Skip to main content

मौंका, सकारात्मक सोच र आत्म-सन्तुष्टि - You Can Win (भाग २)

कुनै समय मा एउटा अफ्रिकी किसान , उसका परिबार संग निकै खुशीँ संग बस्दथ्यो । उ आँफुलाई पुर्ण संझिन्थ्यो र त्यसैले उ खुशीँ थियो अर्थात उ खुशीँ थियो र त्यसैले उ आँफुलाई पुर्ण संझिन्थ्यो । एक दिन , एक भद्र पुरुष उसको घरमा आए र उसलाई हिरा को महिमा र सक्ति बारेमा छोटो प्रबचन दिए।उनले भन्दै थिए , " यदि तिमी संग तिम्रो बुढि औँला जत्रो हिराको टुक्रा छ भने तिमी आफ्नै सहर किन्न सक्छौ। यदि तिमी संग तिम्रो मुट्ठी जत्रो हिराको ढल्लो छ भने तिमी एउटा सिंगै देश नै किन्न सक्छौं।"। यति भनेर ति भद्र पुरुष गए । त्यो रात , त्यो किसान निकै छट्पटायो । उ सुत्नै सकेन । उ अब अपुर्ण भयो , त्यसैले उ आज खुशी छैन , अर्थात उ आज खुशीँ छैन ,त्यसै ले उ अपुर्ण छ।
भोली बिहानै उस्ले आफ्नो गर जग्गा बेच्ने र आफ्नो परिबार को रेख देख गर्ने चाझो पाझो मिलायो र हिरा खोज्न को लागी उ आफ्नो गाँउ ठाँउ बाट निस्क्यो । उ सार अफ्रिका भरि हिरा खोज्दै हिढ्न थाल्यो तर कहि पाएन , फेरी उ युरोप तिर लाग्यो र त्यहा पनि उस्ले हिरा कहि पाएन । जव उ स्पेनमा पुग्यो , उ सारिरीक, मानसिक तथा आर्थिक समस्या ले ग्रस्थ भैसकेको थियो ।

ऊ सार्है दु:खी भयो र त्यहि नजिकै रहेको बार्सिलोना नदीमा फाल हालेर आत्म हत्या गर्यो ।
उता उस्को गाँउमा , त्यो ब्यक्ति जस्ले त्यो किसान को खेत बारी किनेको थियो , उसले त्यहि खेतबारी मा पानि हाल्दै थियो । त्यहि उसको अगाडिनै एउटा टलक्क चम्केर बसेको ढुङ्गा , जस्ले ईन्द्रेणी को रंग फालिरहेको थियो , देख्यो । उसले त्यो चम्किलो ढुंङ्गा को टुक्रालाई घरमा लगेर राखेमा राम्रै सोभा दिने संझेर , उसले घर लिएर गयो र आफ्नो बैठक कोठमा राख्यो । फेरी त्यहा तिनै पहिला आएका भद्र पुरुष आएर,चम्किलो डुङ्गा लाई देखेर, त्यो नया किसान लाई सोध्छन , "के तिमीले जो संग खेत किनेका थियौं, उ फर्क्यो ?" । नया किसान ले जवाफ फर्काउछ " छैन । किन सोध्नु भयको तपाईले , उसको बारेमा? उस्ले त पहिलेनै आफ्नो घर खेत मलाई नै बेचेर गैसकेको हो " । भद्र पुरुष भन्छन् " त्यो चम्किलो बस्तु , जस्ले ईन्द्रेणीका सातै रंग फालेको छ नि, त्यो हिरा हो , जुन निकै मुल्यवान हुन्छ , मैले त त्यो देख्ने बित्तिकै चिने ।"

किसान जवाफ फर्काउछ " यो त केवल ढुंङ्गा हो, मैले मैले किनेको बारीमा पानी लगादा त्यहि कुलोमा भेटेको ढंङ्गा हो यो, त्यहा त यस्ता ढुंङ्गा हरु कति छन , कति ! मैले त केवल एउटा मात्र टिपेर ल्याएको "। त्यसपछि ति दुबैजना भयर बारिमा जान्छन र केहि थप ढुंङ्गा टिपेर परिक्षण को लागी पठाउछन र पत्ता लाग्छ ति सबै ढुंङ्गा हरु हिरा नै रहेछन । र उनिहरु त्यो बारिमा जुन पहिला को किसान ले बेचेर छोडेको थियो, हिरा नै हिरा को खानी पत्ता लगाउछन ।

सुन्ने लाई सुन को माला पढ्ने लाई हिराकै माला, अनि लेख्ने लाई फुलको माला , यो कथा सबैको दिमाख मा जाला !!

कथा त सकियो , अब यस्को समान्य शिक्षा तिर लागौं न त !

१ जब हाम्रो सोच वा दृष्टिकोण सहि छ भने , तव हामि थाह पाउने छौं कि हामि सयौ बिघा हिरा बिछ्याईएको जमिन माथि हिडिरहेका छौ। अर्थात यसलाई यसरी पनि परिभाषीत गरौं , मौका (Opportunity) सधै हाम्रै खुट्टा मुनिनै हुन्छ , हामी बाहिर गई राख्न पर्दैन, केवल हामी सहि समय मा पहिचान मात्र गरे पुग्छ ।
२ पारि पट्टि अर्काको खेता मा रहेको दुबो बारि सधै हरियो नै हुन्छ ।
३ जव हामी पारि पट्टिको अर्का को दुबो बारि हेरेर मरिरहेका हुन्छौं , त्यहा अरु मानिस हरु हुन्छन जो हाम्रो दुबो बारी हेरेर मरिरहेका हुन्छन् ।
४ ती मानिस जस्ले मौका (Opportunity)को पहिचान गर्न जानेका हुदैनन् , उनि हरु हल्ला भयो भनेर कम्प्लेन गर्छन जुन बेला मौका (opportunity) उनिहरुको ढोका ढक् ढक्याउछ ।
५ त्यहि मौका दोस्रो पटक कहिल्यै पनि दोहरिदैन , भलै थप अरु मौंका हरु , त्यो भन्दा राम्रा वा नराम्रा, आउलान् तर त्यहि चाँहि कहिल्यै पनि दोहर्याएर आउदैन् ।

हस्त आज लाई यत्ति नै !
क्रमस , पुस्तक पढ्दै जादा लेख्दै जानेछु ।

जदौं
~सपनासंसार
(यो प्रस्तुती शिव केहरा को " यु क्यान विन" भन्ने पुस्तक बाट साभार गरिएको हो")
यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:


Comments

  1. I think this book is really good.I am also planning to read it online. we can learn good lesson from this writing.

    ReplyDelete
  2. मेल त खाएन के रे लेख संग। पढ्न त यु क्यान विन पहिले नी पढेको हो फेरी पढीयो। अर्कै कुरा यांहा है विश्व जी।
    Friends
    I have written a blog which is basically intend to collect nepalese blog informtion.दौंतरीमा मैले यस्को जमर्को गरेको छु। साथीहरु सबैले सक्दो सहयोग गरौं र नेपाली ब्लगको सबै कुरा डकुमेन्ट गरौं। यसमा
    तपाइले पहिले पढ्नु भएका ब्लगको नाली बेली या छोट्करीमै भए पनि लेख्नुहोला।
    http://dautari.org/2009/01/blog-post_4621.html
    धन्यबाद
    नेपालियन
    नेपाली ब्लगको इतिहास

    ReplyDelete
  3. दौंतरी को यो सोधखोज प्रयास प्रसंसनिय छ ।
    अंग्रेजी भाषा मा नेपाली हरुले ब्लग त पहिल्यै खोलेका थिए जस्तो लाग्छ तर नेपाली भाषा को ब्लग मैले पहिला पढेको उमेसको मेरोसंसार डट ब्लग्सम् डट कम हो (करिब २००५ को मध्य तिर होला ) । मैले पनि उमेस को लहै लहै मा लाएर November 22, 2005 सपनासंसार डट ब्लगसम डट कम खोलेको हुँ , जुन त्यति खेर बढी ब्यक्तिगत प्रयोजन को लागि प्रयोग गरेको थिए । पछि डोमेन किने पछि सपनासंसार डट कम भनेर चलाएको हुँ ।
    एक ताका नेपाली ब्लगर हरुको एसोसियसन पनि खुलेको थियो (ब्लगान), आँफु त बाहिर भएर जान पाईएन । ब्लगर्स डट कम डट एन पि को संम्पादक लाई बढि थाह होला यो बारेमा ! तर पछि के के मा हो हान थाप नमिलेपछि यो एसोसियसन सुस्त छ अहिले ।
    धन्यबाद !

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

Popular posts from this blog

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाकेट त्

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा

शुभ-कामना नव दाम्पत्य जीवनको

यहि मिती २१ फेब्रवरी २००९ का दिन, अमेरीकाको नेब्रास्का राज्य को ओमाहा सहरमा , साथी रचना भट्टराई तथा साथी प्रवेश घिमीरे बिच भएको शुभ बिबाहको उपलक्षमा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुँभभकामना टक्र्याउदछु । तपाई हरुको नया जीवन अनि नौंलो यात्रा सफल रहोस् । खुशीँ नै खुशीको पाईला हरु लम्किउन् । तपाईहरुको यो एैतिहासिक क्षणमा, आँफु पनि पात्र बन्न पाउदा निकै नै खुशीँ लागेको छ । तपाईहरुको दाम्पत्य जीवनले सफलता को शीखर चुम्न सफल होस् । तपाईहरुको अनुमति बिनानै केहि घत लाग्दा भिडियो दृष्य हरु तल पस्केको छु । परदेश को वसाँई होस या स्वदेशको , एउटी नेपाली नारीलाई सिन्दुरको महत्व त्यती नै हुन्छ । एउटी हिन्दु नारीले आफ्नो पतीको दिर्घायु जीवन को लागी लगाउछन्। सिन्दुरले माया प्रेम र सक्ति लाई जनाउछ् । हिन्दु शास्त्र अनुसार , लोग्नेले निधारमा सिन्दुर हालेर आफ्नो पत्नीलाई सुरक्षा को बन्धनमा राखेपछि यदि कोही पराईले पत्नी को हानि गर्न खोजेमा उक्त पराईको रगत उम्लेर उ आफै मर्छ रे । Rachan wedding..... from sapana sansar on Vimeo . आमा को लागी छोरा छोरी भनेको त मुटु को टुक्रा नै त हो नि । आमा भनेको के हो