Skip to main content

सुतेको सुत्यै



कपिल आचार्य
मलेसिया


प्रगतिको बाटोतिर उन्मुख हुन्छ भनि
निधारभरि रातो टिका र मखमलीको माला भिराई
साहुको चर्को ऋणको रतिभर पनि परवाह नगरिकन
मलाई मलेसियाको लागि प्लेन चढाएथे

प्लेन बस्ने ठाँउमा नै केयौ रात गुजार्नु परेपछि
घरको खाना सम्झदै ट्वाइलेटको पानी पिएथे
आफू निर्धन त्यसमा पनि झन लाचारि बढेपछि
अरुले खाएकोहेरी थुक्क थुक्क थुक पनि निलेथे

कम्पनि आइपुग्दा सुनौला सपनाहरुमा डडेलो लागेथ्यो
झन आफूसँग केहि पनि सिप नहुँदा राँगो भइएथ्यो
जसोतसो १०४ हप्ताको रकम पठाएपछि ममा फूर्ती चढेथ्यो
अनि त लहिलहिमै विदेशी फूलहरुसँग रसपान गर्न थालेथे


आहा, मेरा ति दिनहरु कति स्वर्णिम थिए
सायाध्रसँग मानव चोलाका अदभुत पहेलुहरु नियालीरहेथे
तलब उनलाई सुम्पन्थे, मलाई चरमसुख प्रदान गर्थिन्
मैले सबै नै भुलेको थिएँ, मेरो संसार नै उनी थिइन्

बर्षौ बित्यो, सेतो रध्र जुँगामा पनि पस्यो, तर
त्यो दिन, मैले ओछ्यानमा आफूलाई एक्लै पाए
मेरी उनि त उनकै श्रीमान्सँग स्वदेश पो फर्किन रे
छाँगाबाट खसे, झुन्डिन् खोजे, रेटिन खोजे................

अनि मलाई मेरो देश नेपालको याद आयो
तर म त बर्षोको इलिगल पो भइसकेको रहेछु
न जीवन छ न जाँगर नै, न शक्ति न शरिर नै
बुढेसकालको साहारा पैसा पनि बाँकी छैन्

तब मैले पैसाको महत्व बुँझे, चिने, पछुताए
मेरा प्यारा बा आमाको अनुहार सम्झे, गाउँ सम्झे
पैसाका लागि द्धिचरित्र भएका विदेशीका बुढी सम्झे
त्यस्ताका लागि सर्वत्र सुम्पनै आफैलाई निहाले
अनि दुइ हातले आफनै अनुहार लोपार्दे
एक रात, सुतेको सुतै भए, सुतेको सुतै भए

कपिल आचार्य
०१६ ३८८५०९०

यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:


Comments

  1. मानिस्को जीवन आचमको हुदो रैछ । किन पैलानै होस् नआऊदो हो? किन सबै कुर नस्ट भये पछी मात्र होस् आउदो हो?

    यो जीवन आचमैको हुदो राइछ।

    ReplyDelete
  2. सपना संसार को कुनै पनि रचना हेर्छु म आँफै खुशी हुन्छु एस ले गर्दा नेपाली गजल गीत कथा हेर्न पौदा हजुर हरुको आभारी पनि छु यस्तै रचना हेर्न पौने छु मलाई राम्रै लागेको छ ओके बाइ

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

Popular posts from this blog

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा...

अविवेकी सन्तान

–सीता अर्याल, गोरखा बजार, हाल–विस्कन्सन, अमेरिका न्युयोर्क सहर, अत्यन्त व्यस्त जनजीवन । म बसेको ठाउँबाट देखिने टावरको सानो टुप्पोलाई नियालिरहेको हुन्छु तापनि मलाई अत्यन्त नरमाइलोपनले सताइरहेछ । आफूलाई भाग्यशाली ठान्ने म आज अति दुःखी र अभागी ठानिरहेको छु । मलाई समयले नराम्ररी दुःख दिन तम्सिरहेछ । आफ्नो एक्लो सन्तान बाईस बर्षे छोरोलाई उडाएर ढुङ्गो जस्तै गरुङ्गो मन लिई घर फर्केको थिएँ । उसकी आमालाई सम्झाउन त झन् मलाई हम्मे हम्मे नै परेको थियो । घरमा जम्मा दुई प्राणी मात्र, सन्नाटा छ । छोराको विवाह गरेर बुहारी भित्र्याउने इच्छा हुँदाहुँदै ईन्जिनियरीङमा स्नातकोत्तर गर्न छोरो अमेरिकातर्फ लाग्यो । तुहिएको हाँगो भएकोले चाँडै नै छोराको विवाह गरी जायजन्म हेर्न चाहन्थें। आमाचाहिंको चाहना पनि यही थियो, आफू बलियो हुँदैमा नाती नातिना हुर्काउने । केही समयसम्म दिन दिनै जस्तो फोन हुन्थ्यो । इमेल हुन्थ्यो । कुनै पनि खवर नआएको दिनमा अत्यन्त खल्लो लाग्दथ्यो । नेपालबाटै गर्दा कहिले काँही फोनमा भेटिंदैनथ्यो । काममा या पढाइमा व्यस्त होला जस्तो लाग्दथ्यो । दिन, महिना, वर्षहरू वित्दै गए, समाचार आ...

म आफ्नो घर छोडेर टाढा कसरी जान सक्छु र ?

Reposted after readers request ! "म गरिब परिवार अनि बिमारी पृ्ष्ठभुमी बाट आएको मान्छे हुँ। म यहि जन्मे , म यहि हुर्के अनि धेरै जसो यहि पढेँ अनि फर्केर यहि आएर 'टिम' मै काम गर्दैछु , आफ्नो घर मेरो लागी 'टिम' हो ।घरमा आएर घर संहाल्दा बढो आनन्द आउदो रहेछ । म आफ्नो घर छोडेर कसरी टाढा जान सक्छु र ? " - डा अरुण बुढा करिब ४० बर्ष अधि रघुबिर बुढा कुष्ठ रोगको उपचार गर्न कालीकोट बाट डढेलढुरा आउछन् । बिदेशीद्वारा चलाईएको सामुदायीक टिम, अस्पतालमा उपचारको क्रम मा उनले पार्वती रोकाया लाई भेट्छन् । उपचारको क्रममा एकअर्काबिच चिनाजानी पछि उनिहरु बिहे गर्छन । रघुबिर बुढाले, पछि त्यहि अस्पतलामा भात पकाउने भान्छे, फुलबारी गोढ्ने तथा हुलाकीको काम पनि गर्ने थाल्छन् । पार्वती भने त्यहि अस्पतालमै निम्न स्तरीय काम गर्न थाल्छिन् । बिस्तारै त्यहि काम गर्दै जादा,रघुबिर अलि अलि लेखपढ पनि गर्न थाल्छन् । २ बच्चाहरु अरुण बुढा र कालेब बुढाको बाबु बन्छन् अनि आफ्ना यी दुई बच्चा लाई डाक्टर बनाउने सपना सझाउछन् । रघुबिर बुढाका दुई छोरा हरु , डा अरुण बुढा तथा डा कालेब बुढा सन १९९९ डिसेम्बर ५ क...