Skip to main content

ए एन एम एन बनभोज तथा भलिभल खेल कार्यक्रम २००९!

गत सालको ब्लगिङ्ग हेर्न को लागी यहा क्लिक गर्नुहोस !


हरेक बर्ष जस्तै यो बर्ष पनि ए एम एम एन(एसोसियसन अफ नेप्लीज इन मिनिसोटा)ले बनभोज कार्यक्रम तथा भलिबल खेल कार्यक्रन भब्यताका साथ, गत शनिबार संपन्न गरेको छ। करिब २०० जोड को हाराहारी मा उपस्थीति जनाएका प्रभासी नेपाली परिवारले आफ्नो संस्कृती झल्कने खानेकुरा साथै नाचगान प्रस्तुत गरेका थिए ।
गत बर्षको भलिबल च्याम्पियन लाई पराजित गर्दै यो बर्ष को ए एम एम एन भलिबल च्याम्पियन सिप ट्रफि म आफैँ संलग्न उहेको समुह "तातो आलु"ले हात पारेको छ । यो बर्ष को भलिबल ट्रफिको लागी सात टिमले भिडेका थिए ।

ANMN Volleyball Champion 2009
सन २००९ को ए एम एम एन भलिबल च्याम्पियनसिप ट्रफि बिजेता समुह , तातो आलु

गत बर्षको बिजेता टोलि "नया नेपाल" , यो बर्ष उपबिजेता मा चित्त बुझाउनु परेको छ । यसै गरी यो बर्ष भाग लिने थप समुहमा : चौतारी,भोलेबाबा, बारुला,रातो भाले र फ्रि एजेन्ट पनि थिए ।


प्रस्तुत भनभोज कार्यक्रममा बिंगो खेल पनि खेलाईएको थियो । केटा केटि हरुको लागी बिशेष पुरस्कार पनि बितरण गरिएको थियो जस्ले गर्दा केटा केटि मा उत्साह जगाएको थियो ।

प्रस्तुत कार्यक्रमा का केहि भिडियो दृष्य तथा तस्वीर हरु यहा तल प्रस्तुत गरेको छु ।




भिडियो हरु तल टासेको छु ।







गत सालको ब्लगिङ्ग हेर्न को लागी यहा क्लिक गर्नुहोस !

हस्त आज लाई यत्तिनै !
फैरी भेटौला !
जदौ.


[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Comments

  1. Good job "tato Aalu team ! "

    ReplyDelete
  2. बधाइ छ तातो आलु। फाइनल हेर्ने अबसर नजुटे पनि तातो आलुको लिग गेम हेर्न अबशर जुटेको थियो। लहै लहैमा तातो आलु र बारुलो को भिडियो पनि खिचेको थिएं। भिडी राखौं कि नराखौं जस्तै भएको थियो खेल नै जित्ने भने पछि त भिडियो नराखी भएन।
    लौ भिडीयो हेर्न दौंतरी ब्लग (www.dautari.org)पाल्नुहोला।

    ReplyDelete
  3. राजु लामिछाने8/18/09, 6:37 PM

    2009को ए एम एम एन भलिबल च्याम्पियन सिप ट्रफि गत बर्षको च्याम्पियन "नयाँ नेपाल" लाई पराजित गर्दै "तातो आलु" समूहले हात पारेकोमा तातो आलु समूहका खेलडी भाईहरुलाई हार्दिक बधाई छ ।

    ReplyDelete
  4. Thank you for the video and picture .
    Good job sapanasansar

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

Popular posts from this blog

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा...

अविवेकी सन्तान

–सीता अर्याल, गोरखा बजार, हाल–विस्कन्सन, अमेरिका न्युयोर्क सहर, अत्यन्त व्यस्त जनजीवन । म बसेको ठाउँबाट देखिने टावरको सानो टुप्पोलाई नियालिरहेको हुन्छु तापनि मलाई अत्यन्त नरमाइलोपनले सताइरहेछ । आफूलाई भाग्यशाली ठान्ने म आज अति दुःखी र अभागी ठानिरहेको छु । मलाई समयले नराम्ररी दुःख दिन तम्सिरहेछ । आफ्नो एक्लो सन्तान बाईस बर्षे छोरोलाई उडाएर ढुङ्गो जस्तै गरुङ्गो मन लिई घर फर्केको थिएँ । उसकी आमालाई सम्झाउन त झन् मलाई हम्मे हम्मे नै परेको थियो । घरमा जम्मा दुई प्राणी मात्र, सन्नाटा छ । छोराको विवाह गरेर बुहारी भित्र्याउने इच्छा हुँदाहुँदै ईन्जिनियरीङमा स्नातकोत्तर गर्न छोरो अमेरिकातर्फ लाग्यो । तुहिएको हाँगो भएकोले चाँडै नै छोराको विवाह गरी जायजन्म हेर्न चाहन्थें। आमाचाहिंको चाहना पनि यही थियो, आफू बलियो हुँदैमा नाती नातिना हुर्काउने । केही समयसम्म दिन दिनै जस्तो फोन हुन्थ्यो । इमेल हुन्थ्यो । कुनै पनि खवर नआएको दिनमा अत्यन्त खल्लो लाग्दथ्यो । नेपालबाटै गर्दा कहिले काँही फोनमा भेटिंदैनथ्यो । काममा या पढाइमा व्यस्त होला जस्तो लाग्दथ्यो । दिन, महिना, वर्षहरू वित्दै गए, समाचार आ...

गीति कथा : एउटा कथा जिन्दगीकोमा यादव खरेल

~यादव खरेल २०७१ साल बैशाख १ गतेबाट बीबीसी नेपाली सेवाले नयाँ कार्यक्रम श्रृङखला “एउटा कथा जिन्दगीको” शुरु गरेको छ। सुमन खरेलको परिकल्पना र संयोजनमा यो कार्यक्रम बीबीसी नेपाली सेवा कार्यक्रममा प्रशारण हुने गरेको छ। यादव खरेल द्वारा बाचित गरियको पहिलो कार्यक्रम तल साभार गरिएको छ ! [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]