Skip to main content

कम्रेड पुष्प कमल प्रचण्ड लाई खुला पत्र !

Prachanda, Nepal Maoistराजनितिको र पनि थाह नभएको म, आज नेपाली राजनितिबाट बिरक्त भएको छु । नेपाल हाक्ने चालक हरु, चरम राजनैतिक खेल खेलेर नेपाली सोझा साझा जनता हरुलाई अन्धो बनाईदिदा रहेछन्। एउटा छोरा को आफ्नै अगाडि गोलि ठोकेर मारिन्छ, आफ्नी श्रीमती को आफ्नै अगाडि करणी गरिन्छ , अनि आफ्ना पिता को हात खुट्टा काटेर घाटि रेटेर मारिन्छ , नेपाल देशमा । जनता हरु सहन बाध्य छन् , तर कहिले सम्म ! डर त्रास ले गर्दा नेपाली भएर पनि नेपाल बस्न मन गर्दैनौ, हामी नेपालीहरु ।

जव नेपालमा माओवादी शान्ती प्रकृयामा प्रवेश गर्यो , अनि २४० बर्षको एक क्षत्रीय निरंकुस राजतन्त्र को अन्त्य भयो, संपुर्ण नेपाली जगतमा एउटा झिनो आशा पलायो , तर नेपाली को दुर्भाग्य झिनो आशा लिनु पनि पाप सरहनै भयो । कहिले सु:ख को श्वाश फेर्न पाएनन् । नेकपा माओबादी सेना, निजामती कर्मचारी हुदै संम्पुर्ण केन्द्रीय सत्ता कब्जा गर्ने कुलत अवधारणा लिएर सरकार मा गयो । हालचालै मात्र खुलासा भयको भिडियो टेपमा नेकपा माओबादी तत्कालिन सैन्य कमाण्डर तथा भु पु प्रधानमन्त्री पुष्प कमल दाहाल को बक्तब्यलाई उढृत गर्ने हो भने, सहिदको परिवार ले पाउने ९०% सुबिधा नेकपा माओबादीको पार्टो लाई जाने कुराको खुलासा सुन्दा नेपाली जनता मा पक्कै पनि रिस को ज्वाला उठ्नु पर्नै हो ! सहिद हरु त मरेर गैसके , कसले आवाज दिन्छ खै उनिहरुको बलिदानलाई ।

कं प्रचण्ड लाई मेरो एउटै प्रश्न , " कम्रेड तिमीले सोझासाझा जनता लाई झुक्याएर अनि सहिदको नाममा राजनिती गरेर के पाउछौ , तिमीले यो सब कसका लागि गरिरहेका छौं , काम्रेड ? मलाई थाह छ तिमीले स्कुल पढ्न लागेका बाल बालिका हरुलाई, यो शिक्षा सामन्तबाद शिक्षा भन्दै पढ्न बन्चित गरायौं , बल्ल नेपालीले कुरा बुझ्दै छन , नेपाली जनता शिक्षित भयो भने तिमी राजनिती गर्नै पाउदैनौ , जनता भुलाउन अनि झुक्याउन पाउदैनौ , त्यसैले तिमी सामन्ति शिक्षा को नाम लिएर हजारौ बिध्यार्थीलाई कलम को सट्टा बन्दुक बोकायौ । अनि ती अबोध हात हरु बाट निर्दोश नेपालीको लाल रगत बगाउदै लाल सलाम खायौं , वा काम्रेड वा ! एउटा शिक्षकले बिध्यार्थीलाई सचेतक नागरिक बनाउला भनेर घाटि रेटेर सकाईदियौ , वा कम्रेड वा ! तिमीलाई कस्तो शिक्षा चाहिएको , वाई सि एल लगाएर निमुखा जनताले रगत पसिनाले जोडेको हप्ता उठाउने शिक्षा चाहिएको होला हैन तिमीलाई । जनता को नाममा कति राजनिती गर्छौ काम्रेड, अव २१ सौं सताब्दिका जनता धेरै समय झुकिदैनन् । एक दिन तिमीलाई प्रठम अनुक्षेद मा रहेका त्यहि शिक्षक , त्यहि छोरो र त्यहि लोग्ने को रुप देख्न नपरोस् , यहि कामन गर्छु केवल , तिम्रो लागी अहिले !
भगवानले तिमीलाई सद बुद्दि दिउन् ।

शुभ दिन !


यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:


Comments

  1. aba hami sab nepali janta milera iniharulai thik thauma layunu parcha. nabahye ekdin " nepal" bahnne desh thio bahnera katahma matrai sunincha.

    ReplyDelete
  2. Ho, malai ni tesko darr lagcha, ki yesto deen aaula jaba hami le bhanuu parla " A hami Nepal bhanne desh ko ho, jun aaja chaina."
    Sabai jana le kura ta ramro garchan, "Desh banau nu parcha, ramro kaam garna parcha, Nepal jana parcha, pragati garna parcha" Tara, aafsoj, ko kura ho Hami horu dherai chaum yesto "kura" garne, "Kam" garne horu khasai chainnan. Kuna matra hoina, aasu matra bagaune deen gaye, kam garne, karma garne deen aaye jasto lagcha malai.
    Hami darr chodera, yo "comfort zone" codera, heemmat jutayena kaam garne deen aayo jasto lageyo.
    If this is not a sign that we should do something, what are we waiting for? The end of our "beloved home, country, mother"??? "TO DO SOMETHING???"

    ReplyDelete
  3. पहिले यौटा सानो कुरो - पुष्पजीलाई गैरकम्युनिष्टले कामरेड भन्नु जरुरी छैन। अर्को सानो कुरो - उनलाई प्रचन्ड भन्नु पनि जरुरी छैन। हामी गैरमाओबादीहरुको लागि उनी न कामरेड हुन् न प्रचन्ड। उनी पुष्पजी हुन्।

    नेपालको सफलताको मापदन्ड कुन दल सरकारमा छ भन्ने हैन। देशको सफलताको माप आम नेपाली जनताको जीवन शैलीमा प्रगति भएको छ कि छैन भन्ने हो। स्कूल चलेका छैनन्, उद्ध्योग चलेका छैनन्, कलेज राजनीतिक दलहरुको गुन्डाहरुको अखाडा बनाएका छन् दलहरुले शिक्षाकेन्द्रको सट्टा, देशका बासिन्दाहरु बिरक्तिएका छन्, त्यत्तिका साधन हुँदा पनि बिजुली निकाल्न सकिएको छैन, दैनिक उपभोगका साधन छैनन्, महंगी अति भैसक्यो, सबै भौगोलिक क्षेत्रमा केहि न केहि राजनीतिक निहुँले शान्ति खलबलिएको छ, युवाहरुले करियर बनाउन यति गरो छ कि सबै सक्नेजतिले विदेश पलायन हुन चाहेकल छन्..... यस्तो बेलामा कसको सरकार छ भन्नेले के फरक पर्यो र?

    अब भिडियोको कुरो - मलाई पनि यो भिडियो हेर्दा विरक्त लाग्यो। माओबादीहरुले प्रजातान्त्रिक पद्धतिमा आफूलाई परिणत गरेका नै हुन् भन्ने आशा भएको मान्छे म। यो खाली उनीहरुले शासन पूर्णरुपमा कब्जा गर्नको लागि गरेको षड्यन्त्र मात्र रहेछ भन्ने जस्तो यो भिडियो हेरेपछि पनि तपाईलाई लाग्दैन भने शायद कुनैपनि तर्कले तपाईंको विचार परिवर्तन गर्न सक्ने छैन।

    मलाई सबैभन्दा विरक्तलागेको अझ के मा भने उनीहरुको सत्ता पूर्णरुपमा कब्जा गर्नु नै मुख्य चाहना हो - जनताको कल्याण, देशको बिकास हैन भनेर।

    कसरी यी लाज नभएका राजनितीक पार्टीहरु आज सरकारमा हुँदासम्म सडकमा आन्दोलन नगर भन्न सक्छन, र सरकारबाट निस्किनासाथ देशै ठप्प पार्न थाल्छन, मैले बुझ्न सकेको छैन।

    ReplyDelete
  4. nicely written..
    i hope He really gets to read this letter.
    He is such a shameless person, I have no respect what-so-ever for that SOB!

    ReplyDelete
  5. ho
    ma samat 6u yo kura ma ani afulai lageko kei kura lekhdai 6u ......




    lageiko theyo ee pushpaji desh ko lagi ra janta ko lagi kei garlan vanera.natra eenle eetro peace process ko khilee udaudai halka parale aafno karyekarta samu vanne theyenan .ani aarko kura maoist ko lagi sirf satta kabja garney ani naya nepal ko nehuu ma aarko rana sashan wa new janga bahadur janmaney bahek kei dekhidaina.

    sayed puspa kamal haru le communist ko right meaning bhujheko vaye aaja hamro desh eesto hune theyena
    ani hajaraun nepali le bina karan marnu parney ra bedesenu parney theyena .
    desh ka kati thau ma janta le khana payeka 6inan tesko lagi kasaile kunai kura boldaina .na sambidhan banauney kura gar6n .na desh bikash kei kura ,sirf satta, satta r aafu . sayed pushpa kamal le vaneko aagrgaman yehai rai6,ani aarko kram bhanga .....wa pusphaji(timro language ma jantaley bahumat pani eeskai lagi deyeka rai6n ) sayed yo sabda lekhda pani timi lai kam nai hola..timi ta yo vanda ali aagadi nai 6u kyra....

    thanks puspa ji nepali janta le timi lai pani chinney mauka paye...

    ani aaru political party ko ta kurai na garun na...... sayed hurmat vako vaye ra janta ko lagi kei garney vako vaye ta aafu aafu ladi nai radainan ani kasari din gujarnu ni eeni haru le .

    ReplyDelete
  6. तर मलाई प्रचन्डको ग्राण्ड डिजाइन कुनै नौलो लागेन...उनी एक माओवादी कमनिष्ट हुन, एमाले ले त आफ्नो लक्ष जनगणतन्त्र भन्छ भने प्रचण्डले सत्ता कव्जा को नियत राख्नुमा के आश्चर्य भयो र ?

    अ, एउटा करा, यो ढाड भाच्ने, खुट्टा भाच्ने कुरा त प्रचण्डले नै पो सिकाएका रहेछन्..

    ReplyDelete
  7. Very Well Written !
    Lets reach your letter to the maoist leaders and the supporters !

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

Popular posts from this blog

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाकेट त्

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा

शुभ-कामना नव दाम्पत्य जीवनको

यहि मिती २१ फेब्रवरी २००९ का दिन, अमेरीकाको नेब्रास्का राज्य को ओमाहा सहरमा , साथी रचना भट्टराई तथा साथी प्रवेश घिमीरे बिच भएको शुभ बिबाहको उपलक्षमा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुँभभकामना टक्र्याउदछु । तपाई हरुको नया जीवन अनि नौंलो यात्रा सफल रहोस् । खुशीँ नै खुशीको पाईला हरु लम्किउन् । तपाईहरुको यो एैतिहासिक क्षणमा, आँफु पनि पात्र बन्न पाउदा निकै नै खुशीँ लागेको छ । तपाईहरुको दाम्पत्य जीवनले सफलता को शीखर चुम्न सफल होस् । तपाईहरुको अनुमति बिनानै केहि घत लाग्दा भिडियो दृष्य हरु तल पस्केको छु । परदेश को वसाँई होस या स्वदेशको , एउटी नेपाली नारीलाई सिन्दुरको महत्व त्यती नै हुन्छ । एउटी हिन्दु नारीले आफ्नो पतीको दिर्घायु जीवन को लागी लगाउछन्। सिन्दुरले माया प्रेम र सक्ति लाई जनाउछ् । हिन्दु शास्त्र अनुसार , लोग्नेले निधारमा सिन्दुर हालेर आफ्नो पत्नीलाई सुरक्षा को बन्धनमा राखेपछि यदि कोही पराईले पत्नी को हानि गर्न खोजेमा उक्त पराईको रगत उम्लेर उ आफै मर्छ रे । Rachan wedding..... from sapana sansar on Vimeo . आमा को लागी छोरा छोरी भनेको त मुटु को टुक्रा नै त हो नि । आमा भनेको के हो