Jan 4, 2009

भोज र मदिरा !

Facebook

“आज त झुरै भयो, राम प्रसादले, आफ्नो छोरा को पास्नी को पार्टी राखेको, न बिएर न विस्की, के पार्टी राखेको मुलाले, बेईज्जतै गर्यो आफ्नो!”, भर्खरै मात्र राम प्रसाद को छोरा को पास्नी को रात्री भोज बाट बाहिर निस्केका आमन्त्रित मित्र जन हरुबाट आएको आवाज हो यो । “पार्टी को बेईज्जतै गर्यो मुलाले” भन्दै केहि मित्र हरु आफ्नो त्यो साँझनै खेर गएको गुनासो गर्दै थिए, एक आपसमा ।
आझकल जुनै पनि स्थानमा नेपाली झमघट , भोज वा भत्तेर भयो भने, मदिरा अनिवार्य हुन जरुरी छ । मदिरा बिना को भोज् वा पार्टि त अब कल्पना सम्म गर्न नसकिने अवस्थामा आएको छ। एक समय , मलाई याद छ, हा्मो गाउघरमा कसैले भोज आयोजना गर्दा, दाल, भात, तरकारी, खसी को मासु अनि आलु र काक्रा को अचार अनि त्यो पनि सुकुल मा बसेर , हातको कुहिना संम्म चुहाउदै खादा आयको आनन्द भलै कुनै राजभोज नै किन नहोस, साहेद त्यस्तो आनन्द कहिल्यै नआउला । हो त्यति खेर पनि भोज मा पिय पदार्थ राखिन्थ्यो फरक यति छ, त्यति खेर मदिरा को सट्टा दहि वा मोहि वा सर्वत पानी हुने गर्दथ्यो , र त्यस को स्वाद, म किटान गरेर भन्न सक्छु मदिरा को स्वाद भन्दा सयौँ गुना बेसी हुने गर्दथ्यो ।
यसरी उहिले, भोज खाएर फर्केका मान्छे को गुनासो, मदिरा मा कहिल्यै रहेन । बिस्तारै जव मानिस मा पश्चिमी सस्कृतीको हाबी हुन थाल्यो , अनि बिस्तारै बिस्तारै मदिरालाई पनि भोज भत्तेरमा सामेल गराईन थाल्यो । पहिला पहिला दुवो तिल राखेर अमृत पानीले जन्ती स्वागत गरिन्थ्यो , आज भोली मदिरा बिनाको स्बागत अपुरो नै हुन्छ । “फलानोले त आफ्नो भोजमा बियर को खोलो बगायो, बिदेसि विस्कि र वाईनको ताती लगायो , ढिस्कानो को मा त न बियर छ न वाईन, न विस्कि ,मोराले आफ्नो ईज्जतको पनि ख्याल गरेन”, जस्ता आवाज हरु अव परिचित नै भैसके । आखिर के मदिरा बिना संम्पन्न गरिने कार्यक्रम वा रात्रीभोज अपुरो नै हो त ? के मदिरालाई ईज्जत संग धाझ्न मिल्छ र ? केवल एउटा गुनासो !
(सपनासंसार मा नया अनुभाग, “गुनासो” थपिएको छ , तपाई हरुको पनि आफ्नो केहि गुनासो भएमा info@sapanasansar.com मा प्रेसित गर्नु होला ! धन्यबाद)

3 comments :

Suresh Tiwari said...

आज हामि सम्पुर्ण नेपालि हरु आफ्नो सस्क्रीति भुलेर पश्चिमा सस्क्रीति मा रमाइरहेका छौ। भोलि हामि लाइ १ दिन एस्तो आपत आउनेछ कि हाम्रा सन्तति ले हामि लाइ नेपालि सस्क्रीति भनेको कस्तो हुन्छ भनेर सोधे भने कागज मा लेखेर र मुखले भनेर बताउन सक्ने अबस्था मा हामि छैनौ।तेसैले अब सबै जना ले ५ तारे होटल मा पनि दुना बोहोता मा खाना खाने बानि र सस्कार को बिकास गर्नु पर्छ जस्तो छ नत्र नेपालि सस्क्रीति हराएर इतिहास का पना मा समाबेस हुन बेर छैन। बेलै मा चेतना भया। अनि अरु पनि छन नेपालि सस्क्रीति हरु तिनि हरु को पनि यथासक्य संबर्धन र संरक्षण नगरिए नेपालि सस्क्रीति मात्र होइन नेपालै हराउन सक्ने सङ्का छ।
सुरेश् तिवारी
माझठान कास्की

पोस्तक श्रेष्ठ said...

कसैले भोजमा मदीरा नराखेको आधारमा भोज आयोजकको बद्ख्वाँई गर्नु अवश्य पनि शभ्यताको परिचायक होइन। पश्चिमाहरु भोजमा जांदा आफैंले बियर, वाईन बोकेर गएको देखिन्छ। पिउन मन लाग्ने मान्छेले आफै बोकेर गए पनि भयो नि। खल्तीमा हात हालेर जाने, अनि पिउन नपाएर अनेक थरिका कुरा गर्न हुन्न। अब भोजमा मदीरा राख्ने वा नराख्ने भन्ने कुरो स्थिति अनुसार हुन्छ। बरिष्ठ ब्यक्तिहरु, बच्चाहरु सम्मिलित हुने भोजमा मदीरा नराख्ने कि? युवाहरु, त्यस्मा पनि अविबाहित छन् भने मध्यपानको अपेक्षा गरिहाल्छन्।

Anonymous said...

Love your Mother

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP