Skip to main content

बेल्जियमको अन्तरसंस्था न्रित्य प्रतियोगिता कार्यक्रम सम्पन्न

पुरुशोत्तम सुबेदी
बेल्जियम
Belgium  New Year
नेपाली नयाँ बर्ष २०६६ को उपलक्षमा मोना बेल्जियम द्वारा १८ अप्रिल २००९ शनिबार को दिनमा आयोजित अन्तरसंस्था न्रित्य प्रतियोगिता भब्यरुपमा सम्पन्न भएको छ । नेपाली दुताबासका महामहिम प्रमेस हमालको प्रमुख आतिथ्यमा सन्चालन गरिएको उक्त कार्यक्रममा बेल्जियमका केही संघ संस्थाका बेल्जिग नागरिकहरुको समेत बिशेष उपस्थिती रहेको थियो । संस्थाका अध्यक्ष शिवकुमार बरुवाल को अध्यक्षतामा सुरु भएको प्रथम चरणको कार्यक्रममा भ्लामिस्स लिवरल डेमोक्रेटिभ पार्टीका सदस्य तथा ए बि एल संस्थाका चेयरमेन हुगो मिखाइल- बिकास प्रोजेक्टका प्रतीनिधी लगाएत बेल्जियम मा रहेका बिभिन्न संघ संस्थाका प्रमुख पदाधिकारी सहित यस अन्तरसंस्था न्रित्य प्रतियोगितामा हलको क्षमता भन्दा अत्यधिक मानिसहरुको उपस्थिति रह्यो ।


यस अन्तरसंस्था न्रित्य प्रतियोगितामा बेल्जियम र बेल्जियम बाहिरका संघ संस्थाहरु (१) तामाङ समाज बेल्जियम Tamang Society belgium (२) मोना बेल्जियम Mona बेल्जियम (३) एन डि एफ बेल्जियम ब्रुस्सेल कमिटी Ndf belgium brussel regional comitee (४) नेपाली ब्याबसयी संघ बेल्जियम NEBAB Belgium (५) पासा पु च बेल्जियम Pasa puch belgium (६) प्रबाशी थारु समाज बेल्जियम Prabashi tharu samaj belgium (७) तमु समाज बेल्जियम Tamu samaaj Belgium (८) एन आर एन बेल्जियम NRN Belgium (९) मोना बेल्जियम Mona_belgium B (१०) एन डि एफ बेल्जियम NDF Belgium (११) यती हाउस अन्त्वेर्पेन Yati House Antwerpen (१२) साग्रिला समाज लुभेन बेल्जियम Sagrila society Belgium (१३) बिश्वो मगर समाज बेल्जियम World magar Fedaration Belgium (१४) बेल्जियम नेपाल युबा क्लब Belgium Nepal Youth Club (१५) वोस्टन्डे परिवार Ostende Pariwar (१६) मोना बेल्जियम Mona-Belgium C (१८) मोना जर्मनी Mona_garmany (१९) जन संपर्क समिती बेल्जियम गरी जम्मा १९ बटा संस्थाहरुले भाग लिएका थिय । उक्त कार्यक्रमलाई सफल पार्न एन डि एफ बेल्जियमको तर्फबाट पर्याप्त भोलेन्टिएर सेवा उपलब्ध गराएको थियो भने अन्य संघ संस्था बाट पनि सहयोग उपलब्ध भएको थियो । उक्त कार्यक्रमको प्रवेस सुल्क १० युरो थियो भने खाना र पानीको समेत उचित ब्यवस्था रहेको थियो । उक्त अन्तरसंस्था न्रित्य प्रतियोगितामा तामाङ समाज बेल्जियम Tamang Society belgium कलाकार नैना तामाङ प्रथम भै ४०० युरो नगद पुरस्कार सहित कप तथा प्रमाणपत्र हात पारेकी छिन भने mamata paija magar कलाकार ममता पुनले द्वितिय द्वितिए पुरस्कार ३०० युरो नगद तथा कप हात परेकी छिन् । त्यस्तै 18 मोना जर्मनी Mona_garmany कलाकार मनिषा गौतमले त्रितिय पुरस्कार २०० युरो नगद र कप तथा प्रमाण पत्र हात पार्न सफल भएकी छिन् । बेल्जियम देखी बाहिरी देश बाट कार्यक्रममा सहभागि भै मोना जर्मनिले मोना बेल्जियमलाई थप हौसला प्रदान गरेको छ । कार्यक्रम राती करीव १० बजे समापन भएको थियो भने तत्पस्चात पनि नेपाली लोक भाकामा राती अबेर सम्म नाच्ने कार्यक्रम रहेको थियो ।

यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:


Comments

Popular posts from this blog

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाकेट त्

शुभ-कामना नव दाम्पत्य जीवनको

यहि मिती २१ फेब्रवरी २००९ का दिन, अमेरीकाको नेब्रास्का राज्य को ओमाहा सहरमा , साथी रचना भट्टराई तथा साथी प्रवेश घिमीरे बिच भएको शुभ बिबाहको उपलक्षमा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुँभभकामना टक्र्याउदछु । तपाई हरुको नया जीवन अनि नौंलो यात्रा सफल रहोस् । खुशीँ नै खुशीको पाईला हरु लम्किउन् । तपाईहरुको यो एैतिहासिक क्षणमा, आँफु पनि पात्र बन्न पाउदा निकै नै खुशीँ लागेको छ । तपाईहरुको दाम्पत्य जीवनले सफलता को शीखर चुम्न सफल होस् । तपाईहरुको अनुमति बिनानै केहि घत लाग्दा भिडियो दृष्य हरु तल पस्केको छु । परदेश को वसाँई होस या स्वदेशको , एउटी नेपाली नारीलाई सिन्दुरको महत्व त्यती नै हुन्छ । एउटी हिन्दु नारीले आफ्नो पतीको दिर्घायु जीवन को लागी लगाउछन्। सिन्दुरले माया प्रेम र सक्ति लाई जनाउछ् । हिन्दु शास्त्र अनुसार , लोग्नेले निधारमा सिन्दुर हालेर आफ्नो पत्नीलाई सुरक्षा को बन्धनमा राखेपछि यदि कोही पराईले पत्नी को हानि गर्न खोजेमा उक्त पराईको रगत उम्लेर उ आफै मर्छ रे । Rachan wedding..... from sapana sansar on Vimeo . आमा को लागी छोरा छोरी भनेको त मुटु को टुक्रा नै त हो नि । आमा भनेको के हो

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा