Skip to main content

मेरी सपना र सपनासंसार

- चियापसले कान्छो

मेरो मन,
आज किन किन त्यसै उदास छ
पतझडको मौसम जस्तै निक्कै बेरङगी छ
मनमा भावनारुपी ज्वलामुखीहरु फुटीरहेका छन्
यो तडपाइमा बाच्नुपर्दा मन निक्कै अमिलिएको छ।

बुझ्न सक्दिन म,
किन तिम्रै पर्खाइमा समय गुजारीरहेको छु
किन तिम्रै आगमनमा बाटो ढुकीरहेको छु
निस्ठुरी बनी तिमी गए पनी तिम्रै यादमा बाचेँको छु,
तिमीसँगको मिठो मिलनको प्रतिक्षामा दिन काटेको छु,

अवश्य नै,
तिमी आउने कुरामा म विश्वस्थ छु,
खुशी बोकी आउने कुरामा म निक्कै आशावदी छु,
मेरी सपना, मेरो कल्पना सँग बडी खेल्वाड नगरिदेउ,
चाडो आउ है,कुरी बस्ने छु तिमीलाई म, मेरै सपनासंसारमा।।

Comments

  1. चिया पसले साउजी,
    अमीलो मन लिएरै भय पनि सपनासंसार मा रमाउन खोज्नुभएको रहेछ, मीलन-बिछोड, भेट-प्रतिक्षा याद-सपना हरु त हामी प्राणी जगत का लागी नियमित कर्म नै हुन् नि, हैन र ? जे होस , हाम्रा साउजीको को सपना चाडै सत्य साबित होस, मेरो यहि कामना !
    ~ सपनासंसार

    ReplyDelete
  2. La La Good luck for your sapanasansar !

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।