Skip to main content

सपनासंसार बारेमा !

नमस्ते महिला तथा सज्जनबृन्दहरु,

सपनासंसार डट कम , सूचना, संचार , साहित्य तथा मनोरञ्जनको साझा चौतारी हो । तपाई हामी सबै सपनासंसार को सितलता लिन सक्छौँ ।
संसार आधुनिकता ले घेरिसके को छ । यो आधुनिकतामा केही राम्रा पक्ष पनि छन् त केही खराब पक्ष , आउनुहोस् तपाई हामी मिलेर ती खराब पक्षहरुको उजागर गर्दै पहिलो सामुदायिक संसार निर्माण गर्नमा होस्टेमा हैसे गरौँ । यसै हेतुले अव देखि सपनासंसार लाई पहिलो सामुदायिक बगैंचा बनाउन हामी कस्सी लागेका छौँ ।

तपाई हरु संग कुनै पनि लेख,गजल, निबन्ध, यात्रा स्मरण वा अरू केही प्रकाशन योग्य लेख छ भने कृपया ईन्फो@सपनासंसार डट कम(info@sapanasansar.com)मा पठाउनु होला। यदि तपाई पनि सपनासंसारको सञ्चालन समितिमा बस्न चाहनुहुन्छ भने पनि info@sapanasansar.com मा तपाई को आफ्नो बृस्तित परिचय सहित लेख्नु होला ।
सपनासंसार को पुरानो डेरा मा घुम्न जान चाहनुहुन्छ भने http://sapanasansar.blogsome.com मा क्लिक गर्नुहोस ।
मेरो अर्को प्राविधिक ब्लग पनि छ , माईटेक टुडे ,http://mytechtoday.com , तपाई मेरो प्राविधिक चिनारी त्यहाँ थाह पाउन सक्नुहुन्छ ।
धन्यबाद
~सपनासंसार
Email:info@sapanasansar.com

MSN:sapanasansar@hotmail.com

Comments

  1. Guru Kedar Baral5/22/09, 6:15 PM

    गुरु केदार बराल
    म तिम्रै कारण जाग्ने छु

    म तिमी संग भैदिएको भए

    आज अपाङ्घ हुने थिएँ

    तिम्रो साथ नछोडेको भए

    अहिलेको आधुनिक समाज

    हासँको बथानमा बकुल्लो हुने थिएँ ।

    तिम्रो झुठो माया प्रेम सम्झेर

    अब म रुने छैन

    जिउन सक्छु म तिमी विना पिन

    म प्रेममा हारेर मर्ने छैन ॥

    घात गर्यौ साथ दिदां

    तिम्रो विश्वास गर्ने छैन

    विष घोल्यौ चोखो मायामा

    तिम्रो मायाको आशमा वस्ने छैन ।

    तिमी म देखि टाढिए के भो र !

    छोडी जानेलाई रोक्ने छैन

    तिम्रो मायामा पिरोलियर

    अब आँशु बगाउने छैन

    तिमी इच्छा जे लाग्छ त्यही गर

    म आफ्नै संसारमा छु

    तिम्रै धोकाको प्रतिफलले

    म अब जाग्ने छु ॥

    ReplyDelete
  2. केवल तपाई धन्यबाद ब्यक्त गर्दछु । jiban bhai

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

Popular posts from this blog

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा...

अविवेकी सन्तान

–सीता अर्याल, गोरखा बजार, हाल–विस्कन्सन, अमेरिका न्युयोर्क सहर, अत्यन्त व्यस्त जनजीवन । म बसेको ठाउँबाट देखिने टावरको सानो टुप्पोलाई नियालिरहेको हुन्छु तापनि मलाई अत्यन्त नरमाइलोपनले सताइरहेछ । आफूलाई भाग्यशाली ठान्ने म आज अति दुःखी र अभागी ठानिरहेको छु । मलाई समयले नराम्ररी दुःख दिन तम्सिरहेछ । आफ्नो एक्लो सन्तान बाईस बर्षे छोरोलाई उडाएर ढुङ्गो जस्तै गरुङ्गो मन लिई घर फर्केको थिएँ । उसकी आमालाई सम्झाउन त झन् मलाई हम्मे हम्मे नै परेको थियो । घरमा जम्मा दुई प्राणी मात्र, सन्नाटा छ । छोराको विवाह गरेर बुहारी भित्र्याउने इच्छा हुँदाहुँदै ईन्जिनियरीङमा स्नातकोत्तर गर्न छोरो अमेरिकातर्फ लाग्यो । तुहिएको हाँगो भएकोले चाँडै नै छोराको विवाह गरी जायजन्म हेर्न चाहन्थें। आमाचाहिंको चाहना पनि यही थियो, आफू बलियो हुँदैमा नाती नातिना हुर्काउने । केही समयसम्म दिन दिनै जस्तो फोन हुन्थ्यो । इमेल हुन्थ्यो । कुनै पनि खवर नआएको दिनमा अत्यन्त खल्लो लाग्दथ्यो । नेपालबाटै गर्दा कहिले काँही फोनमा भेटिंदैनथ्यो । काममा या पढाइमा व्यस्त होला जस्तो लाग्दथ्यो । दिन, महिना, वर्षहरू वित्दै गए, समाचार आ...

गीति कथा : एउटा कथा जिन्दगीकोमा यादव खरेल

~यादव खरेल २०७१ साल बैशाख १ गतेबाट बीबीसी नेपाली सेवाले नयाँ कार्यक्रम श्रृङखला “एउटा कथा जिन्दगीको” शुरु गरेको छ। सुमन खरेलको परिकल्पना र संयोजनमा यो कार्यक्रम बीबीसी नेपाली सेवा कार्यक्रममा प्रशारण हुने गरेको छ। यादव खरेल द्वारा बाचित गरियको पहिलो कार्यक्रम तल साभार गरिएको छ ! [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]