Skip to main content

परिचय देशभक्तको


आचार्य, प्रभा
गाउँको एक चौतारीमा एउटा सानो कार्यक्रमको आयोजना भैरहेको थियो जुन कार्यक्रमको उदेश्य थियो ''समाजमा भएको बिक्रिती बिसंगती बिरुद्द नारा''जुन कार्यक्रममा त्यही गाउँका गिनेचुनेका मै हुँ भन्ने नेताहरु र समाजसेवीहरु नेपाली राष्ट्रिय पोशाक दौरा,सुरुवालमा ठाट्टिएर उपस्थित भएका थिए । उनिहरुका गफहरु पनि त्यस्तै ठुला ठुला थिए । सबैले एकार्कामा आफ्नै छोरा,छोरिहरु र आ-आफ्नै बढाइ,चढाइका कुरा गरिरहेका थिए ।
त्यही बिचमा एउटा भद्र,भलाद्मी हुँ भन्नेले पोशाकको बारेमा पनि केही कुरा उठाइ रहेको थियो जुन कुरा यस्प्रकारको थियो '' साँच्चै भन्ने हो भने मान्छेलाई पोशाकले पनि उस्को ब्यक्तित्वको राम्रो परिचय दिन्छ जस्तै आजकलको फेशन छ नि ठुलो ठुलो लुगा लगाउने,टालिएको च्यातिएको जस्तो लगाउने,टोपी फर्काएर लगाउने यी यस्ता फेशन गर्नेहरु पढाइमा पनि असफल हुन्छन बानी ब्यहोरा पनि ठीक हुँदैनन त्यसैले मैले त मेरा छोरा,छोरीलाईहरुलाई त्यस्तो लगाउनबाट बन्चित गरेकोछु र भरसक नेपाली पोशाक बिर्सनु हुन्न भन्ने शिक्षा बारम्बार दिइरहेको छु । आज पनि मैले छोरालाई दौरा,सुरुवाल लगाएर नै यो कार्यक्रममा आउने आदेश दिएको छु।''उस्ले आफ्नो तर्क के राखेको मात्र थियो , अर्को एकजनाले फेरी आफ्नो तर्क अगाडि बडायो। खै! म त यो पोशाकले मान्छेको परिचय दिन्छ भन्ने कुरामा सहमत छैन । पोशाकले मान्छेलाई सुहाउनु,नसुहाउनु ,राम्रो देखिनु,नदेखिनु भन्ने कुरा हुन सक्छ तर ---ब्यक्तित्व बिकास चाँही हुन्छ जस्तो लाग्दैन। मेरो छोराको उदाहरण नै छ नि त्यस्ले त्यस्तै लुगा हरु लगाउछ म पनि कत्ती सम्झाउछु यस्तो लुगा नलगा तलाई समाजले राम्रो ठान्दैन। यस्तो लुगा लगाउनेलाई राम्रो भन्दैन भनेर त र मान्दैन उल्टो मलाई नै चुप गराउने खालको जवाफ दिन्छ।''बाबा मान्छेको भित्री मन सफा हुनु पर्छ,देशप्रतिको भावना स्वचछ हुनु पर्छ त्यही हो देशप्रतिको आस्था दौरा सुरुवाल लगाएर,देशको जयगान गाएर मात्र देशको उन्नती हुने भए आज देशको यो हाल हुन्थ्यो ?तपाइ आँफै सोच्नुहोस् त?तपाइहरु जस्तै दौरा,सुरुवाल लगाउने हरु नै होइनन देशका नेताहरु ?की हामी जस्ता 'हिप हप'लुगा लगाउने हरु हुन त ?खै त !मैले यस्तै लुगा लगाएर पनि कक्षामा पहिलो भैरहेको छु। इमान्दार छु,घर,समाज,देशको बोझ भए जस्तो लाग्दैन,बरु हजुर हरुलाई पो अनेक थरिका आरोप,प्रत्यारोपहरु खप्न परेको मैले देख्दैछु। देशको लागि नै केही गरौ भन्ने उदेश्य लिएर पड्दैछु।'' उस्ले आफ्नो छोराको वाक्यङ्शहरु के पुरा गर्न लागेको मात्र थियो। यत्तिकै मा दुइजना पुलिसहरुले एकजना दौरा,सुरुवाल लगाएको युवकलाई दुइवटै हातमा समातेर ''लौ भन तँ कुन नेताको छोरा होस् ? राष्ट्रिय पोशाक लगाएर समाजमा अनैतीक काम गर्ने ?''भन्दै ल्याइ रहेका थिए यो द्रिश्य देखेर सबै अवाक भै रहेका थिए। त्यो युवक उही थियो जस्को बुवाले अलिक अगाडि मात्र पोशाकको बर्णन गरिरहेको थियो। आफ्नो छोराको प्रसङ्सा गरेर सबैलाई मौन बनाएको थियो त र ---अफ्सोच !उसैको छोरा नै पुलिसको फन्दामा परेर बेइज्जत्ति हुँदै सबैको अगाडि प्रस्तुत हुँदा उस्लाई मरेतुल्य भयो। त्यो द्रिश्यले सबै मौन भए। सबैले आत्मासात गरे कि साँच्चै दौरा,सुरुवाल लगाएर मात्र देशभक्त र असल नागरिक हुन्छ भन्ने छैन। पोशाकले बाहिरी आवरणमात्र देखिन्छ त र ---भित्री चरित्र थाहा हुँदैन। यो पाठ सबैले मनन गर्न सक्षम बने। कार्यक्रम स्थगित भएको जानकारी भयो। सबै किङ्कर्तब्यबिमुढ बनेर आ -आफ्नो घरतिर लागे ।

Comments

Popular posts from this blog

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाकेट त्

शुभ-कामना नव दाम्पत्य जीवनको

यहि मिती २१ फेब्रवरी २००९ का दिन, अमेरीकाको नेब्रास्का राज्य को ओमाहा सहरमा , साथी रचना भट्टराई तथा साथी प्रवेश घिमीरे बिच भएको शुभ बिबाहको उपलक्षमा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुँभभकामना टक्र्याउदछु । तपाई हरुको नया जीवन अनि नौंलो यात्रा सफल रहोस् । खुशीँ नै खुशीको पाईला हरु लम्किउन् । तपाईहरुको यो एैतिहासिक क्षणमा, आँफु पनि पात्र बन्न पाउदा निकै नै खुशीँ लागेको छ । तपाईहरुको दाम्पत्य जीवनले सफलता को शीखर चुम्न सफल होस् । तपाईहरुको अनुमति बिनानै केहि घत लाग्दा भिडियो दृष्य हरु तल पस्केको छु । परदेश को वसाँई होस या स्वदेशको , एउटी नेपाली नारीलाई सिन्दुरको महत्व त्यती नै हुन्छ । एउटी हिन्दु नारीले आफ्नो पतीको दिर्घायु जीवन को लागी लगाउछन्। सिन्दुरले माया प्रेम र सक्ति लाई जनाउछ् । हिन्दु शास्त्र अनुसार , लोग्नेले निधारमा सिन्दुर हालेर आफ्नो पत्नीलाई सुरक्षा को बन्धनमा राखेपछि यदि कोही पराईले पत्नी को हानि गर्न खोजेमा उक्त पराईको रगत उम्लेर उ आफै मर्छ रे । Rachan wedding..... from sapana sansar on Vimeo . आमा को लागी छोरा छोरी भनेको त मुटु को टुक्रा नै त हो नि । आमा भनेको के हो

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा