Skip to main content

प्रार्थना

“जुदने”
हप्किन्स, मिन्नेसोटा


सानै देखि झुट बोलियो
पढ्ने बेलामा गुच्छा खेलियो
पढाई लेखाईमा जिरै भईयो
तैपनि गाउँको हिरै भईयो

रेलिङ्ग तोडियो सिसा फोरियो
परीक्षाहरुमा चिट चोरियो
हेडमास्टरको पुत्ला जलाईयो
भारत यू पीमा फोन लगाईयो
बी ए पासको सर्टिफिकेट मगाईयो
खानु नखानु पनि सबै खाईयो
मागेरै भए पनि राम्रै लगाइयो
सोझा सिधालाई तेसै कुटियो
धन अनि कतिको इज्जतै लुटियो
लाठी, छुरा, बन्दुक चलाईयो
कतिलाई त सिधै ढलाईयो
दोष भने अर्कैलाई लगाईयो

चुनाबहरुमा धाँधली मच्चाईयो
पैसा दिनेलाई बहुमतले जिताईयो
कान छेडेर मुन्द्रा लगाईयो
जिन्स पाइन्टमा डिङगो लगाईयो
दिनहुँ फेरी फेरी केटी घुमाईयो
सेठकी छोरीलाई सुटुक्क भगाईयो
यति गरे पछि अरु के चाहियो
चाहिने जति सबै पाईयो

फोर्स लगाईयो जागिर खाईयो
घुस भन्ने त कति खाईयो खाईयो
दुई नम्बरी धन्दामा टन्न कमाईयो
तीन चारवटा घरै बनाइयो
छोरा छोरीलाई बिदेश पठाईयो
बाहिर बाहिरै रखैल राखियो
देश बिदेशको स्वाद चाखियो
साखा सन्तानलाई पुग्ने कमाईयो
केही दिन त जेल मै कटाईयो
ठूलै नेतालाई थोरै खुवाईयो
निर्दोश भनि सफाई पाईयो

एक दुई जनाको जय जय गाईयो
असल कर्मचारीको तक्मा पाईयो
जेलको अनुभवले राजनिती गरियो
फापेन मलाई, धेरै चोटी हारियो
रोग लाग्यो उमेर ढल्कियो
कुर्ची, पद र हैकम सकियो
बल्ल प्रभू तिर मन फर्कियो
असत गरि जीवनमा सबै कुरा पाईयो

माफी पाउँछु कि भनि मन्दिर धाईयो
कृपा भए मलाई मनको शान्ती चाहियो
हे प्रभू, नेपाल बिग्रिएको बल्ल थाहा पाईयो
सबै नेता अनि कर्मचारी मेरै ड्याङ्गका पाईयो
लौन भगवान, यसको सहि इलाज चाहियो
नयाँ पुस्तालाई नयाँ नेपाल चाहियो।

[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Comments

  1. I like your poem !

    ReplyDelete
  2. I have the same opinion, most of our political leaders and government satffs have same Bio-Data as discribed. I say; Fantastic Creativity!!! Some Hilarity and Bitter Reality. GOOD JOB.

    ReplyDelete
  3. A good one !

    ReplyDelete
  4. I think you are a real Nepali guy who spent the real Nepali life.

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।