Skip to main content

साथ

सजनी (सनेनीपु)
काठमाडौं, नेपाल

कहाँको थियौ तिमी, कहाँको थिएँ म
आज हिड्ने बाटो एउटै भयो ।
तिम्रो आगमनले मेरो जिन्दगीमा
खुशियाली छाईदियो ।
सुखमा पनि साथ दियौ, दुःखमा पनि दियौ ।
आफ्नो छायाँ बनाई सँग र्सँगै लगिरहयौ ।
तिम्रो साथले आज केही गर्ने जाँगर चलेको छ ।
तिम्रो मायाले आज म भित्र केहि उर्जा थपेको छ ।
यस्तो साथ यस्तो माया सँधै भरि पाइरहुँ ।
बदलामा मैले पनि तिमीलाई यस्तै माया दिइरहुँ । [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Comments

  1. This comment has been removed by a blog administrator.

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।