-पवन भण्डारी    जिन्दगी, ,   लेवाँसको जीउझैँ कम्जोर कम्जोर,   थकाईले संगै -  यता उता जता लप्काएपनि लप्किने -  पिउँदा बिग्रेको जाँडझैँ टर्रो ;   तान्दा निम्पत्ताको झोल भन्दा तितो;  खाँदा लप्सीझैँ अमिलो;  मसंग परिभाषा नसोध प्रिय -  तिम्रो पो पर्यो फूल जस्तो;  आफ्नो त,  कहिले -  मोई पारेपछिको नौनी घ्यू जस्तो   कहिले-  च्यूरा-मासु खाँदा लागेको ढुङ्गो जस्तो !!  कहिले महँगो कहिले अत्ति सस्तो सस्तो जिन्दगी, खै कस्तो कस्तो !!!     [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ ।  -सपनासंसार ]   
A blog dedicated to Nepali News, Fun, Literature and music and lot more.