
हे! मृत्यु संग रमाउन खोज्ने, म माथिका यमराज हरु हो !
किन आज आफैँ डराएर पर भाग्दै छौ ?
आज मलाई एउटा मृत्यु चाहिएको छ ।
आज म मा कम्पन छैन,
भय त कत्ति पनि छैन ।
तर आज मेरो बर्बादी,
आफैँ मर्न खोज्दा
मृत्यु नै डराएर भागेको छ ।
हिजो जीवन को लागी कँयौ छल हरु छलेँ
कंयौ को बलिदान त्याग्दै नसामै बलेँ
सफल जीवन भन्दै झुटो वाचा बादेर हिडेँ ,
सधै राम्रै राम्रै मात्र रोज्न खोजेँ ,
डराउथे कतै मेरो संसार नासिन्छ कि भनेर !
तर आज मेरो बर्बादी,
आफ्नो संसार आफैँ नास्न खोज्दा
मृत्यु नै डराएर भागेको छ ।
मैले धेरै युद्द लडेँ र जितेँ पनि
किनकि मं ससश्त्र थिए तर उनि हरु निसश्त्र थिएँ !
मेरो ससश्त्र रुपले कयौ मृत्यु हरुलाई ढालेको थिएँ ,
तर आज म निसस्त्र छु तैपनि
तर आज मेरो बर्बादी,
आफैँ ढालिन खोज्दा
मृत्यु नै डराएर भागेको छ ।
मेरो साथ पछि लाग्ने मेरा पुच्छर हरु
आफुलाई टाउको भनेर दावी गर्ने भएछन्
दुई दिनको लागी के म गलेथेँ
सबै म देखि पर गएछन्
संसार मेरो थियो
मृत्यु मेरो अधिनमा थियो कुनै दिन
तर आज मेरो बर्बादी,
आफैँ मृत्यु को अधिनमा जान खोज्दा
मृत्यु नै डराएर भागेको छ ।
रगतमा रमेको म
आज पानी देखी डर लागेको छ ,
भित्र भित्रै कता कता ब्यथा हरु जागेको छ ।
एउटा अवसान खोजेको छ यो जीवनले
तर आज मेरो बर्बादी,
आफैँ अवसान हुन खोज्दा
मृत्यु नै डराएर भागेको छ ।
सधै अरु लाई चीतामा जलाउदा
उमंगले मात्तिने म !
आज आफ्नै चीतामा जल्ने चाहना हुदा
तर आज मेरो बर्बादी,
आफ्नै अर्ती आफैले चीता मा जलाउन खोज्दा
मृत्यु नै डराएर भागेको छ ।
मृत्यु नै डराएर भागेको छ ।
मृत्यु नै डराएर भागेको छ ।
यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:
8 comments :
Wahh...
I can definately say there is something behind this creativity...
Samj.......
Poem padhda ta kasto sad bhaye ma ta k ho bishow ji kasto poem lekheko ho ......what happen to u ha...........asti samma ta aba kehi lekhdina bhaneko hoina ta ?????
wah wah wah......
mero pani wa wa wa ...
saaarai ramro lagyo mitra yo kabita ta .... dheri ko jeevan sanga mel khane rai cha.. maan ma uthe ra prasna ra aatha_ha bytha laye samete ko cha, pryash ramro cha keep it up
malai yo kabita dherai nai ramro lagyo. lekhdai rahanu
Don't worry, it won't lead to suicide !Thanks for your comment !
hi
n,n,b,bn
Post a Comment
तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।