Skip to main content

आमा

दिपीका पोखरेल
गोर्खा
(हाल मिनिसोटा , अमेरिका)

(कवयत्री पोखरेल, मिनिसोटा स्टेट स्कुल, कक्षा ९ मा अध्यनरत छिन् )
छोरी भएँ के छ र , छोरा भन्दा कम छैन
तिम्रो मुटु चस्काउने मेरो कुनै सङ्कल्प हैन !

सूर्यको उज्यालो सामु ताराको ज्योति के नै छ र ?
आमा! तिम्रो माया को सामु मेरो श्वास को हरेक पल के नै हो र ?

आमा तिमीले जन्म दियौँ मलाई, तिमी मलाई हुर्काउने
तिम्रा लागी के गरौँ म, तिम्रो सबै नासो फर्काउने

छोरी भएँ के छ र , छोरा भन्दा कम छैन
तिम्रो मुटु चस्काउने मेरो कुनै सङ्कल्प हैन !

तिम्रा सामु बसूँ या नबसौँ, मुटुमा सधैं हुनेछु
तिम्रो त्यो माया को घमण्डमा म सधैं रुनेछु

तिम्रो माया म के संग तुलना गरु
सूर्य चन्द्र एक गरुकी तिम्रा लागि ज्यान दिई मरु !

(आमा, सारदा पोखरेलमा समर्पित)
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Comments

  1. la la america ma basera pani nepali ma aani aafno aama ma samarpit kavita lekheko ma khusi laghyo... keep up the writings.
    Thank you,
    Sarala Shrestha

    ReplyDelete
  2. Badai Deepaika , Dherai ramro kabita, Keep it u.

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।