Skip to main content

गीत

Novel Writer Poetआचार्य, प्रभा

म भावनात्मक माया गर्न थालें तिमीलाई
तिमी भने चाहनाको दृष्‍टिले हेर्न थाल्यौ मलाई ...

म मीठो कल्पनामा बहन थालें तिमीमा
तिमी भने स्वार्थको शब्द फ्याँक्न थाल्यौ म मा ...

भन्छन माया अनायस देखिने इन्द्रेणी को रङ हो
त र लाग्छ तिम्रो माया बैँशको उन्माद हो ...

सुनेकी छु निस्वार्थ माया शारिरिक् चाहना हैन
स्वार्थपूर्ती गर्ने माया केवल बहाना पनि त होइन ...

म श्रद्दालु आँखाले खोज्न थालें तिमीलाई
तिमी भने नशालु नजरले पाउन खोज्यौ मलाई ...

(प्रणय दिवसमा समर्पित गीत रचना २ -११ ०९ साँझ ९ बजे )
यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:


Comments

  1. i appreciate you poem and it is very panic target for valentine day :-P :-P :-P

    ReplyDelete
  2. Very nice lyrics Prabha ji. really wonderful

    ReplyDelete
  3. abasthaa anuraar koriyeka sabdaharu rasyukta ra bhitrai bijhne khaalka chhan / malaai ta nikai man paryo /

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।