान मा कुन्डल लगाउन पाए भने आफुलाइ आधुनिक सम्झन्छन् । यि सबै कारण र बदलिएको नेपालीसैलि हेर्दा लाग्छ, हामि स्वतन्त्र त केबल भौगोलिक रुप मा मात्रै रहेछौ । नत्र हामि पश्चिमा सस्कार र सस्कृती का दासि भैसकेका रहेछौ कहिलेदेखि, थाहै नपाइकन। त्यसैले अब नेपाल मा पनि नया युग को सुरुवात हुदै छ हामि सम्पुर्ण युबा हरु पनि एउटा संकल्प गर्न सकिदैन र? नेपाली सस्कार ,सस्कृति, परम्परा, र नेपाली पन जिबित नै राख्न को लागि अब केहि गर्ने हो कि !

Comments

  1. के गर्नु सुरेश सर , मान्छे ले स्वतन्त्रता को आढ लिएर जीउनै नसकिने भईसक्यो , भन्छन नि नपाउने ले केरा खायो बोक्रै संग खायो अनि सबै वाक्यो , फुस्स ! उल्टो बिरामी पर्यो । आज भोलिका युवा युवती स्वतन्त्रता को नाममा पत्तै नपाउने गरी बिरामी भएका छन । जसरी खोक्रो रुख एक दिन ढल्छ नि , यी बिमारी हरु पनि एक दिन डङ्ग्र्याङ्ग ढल्न बेर छैने !
    जदौं

    ReplyDelete
  2. hami kina sadhai mero desh mero desh bhanera matra sochchau, k hami yo world/earth lai nai hamro one ghar samjhana sakdainau? afulai j khada mitho lagcha tehi khane ni, j lagauda sajilo huncha tehi lagaune,kina shirt paint ma sajilo huncha bhane yo western dress bhanera na lagaunu ta…........hami dress, food etc lai matra na herum na afno sochaima ani mehenat ma kasile jitne na banum…......thats great

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

Popular posts from this blog

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाके

म आफ्नो घर छोडेर टाढा कसरी जान सक्छु र ?

Reposted after readers request ! "म गरिब परिवार अनि बिमारी पृ्ष्ठभुमी बाट आएको मान्छे हुँ। म यहि जन्मे , म यहि हुर्के अनि धेरै जसो यहि पढेँ अनि फर्केर यहि आएर 'टिम' मै काम गर्दैछु , आफ्नो घर मेरो लागी 'टिम' हो ।घरमा आएर घर संहाल्दा बढो आनन्द आउदो रहेछ । म आफ्नो घर छोडेर कसरी टाढा जान सक्छु र ? " - डा अरुण बुढा करिब ४० बर्ष अधि रघुबिर बुढा कुष्ठ रोगको उपचार गर्न कालीकोट बाट डढेलढुरा आउछन् । बिदेशीद्वारा चलाईएको सामुदायीक टिम, अस्पतालमा उपचारको क्रम मा उनले पार्वती रोकाया लाई भेट्छन् । उपचारको क्रममा एकअर्काबिच चिनाजानी पछि उनिहरु बिहे गर्छन । रघुबिर बुढाले, पछि त्यहि अस्पतलामा भात पकाउने भान्छे, फुलबारी गोढ्ने तथा हुलाकीको काम पनि गर्ने थाल्छन् । पार्वती भने त्यहि अस्पतालमै निम्न स्तरीय काम गर्न थाल्छिन् । बिस्तारै त्यहि काम गर्दै जादा,रघुबिर अलि अलि लेखपढ पनि गर्न थाल्छन् । २ बच्चाहरु अरुण बुढा र कालेब बुढाको बाबु बन्छन् अनि आफ्ना यी दुई बच्चा लाई डाक्टर बनाउने सपना सझाउछन् । रघुबिर बुढाका दुई छोरा हरु , डा अरुण बुढा तथा डा कालेब बुढा सन १९९९ डिसेम

शुभ-कामना नव दाम्पत्य जीवनको

यहि मिती २१ फेब्रवरी २००९ का दिन, अमेरीकाको नेब्रास्का राज्य को ओमाहा सहरमा , साथी रचना भट्टराई तथा साथी प्रवेश घिमीरे बिच भएको शुभ बिबाहको उपलक्षमा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुँभभकामना टक्र्याउदछु । तपाई हरुको नया जीवन अनि नौंलो यात्रा सफल रहोस् । खुशीँ नै खुशीको पाईला हरु लम्किउन् । तपाईहरुको यो एैतिहासिक क्षणमा, आँफु पनि पात्र बन्न पाउदा निकै नै खुशीँ लागेको छ । तपाईहरुको दाम्पत्य जीवनले सफलता को शीखर चुम्न सफल होस् । तपाईहरुको अनुमति बिनानै केहि घत लाग्दा भिडियो दृष्य हरु तल पस्केको छु । परदेश को वसाँई होस या स्वदेशको , एउटी नेपाली नारीलाई सिन्दुरको महत्व त्यती नै हुन्छ । एउटी हिन्दु नारीले आफ्नो पतीको दिर्घायु जीवन को लागी लगाउछन्। सिन्दुरले माया प्रेम र सक्ति लाई जनाउछ् । हिन्दु शास्त्र अनुसार , लोग्नेले निधारमा सिन्दुर हालेर आफ्नो पत्नीलाई सुरक्षा को बन्धनमा राखेपछि यदि कोही पराईले पत्नी को हानि गर्न खोजेमा उक्त पराईको रगत उम्लेर उ आफै मर्छ रे । Rachan wedding..... from sapana sansar on Vimeo . आमा को लागी छोरा छोरी भनेको त मुटु को टुक्रा नै त हो नि । आमा भन