Skip to main content

लघुकथा (नेता)

संगम मरुमूमि
क्यामिन–५, तनहूँ


बाटोमा एउटा महिलाको वेवारीस लास थियो। सबै गाउँभरिका मान्छे मौनताका साथ खिन्न मुहारमा हेरीरहेका थिए। लास त्यस्तै १६–१७ वर्षकी महिलाको थियो। शरीरका सबै कपडा च्यातिएका थिए। लवाई खुवाई हेर्दा गरीब महिलाको जस्तो थियो। केही क्षणपछि गाउँलेले नजिकैको प्रहरी चौकीमा गई प्रहरीलाई लिएर आए। प्रहरीले लासको सबै स्थिति जाँचबुझ गरी मुचुल्का तयार गरे। लासका सबै स्थिति हेर्दा वलत्कारीबाट मृत्यु भएको प्रहरीले ठहर्‍याए। केही छिन पछि पारी गाउँका नरे काका पनि त्यही आइपुगे। लास देख्ने वित्तिकै उनी वेहोस भई लडे, उनलाई पानी छ्यापेर होशमा ल्याइयो। उनी रुदै भनिरहेका थिए “प्रहरी साव यो मेरो छोरी हो हिजो बजार गएकी थिइ आइन ................. आज यो स्थितिमा छे ............. '' भन्दै उनी रोइरहेका थिए। त्यसै बेला निरीक्षकको आँखा मृतकको हातमा रहेको बस्तु माथि पर्न गयो। त्यो वस्तु एउटा टोपिरहेछ। टोपि हेर्दा एउटा धनी मानिसको जस्तो थियो। त्यसै बेला नेता आइपुगे। लास हेरेर नरेकाकालाई अपराधी पत्ता लगाउने आश्वसन दिदै थिए।


त्यतिकै बेला प्रहरी निरिक्षकले टोपी हातमा उठाउँदै गाउँलेलाई यो टोपी कस्को हो? तपाईहरु चिन्नु हुन्छ? प्रहरी निरिक्षको प्रश्नले सबै गाउँले चुपचाप भए, नेता भने डराएको अनुहारमा थिए। गाउँलेका निम्ति त्यो टोपी अपरिचित थिएन, मात्र उनीहरु बोल्न सकिरहेका थिएनन्। प्र.नि. ले फेरी त्यही प्रश्न दोहोर्‍याएपछि गाउँलेले एकै स्वरमा टोपी नेताको हो भनि जवाफ दिए।

गाँउलेको कुरा सुनेर नेताले आत्तिदै टाउकामा हात पुर्‍याए। उनको टाउकोमा सधै झैँ कालो टोप िथिएन। सबै नेता भनि चिनाउने कालो टोपीले आज अपराधी भनेर चिनाउन पछि परेन, प्रहरीले नेतालाई शुद्ध प्रमाण सहित कतकडी लगाएर लादै थिए। नेता घोसे मुन्टो लगाएर आफूले गरेको अपराध र कालो टोपी सम्झी रहेका थिए।




[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Comments

  1. This comment has been removed by a blog administrator.

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।