Skip to main content

किताब समीक्षा - "You Can Win !"

नमस्ते
आज दिउसो शिव केहरा को " यु क्यान विन" भन्ने पुस्तक पढेको थिए , सायद तपाई हरुले पनि पढिसक्नु भयो होला । पुस्तक राम्रो लाग्यो । केहि अंश हरुले त सार्है मन नै छोयो अनि तपाई हरु संग बाढ्न मन लागेर आयो ।पहिलो बाक्यांस "बिजेता हरु ले कहिले पनि अलग काम गर्दैन बरु उनि हरुले अलग तरिकाले गर्छन" ! म त समर्थन गर्छु । धावक ले तक्मा ढौडेर नै ल्याउछ , कुनै पनि विद्यार्थी कक्षा मा पहिलो पढेर नै हुन्छ ।

प्रस्तुत पुस्तक बाट एउटा सानो प्रसंग जोडौं यहा निर , एक ठाउमा एउटा मानिस बस्ने गर्थ्यो जस्ले बेलुन बेचेर गुजारा चलाउथ्यो । उसले हावा भरेर बेचेका बेलुन हरु कहिले काहि केटा केटिको हात बाट फुस्केर माथि आकास मा बिलिन हुन्थे । उ संग सबै रंग का बेलुन हरु थिय, जस्तै राता , काल पहेला अनि हरिया । जब जब उसको ब्यापार मा कमि आउथ्यो , उसले एउटा बेलुन मा हिलियम भरेर आकाशमा छोडिदिन्थ्यो । जब केटा केटि हरु त्यो बेलुन देख्थे नि , सबैले एउटा एउटा बेलुन किन्ने चाहना गर्थे र धेरै जसो उ संग बेलुन किन्न आउथे ,जस्ले गर्दा उसको ब्यपार फेरी माथि जान्थ्यो ।

एस्तै तवरले उसले आफ्नो र आफ्नो परिवार को जीविका धान्दै आएको थियो । एक दिन एउटा बच्चाले उसको ज्याकेट को तल्लो छेउमा कोट्याउदै उसलाई प्रश्न गर्छ , " अंकल तपाईले आकास मा सधै रातो बेलुन उडाउनु हुन्छ , के तपाईले कालो बेलुन उडाउनु भयो भने पनि त्यो आकास मा रातो बेलुन जसरि नै उढ्छ ? " । त्यो बच्चा निश्छल प्रश्न को जवाफ दिदै उक्त बेलुन ब्यापारी भन्छ "बाबु छोरा, यो तिमी ले आकास मा बेलुन उडेको देख्यौ नि, बास्तबमा त्यो कुनै रंग को बेलुन उडेको होईन, त्यो बेलुन उड्नु को मुख्य कारण त बेलुन भित्र को चिज हो " । हो यस्तै हाम्रो जीवन मा पनि लागु हुन्छ । हाम्रो जीवन मा पनि बाहिरी आचरण भन्दा पनि हाम्रो भित्र के छ त त्यसले नै हाम्रो जीवनको सार्थकता दिन्छ ।

प्राय ब्यवसाय हरुले आफ्ना कर्मचारी हरुलाई कुनै पनि कस्टमर हरुलाई "Please !" र "Thank you! " र बनावटी मधुर मुस्कान(Smile) का साथ स्वागत तथा बिदाई गर्न सिकाछन । तर यो कति समयसंम्म , जव उस्लाई मनै छैन भने ? किन कि मान्छे हरुले पहिचान गर्छन कि त्यो बनावति हाँसो हो या गंभीर मुस्कान हो ? यदि त्यो बनावति मुस्कान हो भने सायद धेरै मान्छे हरुलाई रिस उठ्दो नै हुन्छ । हो "Please ", "Thank you" र "smille"सबै सार्है महत्वपुर्ण हुन तर ती आफै आउनु पर्छ । यहा निर फेरी एउटा प्रसंग जोडौ , कोहि एकजना मानिस प्रख्यात फ्रेन्च दार्शनिक, ब्लेसि पास्कल नजिक पुगे र उनलाई सोधे " यदि म संग तपाईको दिमाग भैदिएको भए , म पनि राम्रो मान्छे हुन्थे" । पास्कल जवाफ फर्काउछन , " तिमि राम्रो मान्छे बन , तिमी संग मेरो दिमाग हुनेछ"


हस्त आज लाई यत्ति नै !
क्रमस , पुस्तक पढ्दै जादा लेख्दै जानेछु ।

जदौं
~सपनासंसार

Comments

  1. Where did you get this book? I am also interested to read this book.I may unable to find this book so I request you to share other information also just after you read........ :)

    ReplyDelete
  2. कृपया नाम राखेर प्रतिकृया दिनु भएको भए राम्रो हुने थियो ।
    धन्यबाद कमेन्ट को लागि ! मेरो कोशिस रहने छ तपाई जिज्ञासा समाधान को लागि !
    सपनासंसार

    ReplyDelete
  3. why you always ask name? If you like people tell their name then why you made the options anonymous..........tapai lai comments sanga matlab ho ni hoina ra name sanga hoina ni..........

    ReplyDelete
  4. This is one of the best book I have came across with. I love the way the book inspires us.

    For those who want to read it I can provide you the link where you will get the soft copy of whole book.

    http://www.docstoc.com/docs/15739/you-can-win-%5BShiv-Khera%5D

    Thank You
    NepaliThita

    ReplyDelete
  5. Thanks NepaliThita for the link. And thanks to sapanasansar for sharing the story.
    Keep writing !! :)

    ReplyDelete
  6. खास मा Anonymous बिकल्प (Option), नाम भएर पनि बेनाम बस्न रुचाउने हरुको लागी हो :) तपाईलाई बेनामी नै बस्न मन लाग्छ भने त्यहि सहि ! । एउटा गीत याद आयो , " . . . फेरी पनि मेरो केहि गुनासो छैन" ।

    धन्यबाद , तपाईको प्रतिकृया को लागी !

    ReplyDelete
  7. k ho sapanasansar...............

    tapai ta nikai nai talent hunuhuncha ki k ho ..geet pani aaucha, lekhna pani aaucha ......tapai le gayeko sunna paye po...geet ko 2-3 words herera k garnu...

    ReplyDelete
  8. yaha neri maile mero answer paina ta.I asked you where you ge this book? As you are in usa and thats nepali book or u read it on net..

    ReplyDelete
  9. I got a hard copy of the book and its in English. Some one has posted to the soft copy of the book on the following comments.
    I hope you got your answer !
    Thanks,
    Keep posting !
    ~Sapanasansar

    ReplyDelete
  10. yo reply chahi kina english ma,nepali ma lekhnu bhako bhaye ramro lagthyo,tapai ko nepali ramro lagcha malai ........

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

Popular posts from this blog

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाकेट त्

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा

शुभ-कामना नव दाम्पत्य जीवनको

यहि मिती २१ फेब्रवरी २००९ का दिन, अमेरीकाको नेब्रास्का राज्य को ओमाहा सहरमा , साथी रचना भट्टराई तथा साथी प्रवेश घिमीरे बिच भएको शुभ बिबाहको उपलक्षमा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुँभभकामना टक्र्याउदछु । तपाई हरुको नया जीवन अनि नौंलो यात्रा सफल रहोस् । खुशीँ नै खुशीको पाईला हरु लम्किउन् । तपाईहरुको यो एैतिहासिक क्षणमा, आँफु पनि पात्र बन्न पाउदा निकै नै खुशीँ लागेको छ । तपाईहरुको दाम्पत्य जीवनले सफलता को शीखर चुम्न सफल होस् । तपाईहरुको अनुमति बिनानै केहि घत लाग्दा भिडियो दृष्य हरु तल पस्केको छु । परदेश को वसाँई होस या स्वदेशको , एउटी नेपाली नारीलाई सिन्दुरको महत्व त्यती नै हुन्छ । एउटी हिन्दु नारीले आफ्नो पतीको दिर्घायु जीवन को लागी लगाउछन्। सिन्दुरले माया प्रेम र सक्ति लाई जनाउछ् । हिन्दु शास्त्र अनुसार , लोग्नेले निधारमा सिन्दुर हालेर आफ्नो पत्नीलाई सुरक्षा को बन्धनमा राखेपछि यदि कोही पराईले पत्नी को हानि गर्न खोजेमा उक्त पराईको रगत उम्लेर उ आफै मर्छ रे । Rachan wedding..... from sapana sansar on Vimeo . आमा को लागी छोरा छोरी भनेको त मुटु को टुक्रा नै त हो नि । आमा भनेको के हो