Skip to main content

जन्मदिन को शुभकामना !


 Cake for Binod जुलाई १० अथवा असार २६, आजकै दिन मेरो प्यारो भाई बिनोद ले मेरी आमालाई एउट ममतामई खुसि ले सिंगारेको, त्यो दिन जन्म दिने आमा लाई जस्तो प्यारो कसलाई हुन्छ र । शिशीरका कठ्याङ्ग्रीदा ति जाडो हरु झेलेनौ को तिमीले अनि गर्मि का ती उराठलाग्दा दिन हरु संग जुदैनौ कि तिमीले तर पनि तिम्रो त्यो स्थिर मन, सलाम गर्न मन लाग्छ मलाई।
आज तिम्रो जन्म दिनको उपलक्क्षमा तिमिलाई सधै पर्गति, धिर्घायु , र सुश्वास्थ को कामना दिन सिवाय के नै सक्छु र म। अ अर्को कुरा मिल्ने भए तिमी लाई मेरो उमेर पनि लागोस। Cake for Binod तिम्रा हेरक पाईला हरु सहि मार्ग मा चालियुन, र सधै सफलता ले चुमुन। कस्तो संयोग, आज तिमीले अमेरिकामा सफ्टवेर ईन्जिनियर को कार्यभार संहालेको पनि १ बर्ष बितेछ, तिमीलाई अवश्य पनि तिम्रो काम को ईमान्दारिता को पुरस्कार मिल्नेनै छ, नुन को सोझो भयर काम गर्नु तर आफ्नो हक र अधिकार माथि कसैलाई पनि राज गर्न नदिनु । अनि तिमिले यहि बर्ष अमेरिका को दक्ष्य जनसक्ति को भिसा प्राप्त गरेको मा पनि बदाई ! धेरै खुसि हरु छन आज रम्नलाई , यस्ता रमाईला दिन हरु सधै हाम्रा जीबन मा आईरहुन ।

यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:


Comments

  1. जन्म दिनको शुभकामना ब्यक्त गर्नु भएछ भाइलाई। जिवन दर्शनशास्त्र को गहराइमा गोतामार्न मन लाग्यो मलाइ। अनि हरेक बर्ष जन्म दिन मनाउनुको सान्दर्भिकता कोट्याउन मन लाग्यो मलाइ।
    जन्म र मरण जस्तो नित्य जिवनचक्रमाथि मानव जातिले न त हावि पाएको छ र न त पाउने नै छ। मानव जाति के कठपुतली होईन जसको डोरि हाम्रो बिबसमा छैन? पूर्वनिश्चित दिनमा जन्म अनि पूर्वनिश्चित समयमा मृत्यु लेखिएर आयको प्राणिमा जन्मदिन अनुष्ठान के गौण जस्तो लाग्दैन र? गत बर्ष को तुलनामा मृत्यु निकटताको शोख मनाउनुमा बढि बौधिक जस्तो लाग्दैन तपाईलाई?
    राम नवमी, कृष्ण जन्माष्टमिजस्ता दिनहरु मनाउछौं हामि भगवानको जन्म दिनका नाताले। मानिसको जन्मदिन मनाएर कतै हामिले दैविकताको दर्जादिने प्रयत्न गरेका त होईन?
    बिगत को एक बर्षको उपलब्धि अनि उताब चढाव को गणना गर्ने हेतुले आत्मविश्लेषण गरौं मौनतमा;उत्सवताको अभिनन्दनको ध्वनिमा होइन।
    विनोदजीलाई दीर्घायुको कामना चांहि अवश्य टक्राउछुं एक अविदित व्यक्तिबाट।

    ReplyDelete
  2. I couldn’t get the comment at all? k ho pokherali haru milera k garna lageko ? Looks like pokharali thito is worried on his every birthday !

    ReplyDelete
  3. I feel Life with all it’s complexities is still Good. We celebrate bth days to celebrate our life. So I kind of disagree with pokhreli thito. We celebrate it coz we r happy to be here. IF everything is pre-planned then why we need to do things that we r doing. We can just sit n relax and let things happen the way they are planned. I guess to say “पूर्वनिश्चित दिनमा जन्म अनि पूर्वनिश्चित समयमा मृत्यु” is quite unrealistic in today’s world. We do can control a lot of things. Birth is surely controllable and death is something that is the result of how we have lead our lives.



    I believe “The theorem of God is GOD = THE SUPERPOWER ‘The Guiding Light’ “. SuperPower doesn’t have a date of birth or the date of expiration.It’s a very profound thing and each one of us have the right to take it as he/she feels it.There is a guiding light within all of us. We tend to follow sometimes N sometimes we don’t.

    ReplyDelete
  4. In my view we should enjoy each and every moment of our time here in earth…. and what can we find more important day than Birthday??? As a pessimistics we should see the cup of glass … we should be happy that we lived life and cherish the moment rather than seeing the half glass empty.

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

Popular posts from this blog

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाकेट त्

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा

अविवेकी सन्तान

–सीता अर्याल, गोरखा बजार, हाल–विस्कन्सन, अमेरिका न्युयोर्क सहर, अत्यन्त व्यस्त जनजीवन । म बसेको ठाउँबाट देखिने टावरको सानो टुप्पोलाई नियालिरहेको हुन्छु तापनि मलाई अत्यन्त नरमाइलोपनले सताइरहेछ । आफूलाई भाग्यशाली ठान्ने म आज अति दुःखी र अभागी ठानिरहेको छु । मलाई समयले नराम्ररी दुःख दिन तम्सिरहेछ । आफ्नो एक्लो सन्तान बाईस बर्षे छोरोलाई उडाएर ढुङ्गो जस्तै गरुङ्गो मन लिई घर फर्केको थिएँ । उसकी आमालाई सम्झाउन त झन् मलाई हम्मे हम्मे नै परेको थियो । घरमा जम्मा दुई प्राणी मात्र, सन्नाटा छ । छोराको विवाह गरेर बुहारी भित्र्याउने इच्छा हुँदाहुँदै ईन्जिनियरीङमा स्नातकोत्तर गर्न छोरो अमेरिकातर्फ लाग्यो । तुहिएको हाँगो भएकोले चाँडै नै छोराको विवाह गरी जायजन्म हेर्न चाहन्थें। आमाचाहिंको चाहना पनि यही थियो, आफू बलियो हुँदैमा नाती नातिना हुर्काउने । केही समयसम्म दिन दिनै जस्तो फोन हुन्थ्यो । इमेल हुन्थ्यो । कुनै पनि खवर नआएको दिनमा अत्यन्त खल्लो लाग्दथ्यो । नेपालबाटै गर्दा कहिले काँही फोनमा भेटिंदैनथ्यो । काममा या पढाइमा व्यस्त होला जस्तो लाग्दथ्यो । दिन, महिना, वर्षहरू वित्दै गए, समाचार आ