Skip to main content

Posts

दृष्टि सम्यक सृष्टि सम्यक - कथा !

-धनराज गिरी निरीह बनाउँछन् नारीलाई। बृक्ष बन्न दिदैनन्, लहरा बनाउँछन्। स्वाधीन हुन दिंदैनन्, पराधीन बनाउँछन्। एउटी नारी यदि समाउने हाँगो र टेक्ने खुट्किलोबिहीन् भइन् भने या त उनले आत्महत्या गर्नुपर्छ या देहब्यापारमा संलग्न हुनुपर्छ। अरु बिकल्पका ढोकाहरु बन्द गरिन्छन्। राजनीतिमा लागे पनि, साहित्यमा लागे पनि, चलचित्रमा लागे पनि, जहाँ पनि, जता पनि चरित्र जोगाउन हम्मेहम्मे पर्दछ। साबित्री बनेर सफलताको सोपान चढ्न नसकेको देखाईन्छ। कुमारी नै रहेर स्नाकोत्तर, एमफिल, विद्यावारिधिसम्म अध्ययन गर्न सक्छन् भन्नेकुरोलाई असम्भव देखाईन्छ। घरबाट धेरै टाढा। एउटा साहित्यिक कार्यक्रम। यसपालीको रौनक अलि बेग्लै। तीन मुलुकका स्रष्टाहरु जम्मा भएकाछन्। नयाँ धेरै, पूराना कम। मौसम मध्यम। जाडो पनि छैन, गर्मी पनि छैन। शीतल पवन चलिरहेछ। नजिकै पुष्पबाटिका। त्यसैको सुगन्धले साहित्यिक मन त्यसै साहित्यिक भएकोछ। एउटा लजको ठूलै हलमा जम्मा भएका छन्, स्रष्टाहरु। युवकहरु छन्। युवतीहरु छन्।गजलमय वातावरण। शेरहरु सदुपयोग भएकाछन्। मायाप्रेमका चास्नीमा डुबेका रसदार मिसरा-ए-उला र मिसरा-ए-सानी। एउटी युवतीको बलरामको नजिक आउँछिन्। य...

नियतीका दासहरु....

चकेन्द्र राइ "कैदी" उसलाई एउटा नाम दिओस । उसलाई एउटा परिचय दिओस । उसलाई एक पेट खाना दिओस एक आङ नाना दिओस एक रात बिताउने छाना दिओस किन कि उनिहरु निर्दोसि छन । फुटपाथको गर्वमा नियतिको शुक्राणुले गर्वधारण भएर जन्मियको छ उ..... नगरिएको गल्तीहरुको पनि सजाय भोग्नु पर्दो रहेछ त्यही सजाय भोग्न वाध्य छ उ.... त्यसैले सबै बाट घ्रिणित हुँदै तिरस्कारको एक जुनि जिउन बिबस छ उ....... सबैको नजरमा छिछि दुरदुर भएर एउटा जीवन हजार काचुली फेरी रहेको छ उ..... आकाश बाट खसे सरी न उसको ठेगाना न उसको परिचय न जन्म दिने आमा/बाबा आखिरी को हो उ ? यो शहर शिक्षित/शब्य मान्छेहरुको शहर उसलाई पनि यस्तै लाग्दो हो........ तर यहाँ त भुसिया कुकुरहरुलाई घरमा लिएर जान्छ्न कुकुर घर पालुवा जनावर रे पशुपती र स्वायम्भुको बाँदरहरु गौसलामा छाडा छोडेका साडेहरु कती भाग्यमनी ? स्वातन्त्रमा बाँच्न त पाएका छन । तर उ..............?? आखिरी को हो उ ? उ पनि त नेपाली नै हो । त्यसैले नयाँ संबिधानले अरु केही नभए पनि उसलाई एउटा नाम दिओस । उसलाई एउटा परिचय दिओस । उसलाई एक पेट खाना दिओस एक आङ नाना दिओस एक रात बिताउने छाना दिओस किन कि उन...

दशैँ तिहार २०६७ मनोरञ्जन साँझ सम्पन्न -अन्तिम भाग

मिनिसोटाबासी नेपालीहरुको समुदाय, एसोसिएसन अफ नेप्लीज इन मिनिसोटा, ए एन एम एन, द्वारा आयोजना गरिएको दशैँ तिहार २०६७ मनोरञ्जन साँझ का्र्यक्रम को बाँकि भिडियो यहाँ पेश गरेको छु। २। राजु लामिछाने द्वारा गरिएको कविता बाचन २ उपस्थित जमघट ३। बहिनी हरु सोफीया, दिपिका र स्वप्निल द्वारा प्रसत्तु नृत्य ,वर्ष र दिनको दशैको रंग र तिहारै आयो लौ झिलिमीलि ! [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

दशैँ तिहार २०६७ मनोरञ्जन साँझ सम्पन्न - भाग २

मिनिसोटाबासी नेपालीहरुको समुदाय, एसोसिएसन अफ नेप्लीज इन मिनिसोटा, ए एन एम एन, द्वारा आयोजना गरिएको दशैँ तिहार २०६७ मनोरञ्जन साँझ सम्पन्न भयको छ । कार्यक्रम मा नेपाली संस्कृति झल्काउने नृत्य तथा दशैँ तिहार संबन्धी नाटक,"यो दशैँ ,यो तिहार, हाम्रो आँगनमा", प्रस्तुत गरिएको थियो। "नाटक कम्पनी" द्वारा प्रस्तुत नाटक, दर्शकहरूको उत्कृष्ट रोजाइमा परेको थियो ।मित्र संग्रौला द्वारा निर्देशित प्रस्तुत नाटक तल पेस गरिएको छ ! भाग १ भाग २ उक्त कार्यक्रम मा प्रस्तुत गरिएका अन्य नृत्य अर्को प्रस्तुति मा राख्ने छु ! [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

दशैँ तिहार २०६७ मनोरञ्जन साँझ सम्पन्न - भाग १

मिनिसोटाबासी नेपालीहरुको समुदाय, एसोसिएसन अफ नेप्लीज इन मिनिसोटा, ए एन एम एन, द्वारा आयोजना गरिएको दशैँ तिहार २०६७ मनोरञ्जन साँझको केही चित्रहरू तल प्रस्तुत गरिएको छ । उक्त कार्यक्रम भिडियो क्लिप हरु अर्को प्रस्तुति मा राख्ने छु ! [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

The Do lecture from Maggie Doyne - Very inspiring and Touching !

An Incredible DO Lecture, from a 23 year Unbelievable Girl, Maggie Doyne ! Amazing and very touching story ! A must watch !! Maggie Doyne — Why the human family can do better from The DO Lectures on Vimeo . Video Source : http://www.dolectures.co.uk/ A high school girl, who was still on her teen age, graduated from her high school, and desired to make a travel to the third world taking a year break from her school. Her classmates headed off to the college while she was dropped off at the Newark International airport with her backpack by her parents. This is a true story of a teen age girl, Maggie Doyen who listened to her heart and has been working in Surkhet, a remote village of Nepal for the social welfare of Nepalese street Children Please visit my earlier post 'Do Something' Award Winner Maggie Doyne inspiring the youths through her work in Nepal ! " to know about Maggie Doyne .

दशैंको याद

राजु लामिछाने माझ्ठाना–६ काश्की हालः हप्किन्स, मिन्नेसोटा बुढि आमा फोनको घण्टी कुरी रहेकी होलिन सानी बहिनी फोटो हेरि टोलाई रहेकी होलिन । बिरामी बा ओछ्यानबाटै दिन गन्दा होलान मेरो छोरो टीका थाप्न आउँछ भन्दा होलान । फेसबुक र इमेलका सन्देशहरुले दशैं आएको महशुस गराउँछ । हामी प्रदेशमा बस्नेहरुलाई फेरि एकचोटी दु:खी तुल्याउँछ ।। गाउँघर र आफन्तको याद दिलाउँछ ।।। लाग्छ... तितेपाती र सयपत्री फुलिसके होलान खेतैभरी धानका बाला झुलिसके होलान । मठ मन्दिरमा सङ्खघण्ट बजिरहेका होलान चम्राली र लिङ्गे पिङ्ग मच्चिरहेका होलान । साथी सङ्गी सबै गाउँमा फर्कि सके होलान हाँसो ठट्टा गर्नु पर्दा मलाई सम्झे होलान । गाउँघरमा दशैं भरी धुमधाम भएको होला हाम्रो सानो घरमा मात्र सुन्सान भएको होला । बुढि आमा फोनको घण्टी कुरी रहेकी होलिन सानी बहिनी फोटो हेरि टोलाई रहेकी होलिन । बिरामी बा ओछ्यानबाटै दिन गन्दा होलान मेरो छोरो टीका थाप्न आउँछ भन्दा होलान । आगनीमा कुकुर भुक्दा छोरै आयो ठान्लान बाहिर हेर्दा कोहि नदेखी साह्रै दु:ख मान्लान । [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्र...