Skip to main content

Posts

म त हिढ्छु मेरै बाटो... खुट्टा तान्दै गर !

व्यंग्य: राजु प्रसाद लामिछाने (जुदने) माझठाना ६, कास्की हाल: हप्किन्स, मिन्नेसोटा जादा जादै कुन्ति मुक्तान को यो गीत.... [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

आफुलाई कम्जोर ठानी किन चाँडै, हार्‍यौ भन ।

(गजल) आचार्य प्रभा हाँसी राख्ने आँखाबाट किन आसुँ झार्‍यौ भन आफुलाई सधैंभरी किन पिरमा पार्‍यौ भन । जीवन हो दुईदिनको कै'ले घाम कै'ले पानी जिजीबिषा मनको फेरि किन चाँडै मार्‍यौ भन । मनलाई फूल सम्झी जताभावी नचढाउ यो डालीको थुँगा टिपी कुन डालीमा सार्‍यौ भन । जहिले नि मान्छे भइे उदेश्यमा रम्नु पर्छ आफुलाई कम्जोर ठानी किन चाँडै हार्‍यौ भन । अधरमा मुस्कानको छाँयालाई बाँध्न छाडी आँसु धारा नदी सम्झी मन किन तार्‍यौ भन । रचना-(मार्च २५/ २०११) अमेरिकी समय १२ .१५ दिनको [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

म आफ्नो घर छोडेर टाढा कसरी जान सक्छु र ?

Reposted after readers request ! "म गरिब परिवार अनि बिमारी पृ्ष्ठभुमी बाट आएको मान्छे हुँ। म यहि जन्मे , म यहि हुर्के अनि धेरै जसो यहि पढेँ अनि फर्केर यहि आएर 'टिम' मै काम गर्दैछु , आफ्नो घर मेरो लागी 'टिम' हो ।घरमा आएर घर संहाल्दा बढो आनन्द आउदो रहेछ । म आफ्नो घर छोडेर कसरी टाढा जान सक्छु र ? " - डा अरुण बुढा करिब ४० बर्ष अधि रघुबिर बुढा कुष्ठ रोगको उपचार गर्न कालीकोट बाट डढेलढुरा आउछन् । बिदेशीद्वारा चलाईएको सामुदायीक टिम, अस्पतालमा उपचारको क्रम मा उनले पार्वती रोकाया लाई भेट्छन् । उपचारको क्रममा एकअर्काबिच चिनाजानी पछि उनिहरु बिहे गर्छन । रघुबिर बुढाले, पछि त्यहि अस्पतलामा भात पकाउने भान्छे, फुलबारी गोढ्ने तथा हुलाकीको काम पनि गर्ने थाल्छन् । पार्वती भने त्यहि अस्पतालमै निम्न स्तरीय काम गर्न थाल्छिन् । बिस्तारै त्यहि काम गर्दै जादा,रघुबिर अलि अलि लेखपढ पनि गर्न थाल्छन् । २ बच्चाहरु अरुण बुढा र कालेब बुढाको बाबु बन्छन् अनि आफ्ना यी दुई बच्चा लाई डाक्टर बनाउने सपना सझाउछन् । रघुबिर बुढाका दुई छोरा हरु , डा अरुण बुढा तथा डा कालेब बुढा सन १९९९ डिसेम्बर ५ क...

बाउको श्राध्दे

व्यंग्य: राजु प्रसाद लामिछाने (जुदने) माझठाना ६, कास्की हाल: हप्किन्स, मिन्नेसोटा [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

निरुत्तर उत्तर

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मैनाका श्रीमान रोजगारको सिलसिलामा बिगत २-३ बर्षदेखि बिदेशमा छन्। एउटा छोरो छ, जो भर्खरै स्कुल जान शुरु गरेकोछ। घरमा बृद्ध सासु ससुरा पनि छन्। नजिकै जेठाजु-जेठानीको घर पनि छ तर संबन्ध राम्रो छैन। सम्पत्ती अंशबण्डामा फुटेको उनीहरुको मन कैले जोडिएन। मौका मिल्ना साथ मैनाको बिरुद्धमा उत्रिहाल्छन्। गाऊँमा एक शिक्षक छन- देव कुमार। मैनाको छोरो सोही स्कुलमा पढ्छ। छोरालाई स्कुल पुर्याउन लिन जाने क्रममा शिक्षकसंग मैनाको चिनाजान हुन्छ। मैनाको घरको बाटो हिंड्दा बोलाएर जाने गर्छन्। कहिलेकाँही मैनाले चिया खाएर जान गरेको आग्रह स्विकार पनि गर्छन्। तर देव कुमार सर आएको चालपाए पछि जेठानीले चियोचर्चो गर्न गरेको मैनालाई थाहा हुन्छ तर उनी वास्ता गर्दिनन्। नबिराउनु नडराउनू भनेर। एक दिन मैनाको घरमा केही युवाहरु देखा पर्छन्। “हामीहरु नया सत्ताका मानिसहरु हौ। देशलाई सामन्तवाद, शोषण र अत्याचारबाट मुक्त गर्न यूद्ध लडिरहेकाछौं। हाम्रो थप परिचय दिन नपर्ला। हामीले सुन्यौ तपाँइका श्रीमान वैदेशिक रोजगारमा हुनुहुन्छ र राम्रो कमाइ गर्नु हुन्छ रे। निश्चतरुपमा...

मुसाहरु बिरालाको गाउँमा

राजु लामिछाने माझठाना–६, काश्की हालः हप्किन्स, मिन्नेसोटा (गाईजात्रा २०६६ को उपलक्ष्यमा विशेष व्यंग्य कथा) चारबीस काटिसकेकी मेरी हजुरआमाका कतिपय रहरहरु केटाकेटीहरुका जस्तै छन। टेलिभिजनका केही कार्यक्रमहरु कहिल्यै छुटाउनु हुन्न। धार्मिक कार्यक्रममा मन्दिर र देबी देबताहरुको तस्विर देख्दा हात जोर्ने हजुरआमाको अर्को मन पर्ने च्यानल कार्टुन च्यानल पनि हो। कार्टुनमा पनि बिरालो र मुसाको कथा उहाँलाई असाध्यै मनपर्दो रहेछ। आज त्यही बिरालो र मुसाको कथा भएको कार्टुन आउने दिन रहेछ। हजुरआमाले चस्मा लगाउँदै केटाकेटीसँगै पलेँटी कस्नु भयो। सधै होहल्ला गर्ने केटाकेटीहरु पनि शान्त भए। हजुरआमा र केटाकेटीहरुको त्यस्तो उत्सुकता देखेर म पनि उनीहरुसँगै बसेर कार्टुन हेर्न थालेँ। शिर्षक रहेछ “मुसाहरु बिरालोको गाउँमा ।” बिरालाहरुले आफ्नो गाउँका लागि शूरुमै धेरै दु:ख गरेका रहेछन। भौतिक साधन र स्रोतले सम्पन्न बिरालाहरुका दिन शुख र मोज मस्तिमा बितिरहेका हुन्छन्। नयाँ पुस्ताहरु मोज मस्ति मै लागेकाले होला, हालै बिरालाका गाउँमा प्राबिधिक काम देखि सानोतिनो काम गर्नेहरुको अभाव बढ्दै गएको रहेछ। अरु बिकल्प पनि नभएर हो...
सुनिता गिरी (राना) हङकङ नेपाल आमाकी प्यारी छोरी हजारौ दुख कष्टको सागर तरेर घर दैलोको उज्यालो ज्योति बनेर संसारले चिन्ने गरेर नाम कमायौ सी एन एन हिरो बनी इतिहासमै नेपालको नाम उज्वल बनायौ । अन्यायमा पिल्सिएर छटपटिएका आफ्नै आफ्नाहरूबाट खसीबाख्राझैं बेचिएका अनाथ र असहाय नारीहरूको उद्दार गरी करोडौ नारीहरूको मन जित्न सफल भएर उज्वल तारा बनि चम्कियौ अखण्ड दियो बनि सल्कियौ । सीता साबित्री भृकुटी जन्मेको नेपालमा अनाथ नारीहरूकै आमा भएर जन्मियौ शुभकामना छ तिम्रो प्रत्येक पाईलाहरूमा कुसंस्कार र कुआचरणका घुम्टोहरू उघारेर झलमल्ल घाम बनि झुल्किदियौ समान आश्था बोकेर लम्किदियौ । [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]