Jan 22, 2009

आउँदै छ रे प्रजा हटेको गण थपिएको तन्त्र (गणतन्त्र)

Facebook

संगम “मरुभूमि”
क्यामिन–५, तनहूँ

दुई हजार सात सालमा जन्मिएको,
सत्र सालतिर बनवास गएको प्रजातन्त्र
दुई हजार सचालिस तिर फिर्ता आएको थियो रे
फेरी बाहुन्न पच्चपन्न तिर बाट जंगल पसेछ प्रजातन्त्र!!

बागमतिको फोहर सरी फैलिन पाएनछ प्रजातन्त्र
सिंहदरवार देखि स्याल दरवार भन्दा बाहिर आउन ,
पाएनछ प्रजातन्त्र!!
अपाङ्कहरुको बैसाखि बनेनछ प्रजातन्त्र

बरु काला टाउकेहरुको फेथा गुथ्ने पगरी बन्न पुगेछ प्रजातन्त्र
यस्तै कारणले अस्तित्व गुमाएको प्रजातन्त्र वद्धा ,
नाबालकहरुको, आँशु चिहाउदै गरेको प्रजातन्त्र ,
शहिदहरुको पसिना र रगतले भिजेको प्रातन्त्र

अब छिटै आउदै छरे साञ्चै हो रे!
नगर नगरहरुमा आउदै छ रे प्रजा हटेको गण थपिएको तन्त्र
गणतन्त्र! प्रजा हटेको गण थपिएको तन्त्र गणतन्त्र

1 comments :

pagal said...

"प्रजा हटेको गण थपिएको तन्त्र " ta aai shakyo hoina ra ? nam ko ganatantra hoina sathi aaba kam ko gana tantra chainchha !

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP