Skip to main content

अनेसास इजरायलको साहित्य सम्मलेन सफलतापूर्वक संपन्न


कृष्ण थापा
तेल अभिभ, इजरायल


Literature and Nepalनेपाली भाषा साहित्य र संगीत प्रति समर्पित संस्था अन्तरराष्ट्रिय नेपाली साहित्य समाज इजरायलको आयोजनामा यही २५ अप्रिल शनिबार इजरायलको तेल अभिभमा प्रथम साहित्य सम्मेलन सफलतापुर्वक सम्पन्न भयो ।नेपाली राजदुतावास इजरायलका उपप्रमुख श्री मुक्तिनाथ भट्टज्युले ३ हरफे कविता "हाइकु" वाचन गरेर सो सम्मेलनको समुदघाटन गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत मंतव्य राखने क्रममा अनेसास इजरायलका सदस्य शंकर पौडेलले यो सम्मलेनबाट इजरायलमा रहेका नया प्रतिभाहरुको पहिचान गर्न र संगठन बिस्तार गरि आगामी दिनहरुमा अन्य गतिबिधिहरु सञ्चालन गर्न बाटो खुलेको छ भन्दै आमंत्रित अतिथि सहभागी तथा उपस्थित साहित्यप्रेमी सबैलाई स्वागत र धन्यवाद व्यक्त गर्नु भयो ।साथै उहाँले भविष्यमा अनेसासको सबै प्रयत्न र कोशिशहरुले यसरी नै सबैको माया र सदभाव पाउने अपेक्षा पनि गर्नु भयो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै श्री मुक्तिनाथ भट्टले नेपाली साहित्यको उत्त्थानका निमित्त इजरायलको नेपाली डायोस्पोरा संगठित भएकोमा खुसी व्यक्त गर्दै साहित्यिक गतिविधि अब क्रमिक रुपमा अघि बढ़ने कुरामा विश्वास व्यक्त गर्नु भयो । सो कार्यक्रममा उहाले प्रेम र शान्तीको सन्देश लिएर विभिन्न मुलुक भ्रमण गर्दै इजरायल आइपुग्नु भएका विश्व साइकल यात्री पुष्कर शाहलाई अनेसासको तर्फबाट प्रशंशा पत्र पनि प्रदान गर्नु भएको थियो । सोही अवसरमा साइकल यात्री शाहले आफ्नो कृति "एकादेशको एउटा मान्छेको कथा" बाट "प्यारी भान्जी लाई चिट्ठी " शिर्शकको कविता वाचन गर्नु भएको थियो ।१४२ राष्ट्र को भ्रमण गरिसक्नु भएका शाहले यात्राका अविश्मरणिय क्षणहरु सुनाउदै आफुपनी साहित्यप्रेमी भएको नाताले इजरायलको यो साहित्य सम्मेलनमा सहभागी हुँदा खुशी लागेको बताउनु भयो ।

बिभिन्न संघ संस्था हरुको उपस्थिती रहेको सो कार्यक्रममा गैर आवासीय नेपाली संघ , राष्ट्रिय समन्न्वय परिषद इजरायलका अध्यक्ष भुवनसिँह कुँवर,आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष श्री नयन्द्र कुमार चेम्जोङ ,नेपाली कृषि कामदार सहयोगी समितीका अध्यक्ष श्री खोजराज कटुवाल, राजदुतवासका थानप्रसाद शर्मा, झापाली एकता परिवारका केशव कुमार श्रेष्ठ कानुनविद तथा अनेसास इजरायलका सलाहकार श्याम रोक्का ,नेपाली समाज इजरायलका नबिन बस्नेत लगायतका वक्ताहरुले आ आफ्नो धारणा राख्दै नेपाली भाषा र साहित्यकोलागी स्थापित यस्तो प्रकृतिको सम्मेलन इजरायल मै पहिलो पटक शुरुवात भएको भन्दै यस्को उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्नुभएको थियो ।

दुई चरणमा विभक्त सो कार्यक्रममा अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष श्री होमनाथ सुबेदी ज्यु द्वारा अमेरिकाबाट प्राप्त कवितात्मक शुभकामना वाचन गरेर लेखरचना प्रस्तुतिको दोश्रो श्रृंखला प्रारम्भ गरिएको थियो ।

बेन गुरियन विश्वविद्यालयका इजरायलका डा बिष्णु चापागाइ, सन्युक्त राष्ट्र संघका डा ध्रुव कोइराला, साहित्यकार रमेश इखालु(कतार्), कृष्ण बजगाई (बेल्जियम्), रिचा शर्मा(नेपाल) विश्व्दिप तिगेला (यु के), धर्मेन्द्र विक्रम नेम्बाङ (नेपाल ) विश्व पौडेल (अमेरिका) लगायत ले शुभकामना दिनु भएको सो साहित्य सम्मलेन प्राप्त शुभ कामना सहित कार्यक्रमका संयोजक तथा आयोजक संस्था अनेसास इजरायलका महसचिव कृष्ण थापाले सन्चालन गर्नु भएको थियो ।

सम्मेलनमा इजरायलका कला राइ , श्याम रोक्का, नयन्द्र कुमार चेम्जोङ्, शंकर पौडेल, टिका खरेल, बिजी श्रेष्ठ ,आचार्य नवराज, टासी ग्यल्मो शेर्पा, बी आर लामा, संगिता घिमिरे, सरस्वती विष्ट, ऋतू गिरी, सुनिल सँगम तथा कृष्ण थापाले आ आफ्नो रचना वाचन गर्नु भएको थियो ।

इजरायल बाहिर आचार्य प्रभा ( अमेरिका ), सविना सिन्धु ( नेपाल ), अनोज श्रेष्ठ (यु ए ई), एन्टोनी क्लाउद (क्यानडा), प्रवेश पौडेल (नेपाल ), रमेश गेलाल (कतार्), कृष्ण बजगाइ (बेल्जियम्), प्रकाश पौडेल माईला (जापान्), धीरज साप्कोटा (चिन ), केशव आचार्य(अमेरिका), होमनाथ सुबेदि(अमेरिका), भुपेन्द्र महत्(अमेरिका), ले लेख रचना पठाएर सम्मेलनमा सहभागीता जनाउनु भएको थियो ।

अनेसास इजरायल च्याप्टरका अध्यक्ष सुनील संगमको सभापतित्वामा संपन्न भएको सो कार्यक्रमको समापन क्रममा उहाले अनेसासको परिचय दिदै यो नेपाली भाषा साहित्य र संगीतप्रेमी नेपालीहरुको अंतर्राष्ट्रीय साहित्यिक मंच भएको बताउनु भयो, यसको उद्देश्य साहित्यको माध्यमबाट प्रवासमा रहेका नेपालीहरु बिच भावनात्मक संजाल निर्माण गरि नेपाली साहित्य लाइ विश्वस्तरमा पुरयाउन मद्दत गर्ने रहेको कुरा प्रश्ट्याउनु भयो , उहाँ अनेसासद्वारा प्रकाशन हुने साहित्यिक पत्रिका अंतर्दृष्टिका अंतर्राष्ट्रीय संपादक पनि हुनुहुन्छ ।


यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:


Comments

Popular posts from this blog

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाकेट त्

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा

शुभ-कामना नव दाम्पत्य जीवनको

यहि मिती २१ फेब्रवरी २००९ का दिन, अमेरीकाको नेब्रास्का राज्य को ओमाहा सहरमा , साथी रचना भट्टराई तथा साथी प्रवेश घिमीरे बिच भएको शुभ बिबाहको उपलक्षमा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुँभभकामना टक्र्याउदछु । तपाई हरुको नया जीवन अनि नौंलो यात्रा सफल रहोस् । खुशीँ नै खुशीको पाईला हरु लम्किउन् । तपाईहरुको यो एैतिहासिक क्षणमा, आँफु पनि पात्र बन्न पाउदा निकै नै खुशीँ लागेको छ । तपाईहरुको दाम्पत्य जीवनले सफलता को शीखर चुम्न सफल होस् । तपाईहरुको अनुमति बिनानै केहि घत लाग्दा भिडियो दृष्य हरु तल पस्केको छु । परदेश को वसाँई होस या स्वदेशको , एउटी नेपाली नारीलाई सिन्दुरको महत्व त्यती नै हुन्छ । एउटी हिन्दु नारीले आफ्नो पतीको दिर्घायु जीवन को लागी लगाउछन्। सिन्दुरले माया प्रेम र सक्ति लाई जनाउछ् । हिन्दु शास्त्र अनुसार , लोग्नेले निधारमा सिन्दुर हालेर आफ्नो पत्नीलाई सुरक्षा को बन्धनमा राखेपछि यदि कोही पराईले पत्नी को हानि गर्न खोजेमा उक्त पराईको रगत उम्लेर उ आफै मर्छ रे । Rachan wedding..... from sapana sansar on Vimeo . आमा को लागी छोरा छोरी भनेको त मुटु को टुक्रा नै त हो नि । आमा भनेको के हो