Skip to main content

हान्यो र भाग्यो !

धेरै पहिला सुनेको थिए , अमेरिका मा त एउटा गाडिले पार्किङ लट मा पनि अर्को गाडिलाई हान्यो भने , त्यो अर्को गाडिको संवन्धित ब्यक्ति नआईञ्जेल सम्म , आफ्नो गल्ति स्विकार्न र त्यो बराबर को क्षतिपुर्ति, आफ्नो ईन्सुरेन्स कम्पनी बाट दिलाउन पर्खैर बस्छन रे ! तर आज त्यस्तो भएन् । बेलुकि को ७ बजिसकेको थियो, म एक्लै मेरो कार चलाएर नजिकैको मल मा गैराखेको थिए । ट्राफिक लाईट को रातो बत्ति बलेको ले मैले आफ्नो गाडि रोकेको थिए , त्यहि बेलामा पछाडि बाट मेरो गाडिमा ठुलो धक्का दिदै अर्को गाडिले हान्यो ।

Driver side Rear View                                   Passenger Side Rear View
धन्न मैले सिट बेल्ट बादेको थिए , मेरो आफ्नो सारिरीक क्षति हुन त पाएन तर गाडि को पछाडि पट्टि को बंम्पर , लाईट र डिक्कि चाहि चट बनाईदियो, मोराले !

त्यसले हान्ने बित्तिकै म झर्नु पर्ने रहेछ, तर म गाडि बाट झरिन बरु उल्टो लाईट पास गरेर अगाडि खुला ठाउमा उ संग कुरा गरौंला भन्ने सोझो सोचाईले लाईट पास भएर गए, तर उ त बेईमान निस्कियो , त्यो लाईट बाट नै देब्रे मोडेर ,मलाई छोडेर भाग्यो । म त उ मेरो पछि आउला भनेको त कहा आउनु नि , भागि हाल्यो नि । जब त्यो गाडि ले मलाई हान्यो नि मेरो त होस हवास नै उड्यो । मैले त केहि सोच्नै सकिन । गाडि लाई त्यहि बिच लाईट मै ओर्लेर कम्सेकम उसको नंबर प्लेट लिन पाएको भए पनि हुने थियो , त्यो पनि सकिन । भनिन्छ नि चाहिने बेला बुद्दि सौंचालय जान्छ रे, आज मेरो बुद्दि त्यो बेला सौचालय गएछ क्यारे , त्यति बेला ओर्लेर नंबर पनि टिप्न सकिन । बेईमानि मोरो ! त्यसको त सत्यानास होस ! लौं ! मैले किन गालि गरेको होला त्यसलाई, त्यसको सत्यानास भएर मैले के पाउने ! त्यसको सत्यानास नहोस बरु त्यो ब्यक्ति पुलिस को कब्जा मा परोस र सहि सझाय भोगोस, यसो भने ठिक होला है ! , अनि मेरो क्षतिपुर्ति तिरोस। मैले आफैले खर्च गरे भने त कम्ति मा पनि ४५०० डलर लाग्छ । मोरो बज्जिया ! त्यस लाई मेरो गाडिमा ठोक्न भन्दा पहिला कालले लान नसकेको ! म पनि कहा हिढेको मान्छे , एक्जिट छुटेकोले कहा पुगेर गाडि कुच्याउन पुगे !

अनि के भयो त ? त्यस पछि मैले के गरे त ?

के गर्न सक्थे र मैले , नाईन वन वन (९११) ईमर्जेन्सि डाएल गरे ! उता बाट पहिलो रेस्पोन्स स्वरुप , "तपाई लाई कस्तो छ ?"," एम्बुलेन्स चाहिन्छ?" , "गाडि अवस्था कस्तो छ ?"," तपाईलाई सब ठिक छ ?"," कहि त चोट पटक लागेन ?" आदि प्रस्न को जवाफ सकिसके पछि मात्र मैले मेरो बृस्तित बिवरण पेश गरे ! एक छिन मा प्रहरी अधिकृत म भएको ठाउमा आउने सुचना दिदै मलाई नआत्तिकन पर्खैर गाडि भित्रै बस्न आग्रह गरियो । म गाडि भित्र बसि रहे केवल आफ्नो मु्र्खतालाई गिज्याउदै ! करिब २ मिनेट भित्र प्रहरी अधिकृत मेरो गाडि भएको ठाउमा आई पुगे ! र मेरो फेरी बयान लिए र एउटा दर्ता प्रकृया पुरा गरे !

के अब त्यसो भए मेरो गाडि ठोक्ने मानिस भेटिन्छ त ?
यस को जवाफ कोहि संग पनि छैन ! त्यो गाडि को पहिचान हुने सार्है न्युन संभावना छ । पत्ता लाग्न को लागि कि म संग उसको लाईसेन्स प्लेट नंबर हुनु पर्ने रहेछ , जुन म संग छैन । दोश्रो , कि कसैले ९११ मा कम्पलेन गरेर त्यो गाडि को नंबर बताईदिनु पर्ने रहेछ, अहिले संम्म त कसैले पनि गरेको छैन रे । तेश्रो, म ईन्जुअर्ड भयको भय उनि हरु ले बिशेष अनुसन्धान सुरु गर्ने रहेछन , जसमा ट्राफीक लाईट को भिडियो हेरेर त्यसको प्रोसेसिंग गरिने रहेछ । यी माथिका ३ मध्य कुनै पनि, म मा लागु नहुने भयो , अब पर्यो फर्साद । तर पनि पुलिस ले निगरानि त राखिराख्ने छ रे । लौंन हजुर तपाई हरुले पनि मेरो लागि प्राथना गरिदिनुहोस न ! कतै त्यो बदमास फेला परिहाल्छ कि । जमाना त बदमास को पो त रहेछ । मेरो ब्यवहार बाट फाईदा लिनेहरु धेरै भए । अब अलि बदमास र कडा बन्नु पर्ला जस्तो छ !

लौ हजुर मेरो गुनगुन पस्के, अब तपाई हरुको कामना नै मेरो समाधान को औषधी हुन सक्छ !
केहि प्रगति भयो भने तपाई हरुलाई यहि ब्लग बाट नै जानकारी दिने छु ! ब्लग को फाईदा नै यहि छ , तपाई आफ्नो कुरा, सबै संग बाढ्न पाउनु हुन्छ । अहिले म केवल त्यो प्रहरीले दिएको दर्ता नं हेरेर टोलाई रहेको छु , एउटै कामना सहित , मैले न्याय पाउनै पर्छ र त्यो बदमास् ले सझाय पाउनै पर्छ !

अन्त्यमा जादा जादै , तपाई कहिल्यै पनि आफ्नो सवारी साधनकको सिट बेल्ट बाध्न नछुटाउनु होला, सवारी हाकेको बेलामा, फोन मा कुरा पनि कमै गर्नुहोला ! यसले धेरै सहयोग गर्छ !

धन्यबाद, तपाईको यो समय को लागी
~सपानसंसार
यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:



You can see a thread on this post on sajha. Click here to go to the thread.

Comments

  1. तपाँई शरिफ पर्नु भयो,अर्को हरिप परेछ। सुनेर दु:ख लाग्यो। तपाँइले गाडी त्यँहि रोक्न पर्ने, गल्ती भयो। नराम्रा मान्छेको कमी त यहाँ पनि कहाँ छ र। मैले यस्तै बिषयमा दौंतरीमा ब्लग लेखेको, यहाँका मानिसहरु शभ्य हुन्छन् भनेर, उल्टो पो भयो त। जे होस्, तपाईलाई कुनै चोटपटक लागेन र गाडीको पक्कै बीमा छ। यसैमा खुशी मान्न पर्यो।

    ReplyDelete
  2. Sad to hear that... Talai k bho ra aaba aarko naya ghadi kin na ! :)

    ReplyDelete
  3. २ महिना अघी हुलाकमा टिकट किन्न गएको भीत्र पुग्दा हुलाक बन्द भइसकेछ, एक महिला हतारिएर आइपुगीन क्याम्री तिम्रो हो? हो किन भनेर सोधेको एउटाले हानेर भाग्यो भनिन। संगैको रातो गाडीले हानेर भागेछ। पुलिसलाइ खबर गरेको मिनीसोटामा ५००० रातो गाडी छन भनेर पो टार्यो। यस्तै हो बिश्व जी चोर फटाहा संग सोझोहरुले के सक्ने? कुनै कुनै इन्सुरेन्समा हिट एन्ड रन कभर हुन्छ एक पटक इन्सुरेन्स कम्पनीलाइ फोन गरिहेर्नुहोस न?
    तपाइ सकुशल रहुने भएकोमा खुशी लाग्यो। केही पत्तो लागे खबर गर्नुहोला।

    ReplyDelete
  4. नेपालियन ज्यु !
    धन्य तपाईको प्रतिकृया को लागि , यो मैले गाईको भन्ने साईको ईन्सुरेन्स कम्पनि बाट लाइबेलिटिज मात्र लेको थिए, उनि हरुले मेरो मेडिकल त कभर गर्छ रे,गाडि को मेडिकल त बेहोर्दैन रे ?
    मेरो त अव उठि बासै लाग्ने भयो नि , हि हि हि :)

    ReplyDelete
  5. रमेस जी,
    यो गाडि किन्ने भनेको कहा फुल्टिन किनेको जस्तो हो र ? निप भाच्चियो भन्दैमा नया फुल्टिन कलम किन्ने :) खुशीँ लाग्यो मित्र तपाईको सहानुभुति पाएर ! :)

    ReplyDelete
  6. ye babu ..."hanyora bhagyo " wa wawa ...yo futekokanle k sunnnu pareni ni lai lai barilai harisaranam bhagnu ta ramro ho ni nabhageko baye po ta pir hoina ra ? ki malai samat ki uslai bhaga vannu ta parena ni tyo mora aafai bhagyo hoina ra ? sabai bhanda thulo kura bhai ko tyo sukumar sarir lai kehi pani bhayena tyo nai thulo kura bhoni ta .... malai ta gadi bhanda ni bhai ko jyan thulo tesaile god bless u mero bhai .tention saaf .. khel khattam ..paisa hazam...bye byedd from hk :-D

    ReplyDelete
  7. ye babu , kina mobile ma boleko ni ? ani ki belt nabadheko ta tesari ? ye rataamakai plz testo careless nagarnu na plz .. dd from hk .

    ReplyDelete
  8. कहा म मोबाईल मा कुरा गर्ने , अनि कहा बेल्ट नबाद्ने कुरा गर्नु भएको तपाईले , मैले त त्यसौ नगरौं पो भनेको नि ! म त आराम साथ ट्राफिक लाईट को बत्ति, हरियो होला र जाउला भनेर लाईट पर्खैर बसेको बेलामा आएर मोराले गर्ल्याम्मै हान्यो अनि भाग्यो ! त्यसलाई कालले लान नसकेको , असत्ति मोरो ! "त्यसलाई हरिया बासाँ टुईक्यार !" त नभनौ क्यारे, बिचार जीओस, आफ्नो जीवन , थप बदमासी नगरी कन !

    ReplyDelete
  9. sapanasansar tapaile bhannu bhako ali suhayena ki.tapai le kina testo lekheko tesai kaal le laan na sakeko.........ani last ma gayera na bhanau ki kya ho re.tapai le pani aru ko na ramro sochnu bhayo bhane usma ra tapai ma ko fark paryo ta..huna ta tapai le testo ba bhanau bhannu bha cha tara pani tapaile lekhna ta lekhnu bhayo ni ....tapai ko maan ma testo lagera lekheko ki yetikai jokes gareko..

    1 question la testo nahos hoina just e.g. yedi tapaile aru ko gadi ma testo gareko bhaye tapai maile tero yesto gardiye aa ma sabai repair gardinchu bhanera jati pare pani repair gardinu hunthyo ki tapai pani bhagna pako bela ma bhagnu hunthyo bhannu ta.

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

Popular posts from this blog

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाकेट त्

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा

शुभ-कामना नव दाम्पत्य जीवनको

यहि मिती २१ फेब्रवरी २००९ का दिन, अमेरीकाको नेब्रास्का राज्य को ओमाहा सहरमा , साथी रचना भट्टराई तथा साथी प्रवेश घिमीरे बिच भएको शुभ बिबाहको उपलक्षमा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुँभभकामना टक्र्याउदछु । तपाई हरुको नया जीवन अनि नौंलो यात्रा सफल रहोस् । खुशीँ नै खुशीको पाईला हरु लम्किउन् । तपाईहरुको यो एैतिहासिक क्षणमा, आँफु पनि पात्र बन्न पाउदा निकै नै खुशीँ लागेको छ । तपाईहरुको दाम्पत्य जीवनले सफलता को शीखर चुम्न सफल होस् । तपाईहरुको अनुमति बिनानै केहि घत लाग्दा भिडियो दृष्य हरु तल पस्केको छु । परदेश को वसाँई होस या स्वदेशको , एउटी नेपाली नारीलाई सिन्दुरको महत्व त्यती नै हुन्छ । एउटी हिन्दु नारीले आफ्नो पतीको दिर्घायु जीवन को लागी लगाउछन्। सिन्दुरले माया प्रेम र सक्ति लाई जनाउछ् । हिन्दु शास्त्र अनुसार , लोग्नेले निधारमा सिन्दुर हालेर आफ्नो पत्नीलाई सुरक्षा को बन्धनमा राखेपछि यदि कोही पराईले पत्नी को हानि गर्न खोजेमा उक्त पराईको रगत उम्लेर उ आफै मर्छ रे । Rachan wedding..... from sapana sansar on Vimeo . आमा को लागी छोरा छोरी भनेको त मुटु को टुक्रा नै त हो नि । आमा भनेको के हो