Skip to main content

बेनिशाफी जीवनकथा

राजु प्रसा लामिछाने - जुदने

मन भित्र बलेको आगो
आँसु हालेर निभाउने गरेकोछु ।
रात भरी छट्पटिनु भन्दा
थोरै पिएर निदाउने गरेकोछु ।।


जीत मेरै थियो तैपनि
हारको परिणाम स्विकारी रहेछु ।
कसलाई दोषी भनुँ मैले?
आफ्नै भाग्यलाई धिक्कारी रहेछु ।।

टुक्रा-टुक्रा भएको मुटु
किला ठोकेर टाँस्नु परेकोछ ।
कैयौं दुखाई सहेर पनि
दुनियाको सामु हाँस्नु परेकोछ ।।

मन भित्र बलेको आगो
आँसु हालेर निभाउने गरेकोछु ।
रात भरी छट्पटिनु भन्दा
थोरै पिएर निदाउने गरेकोछु ।।

देख्नेहरु मलाई जँडिया भन्लान
पिउनु पर्ने मेरो विवशता हो ।
दोषी ठहर्नु र हार् स्विकार्नु नै
मेरो बेनिशाफी जीवनकथा हो ।।

मेरा यी निराश शब्दहरु सुनी
मलाई काँतर वा कमजोर नमान्नु ।
बरु, "वा... क्या अँटिलो मान्छे"
"अझै पनि जीउदै रहेछ" ठान्नु ।।

धन्यवाद !
राजु प्रसाद लामिछाने
लेखनाथ नगरपालिका, कास्कि
(हाल, हप्किन्स मिनिसोटा, अमेरिका )
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Comments

  1. Sunil Shrestha7/15/10, 11:04 PM

    WA WA WA WA...
    SARAI RAMRO LAGYO...

    ReplyDelete
  2. Wa...kya bat hai! Touch my heart and i really liked it.

    ReplyDelete
  3. I like it... same happens to me too...

    ReplyDelete
  4. पोस्तक7/26/10, 10:10 AM

    राजुजी, कता कता हरि भक्त कटुवालको प्रभाव परेजस्तो लाग्यो। तर साहित्यमा मात्र होला। वास्तविक जीबनमा त होईन होला नि।

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।