Skip to main content

हामी गर्छौ।



कृष्ण ज्ञवाली, विश्वास आर्चाय, राजन बगाले
रन नेपाल, नयाँबजार, काठमाडौ।


जाजरकोट रोइरहेको छ। मन्त्रीहरु हेलिकप्टरबाट आशुँ हेरेर फर्किरहेका छन्। पत्रिकामा ती अर्तनाद आवाजहरु पोतीएका छन्। ती शब्दले हामीमा जाजरकोटको पिडा मथ्थर गर्ने भावाना जागृत भएको छ।

हामी त्रि–चन्द्रबाट समाजशास्त्रमा एमए सकेका विद्यार्थी हौं। हामीमा कुशल मानविय स्रोत छ। यो मानविय स्रोतलाई हामी जाजरकोटलगायत जिल्लाहरुको पिडामा मलमपट्टी लगाउनतर्फ लाग्न कटिवद्ध छौ, जसका लागि हामीले अर्थ संकलन गरिरहेका छौ। हामीलाई यहाVहरुको साथको चाहिएको छ।



रकम जम्मा गर्न नेपाल इन्भेष्टमेण्ड बैकंको खाता नं.०१२०५०३०२६८५५४ मा जाजरकोट प्रकोष नियन्त्रण कोषको स्थापना गरिएको छ। यहाँले आफ्नो क्षमता अनुसारको सहयोग रकम कोषमा जम्मा गर्न सक्नुहुनेछ।

जति सानो रकम पनि सहयोग गर्न सकिन्छ। सच्चा मनले गरेको सहयोग कहिल्यै सानो हुँदैन र सहयोगका लागि सहयोग ९८४१२४०५७१, ९८४१२०३०१८, ९८४१०५४५७० मा सर्म्पक पनि गर्न सक्नुहुन्छ। आशा छ यहाँहरुले हाम्रो यो उत्साह बढाउन सहयोग गर्नुहुनेछ।

निबेदक,
कृष्ण ज्ञवाली, विश्वास आर्चाय, राजन बगाले
रन नेपाल। नयाँबजार, काठमाडौ।






Comments

  1. 'हामी गर्छौ।' I like your idea ? But what are you going to do ? Can you please pass any specific plans ahead...

    Thank you !
    Sonam

    ReplyDelete
  2. साथीहरुलाई जाजरकोटको पिडा मथ्थर गर्ने भावाना जागृत भएछ । फेरी पिडामा मलमपट्टी लगाउन बिना योजना सहयोगको हात फैलाएको देख्दा अचम्मै लाग्यो। केही विश्वाश लाग्दो कुरा गर्नु न यार, सधै दयाको भिख मागेर कती दिन मलम लगाउने सोचमा हुनु हुन्छ? समाजको सेवा गर्न पैसा नै चाहिन्छ भन्ने छैन । पहिला तपाईं को हो ? कस्तो काम गर्दै हुनुहुन्छ ? ........... माफ गर्नुस्, यो लेख पढेर, हाम्रा पुराना ठग पार्टी हरुको याद आयो । - Gokul, Australia

    ReplyDelete
  3. Really god job. We are with you! thanks for your humanity

    ReplyDelete
  4. first of all thank uan and we ar e the student from tri chandra college{just finished masteer degree 2nd yr,sociology and anthropology}.we collect little money in kathmandua and jajarko needs more money and helping hands at present time .And we are sending our fund through medical group.And every saturday we are organizing a group discussinon at college.dont be negative friends ,we really want to do work in our socity..we have all record of the collectoin .those people who have confusion about our work then you can consult kathmandu district administrative office and you can appeal to any media about our work.rajan bagale,run nepal kathmandu

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

Popular posts from this blog

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाकेट त्

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा

शुभ-कामना नव दाम्पत्य जीवनको

यहि मिती २१ फेब्रवरी २००९ का दिन, अमेरीकाको नेब्रास्का राज्य को ओमाहा सहरमा , साथी रचना भट्टराई तथा साथी प्रवेश घिमीरे बिच भएको शुभ बिबाहको उपलक्षमा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुँभभकामना टक्र्याउदछु । तपाई हरुको नया जीवन अनि नौंलो यात्रा सफल रहोस् । खुशीँ नै खुशीको पाईला हरु लम्किउन् । तपाईहरुको यो एैतिहासिक क्षणमा, आँफु पनि पात्र बन्न पाउदा निकै नै खुशीँ लागेको छ । तपाईहरुको दाम्पत्य जीवनले सफलता को शीखर चुम्न सफल होस् । तपाईहरुको अनुमति बिनानै केहि घत लाग्दा भिडियो दृष्य हरु तल पस्केको छु । परदेश को वसाँई होस या स्वदेशको , एउटी नेपाली नारीलाई सिन्दुरको महत्व त्यती नै हुन्छ । एउटी हिन्दु नारीले आफ्नो पतीको दिर्घायु जीवन को लागी लगाउछन्। सिन्दुरले माया प्रेम र सक्ति लाई जनाउछ् । हिन्दु शास्त्र अनुसार , लोग्नेले निधारमा सिन्दुर हालेर आफ्नो पत्नीलाई सुरक्षा को बन्धनमा राखेपछि यदि कोही पराईले पत्नी को हानि गर्न खोजेमा उक्त पराईको रगत उम्लेर उ आफै मर्छ रे । Rachan wedding..... from sapana sansar on Vimeo . आमा को लागी छोरा छोरी भनेको त मुटु को टुक्रा नै त हो नि । आमा भनेको के हो