Skip to main content

घरसँगै भत्केको मन ....


शुरेश नेपाली,
नेपाल


भत्किन खोजेका घरका पर्खालहरु
हावाका झोक्का
र अविरल वर्षाबाट
दिनदिनै भासिदैछन्
अनि चियाईरहेछन् व्याँसोहरु
प्वाल प्वालबाट !

आफ्नै सोचमा मग्न हुनेहरु
स्वप्न बगैचाबाट
हेरिरहेछन रमिता !
मेरा छोराछोरीहरु हो !
यै घरको आँगनमा तिमीले खेल्यौं
यै छतमा टाउको जोगायौ
आज घरका भित्ताहरु ढल्न खोज्दा
ज्यान जोगाएर भाग्न खोज्छौ
छतबाट पानी तपतपिदा
भिज्ने डरले पर हट्छौं
टालटुल त कता कता !
फर्केर हेर्दा पापै लाग्ला झैं
आँखा तरेर हेर्छौ।


आऊ ! हामी सबै मिली
मर्मतसम्भार गरौं यसको
वर्षौ वर्षसम्म नढल्ने गरी
पुर्नजीवन दिउ यसलाई

छिमेकीको आडमा बाँच्न खोज्ने
छिमेकीको पिढींमा सहारा खोज्ने
कस्तो संस्कार बोकेर आयौ?
यि घरका भित्ताहरुले
खोज्दैछन् तिमोरुलाई
ढल्न खोजेका खाँबाहरु
बोलाउदैछन सबैलाई
ढल्न लागेको घरभित्र
सगाल्नुछ सङ्लो आस्था
धुरीभन्दा अग्लो आस्था।
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Comments

  1. very nice poem yar !!!!

    ReplyDelete
  2. छिमेकीको आडमा बाँच्न खोज्ने
    छिमेकीको पिढींमा सहारा खोज्ने
    कस्तो संस्कार बोकेर आयौ?
    यि घरका भित्ताहरुले
    खोज्दैछन् तिमोरुलाई
    ढल्न खोजेका खाँबाहरु
    बोलाउदैछन सबैलाई
    ढल्न लागेको घरभित्र
    सगाल्नुछ सङ्लो आस्था
    धुरीभन्दा अग्लो आस्था।

    कविता निकै राम्रो लाग्यो ।
    www.onlinekhaskhas.blogspot.com

    ReplyDelete
  3. nice poem!! keep it on..............

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।